मेरो सपना जलेको दिन

मङ्लबार, बैशाख २६, २०७४

loading...

- शोभा न्यौपाने



- शोभा न्यौपाने

२०६५ सालको बैशाख २६ गते । आमा, बुबा, दाइ, भाउजुसँग बसेर चिया पिउँदै थिएँ । अचानक फोनको घण्टि बज्यो । अर्कातर्फबाट मलाई नै खोजिएको रहेछ । भक्कानिएको स्वरमा पुरुष आवाज सुनियो– म अशोकको दाइ केशब बोल्दैछु । कसरी भनौं तिमीलाई कि म अशोकलाई लिएर आर्यघाट जाँदैछु ।

एउटा सानो सूचना तर त्यत्ति नै मेरो जीवनमा तुफान ल्याउन काफि थियो । एकाएक सन्नाटा छायो । गन्तब्य नभेट्दै एउटा यात्रा टुङ्गियो, आफैंले रोजेको बाटोमा आफैं अलपत्र परियो । त्यो दिन पहिलो पटक मैले धेरै नजिकबाट मान्छे जलेको देखें, मेरो चार बर्षको छोरोले पनि देख्यो हुरहुरी बलिरहेको एउटा जीवन ।

अक्षय तृतियाको त्यो दिन आर्यघाटको चितामा जल्ने त्यो व्यक्ति मेरो आफ्नै पति थिए । त्यस दिन त्यो चितामा पत्रकार अशोक श्रेष्ठसँगै हामीले साथसाथै देखेका धेरै सपनाहरु अधुरैमा जल्दैथिए । जीवनका खाँबाहरु भकाभक ढलेको देख्यौं हामी आमाछोराले र देख्यौं खरानी हुँदै गएका रङ्गिन अनुभुतिहरु ।

आज अक्षय तृतिया होइन तर बैशाख २६ गते हो । जीन्दगीलाई दुखाउन यही मिति काफि छ ।

571 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv