पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव

शुक्रबार, चैत्र २, २०७४

loading...

- सोमविक्रम सिंह



- सोमविक्रम सिंह

राजा तिमीलाई राजसंस्था चाहिन्छ कि नाई ? हेर तिमी त राजा हौ, कस्ता कस्ताको त सल्लाहकारको जम्बो टिम हुन्छ । पश्चिमको भ्रमण दक्षिणमा लगेर सेलाउने, होस गुम्न मात्र बाँकि रहेको हल्लाहकारको झुन्डबाट केही लछारपटार लाग्ने देखिदैन । राजा तिम्रा लागि जीवन आहुति दिने तमाम जनता छन्, कस्ता कस्ता दिग्गज तथा बिज्ञ छन् , जो बिना पारिश्रमिक तिम्रा लागि काम गर्न तयार छन् । तर रिटायर्ड हैन रिटार्डेड, जासुस, फटाहा, लुटेरा, पैसामा बिक्ने, झोले, तोर्पे, पाते, काम नलाग्ने, पैसा बिना नचल्ने, सल्लाहकार भन्दा पनि बोल्न नी नजान्ने हल्लाहाकार, काम भन्दा अरूलाई चिढाउन माहिर जमात लिएर हिँडे सफल भइन्न । राजा तिमी र राजसंस्थाको हामीलाई अथाह माया, आस्था, बिश्वास र सरोकार छ । वरिपरि नजर लगाउ राजन ! एक मुट्ठी अौषधीको भरमा बाँच्ने र अौषधी मकै भटमास झैँ खानेहरूको मात्र पो झुन्ड छ त । तसर्थ बिचार , भिजन र बुद्धि तिम्रो, बल र परिश्रम हाम्रो । भर्खर गणतन्त्र संस्थागत भएको त बुझ्या छौँ होला नि राजन ।

फेरि केपीज्यु र प्रचण्डज्युको संसदमा भाषण तथा टिप्पणी बुझ्ने प्रयास गरेको त छौ होला ? आगामी दिनमा गणतन्त्र संस्थागत गर्न, स्थायित्व दिन, भ्रष्टाचार नियन्त्रण गर्न, स्थायी शान्ति र देशलाई समृद्धि बनाउन दुई तिहाई बहुमतीय सरकार बनिसकेको र त्यसमाथि प्रतिपक्षले खेल्ने सकरात्मक तथा रचनात्मक भुमिकालाई पनि मध्यनजर गरेकै होलाउ राजन । अहिलेसम्मको ईतिहासलाई मध्येनजर गर्ने हो भने पनि दुई तिहाइबाट समर्थित सरकार यति सजिलो बनेको छैन, बिपीको २०१६ साल फाल्गुनमा बाहेक । हामीले बल लगाए गणतन्त्रबादीले गणतन्त्रको सुरक्षार्थ महाबल लगाउने छन् भन्ने तात्पर्य पनि बुझौं । हामीले जति बुझ्या त्यति गर्ने हो, अगाडि पछाडि लाग्ने झुण्डलाई यसो बुझ्न प्रयास गर राजन ! अब गणतन्त्र स्थायी रूपले संस्थागत भएपछि तिनीहरूको हाँच्छ्युले पनि त्यस्ता झुण्ड तहस नहस हुनेछन् । बिप्लप र तिनका कार्यकर्ता जस्ता हुन् र ती झुण्ड, सिद्धान्त, बिचार, नारा र मुद्दामा अडिक : बिप्लप अगाडि बढ्दैछ, तिनले केही गर्देला र हामीले भाग खान पाउँला भनेर बकुलाले झैँ ढुकेर बस्नेले के गर्न सक्लान र ? ईतिहास जित्नेले रच्छ यसलाई बुझ्दा राम्रो ।

धेरैले पहिलै बुझिसकेका छन् , डर र त्रासले कोहि झुण्ड चुनावमा पनि गए भने कोहिले त लोकतान्त्रिक दललाई चुनावमा भोट देउ भनी आफुलाई पनि गणतन्त्रबादी बनाईसके र यसमै संस्थागत पनि भईसके । राजन ! अन्तिम समय आईसक्यो अब पनि चुके राष्ट्र त रहला तर राजसंस्था भन्न सकिन्न । हामी पनि लाईन कुर्दा कुर्दै आजित भईसक्यौं । बरू मेलम्चीको पानीको लाईन घर–घरमै आईसक्न लागिसक्यो, हाम्रो लाईनको त अत्तोपत्तो छैन । राष्ट्र बचाउन हामी कुनै पनि धारसँग मिलेर र सम्बन्ध बढाएर अगाडि बढ्छौं, त्यसमा कुनै दुईमत छैन । स्पष्ट छ राष्ट्रघाती तथा दलाल बढारिनेछन् जित अन्तिममा देशभक्त तथा राष्ट्रबादी खेमाकै हुनेछ । बुझें मात्र हैन सरकार सहि रूपले बुझ्ने प्रयास गरौँ । जनताको चाहना अनुरूप कदम चाल राजन, जित तिम्रै हुनेछ भने साथ हाम्रो हुनेछ । अगाडि बढ्ने मार्गनिर्देशन स्पष्ट रूपले आओस् । मीठो र गुलियोमा रोगको भारि हुन्छ, तितोमा अौषधीको गुण हुन्छ । स्वस्थ, दिर्घायु र सुरक्षीत रहन तितेकरेलामा नै जोड दिउँ । यो पनि हो कि राजसंस्था नराख्ने कुनै व्यक्ति वा दलसंग हाम्रो केहि सरोकार रहँदैन । तसर्थ राष्ट्रिय सरोकार मञ्च नेपालले त बिगतदेखि शेष नागको हजार जिब्रो भन्दा नि सयौं गुणा धेरै जिब्रो भएका गफाडि तथा दुई जिब्रेबाट होसियार रहन पर्छ सरकार भनी बिन्ती बिसाएकै हो । चुनाबमा जाने, राष्ट्रपतिलाई बिन्तीपत्र टक्राउनेले दरबारको टिका थाप्ने , शुभजन्मत्सोभमा दर्शन टक्राउन जानेले गणातान्त्रिक संविधान सर्बोत्कृष्ट भन्ने, हिन्दू राष्ट्रको जनमत संग्रह हुनपर्छ भन्नेले कृश्चियनले भोट नहाल्या भए लाज मर्नु हुने रहेछ भन्ने, २१ दलीय बनाएर चुनाबमा जानेले ३६ दल मोर्चाबाट राजसंस्था पुनर्स्थापना भन्ने , गणतन्त्र मुर्दावाद र अखण्ड नेपाल भन्नेले प्रादेशिक राजधानी आफ्नै ठाउँ हुनपर्छ भनी लिँडेढिप्पी कस्ने, एअरपोर्टमा लाम लाग्ने, शिर झुकाउन जाने, राजाको स्वघोषित सल्लाहकार बन्दै बिरोध र्याली मैले गर्या भनी फोटो बिकाउने र देखाउँदै हिंड्ने , राजसंस्थाको मुद्दा समय सापेक्ष भएपछि खल्तीबाट मुद्दा निस्कने झैँ गर्ने, लोकतान्त्रिक दललाई चुनावमा भोट हाल भनी बिज्ञप्ती निकाल्ने, संबैधानिक राजसंस्था भन्नेले राजाले आफ्नै गन्तव्य आफै पहल गर्नुपर्छ भन्ने, राजाले दिएको उपहार भन्दै बिज्ञापन गर्ने, खोइ मैले राजाको अनुहार देख्या छैन भन्नेले नै मलाई चुनावमा जानू भनेर पठाएको भन्दै हिंड्ने, राजाको लागि हामीले यसो गर्नुपर्छ भन्दै गल्ली गल्लीमा पैसा उठाउँदै हिंड्ने, राजसंस्था बलियो हुन लाग्यो कि दक्षिण र पश्चिमलाई सजग गराई हाल्ने तथा द्वारमा बस्ने महाराजा, ताईनतुईका मानिसहरू, अगाडि पछाडि दौडने झारे, ऐरे, गैरे, धुपौरेहरू, लुटुवा, खेदुवा, पैसा धुतुवाहरू र मिति सिद्दिएका सचिबहरू अगाडि पछाडि राख्दाको परिणाम होला ।

तिनका कठपुतलीहरूलाई नै राजसंस्थाले बिश्वास गर्ने हो र त्यस्तैबाट राजसंस्थाको उद्वेश्य, बिचार, मुद्दा नारा र सिद्वान्त स्थापित हुन्छ भन्ने ठान्नु नै मुर्ख्याइँ हुन जान्छ अनि ओरालो लागेको मृगलाई सबैले छाडिदिन्नन त । जसले त्यत्रो लामो ईतिहास नै सिद्यायो , लिगेसी नै खत्तम पार्यो, श्रीपेच, गद्दी र राजदण्ड नै दाउमा हाल्न लगायो, त्यसको नै बढि बिश्वास गर्दाको परिणाम हो यो । देशमा सामाजिक न्याय नचाहने र दण्डहीनता चाहनेलेलाई नै भित्रिया थान्दा आज हामी तितरबितरको अबस्थामा आईपुगृका छौँ । त्यहीँ भित्र दलाल र एजेन्ट छ भनेर बारम्बार सुनिन्छ । कसैको आँट छैन को हो त्यो भन्ने र तिनीहरूको बिरूद्व लाग्ने । राष्ट्र र स्वाधीनताको लागि जनता नै जनार्दन हो, जनताप्रति बिश्वास हुनू पर्यो । जनतालाई नेतृत्व दिन सक्ने, बिश्वास दिलाउन सक्ने, उठाउन सक्ने, प्रभावित गर्न सक्ने किसिमको नेतृत्व तथा नेता तयार पार्न पर्यो । जो आँटिलो छ, जो जोशिलो छ, जोसँग होस छ, जो कट्टिबद्व र प्रतिबद्व छ, त्यसैले बिचार, सिद्धान्त, नारा र मुद्वालाई उठान गर्न सक्छ, त्यसैलाई भरोसा गर्न पर्यो । लोभी, लालची, डाडे, अरूलाई तल खसाली रहने तर तात्तो न भुत्लोका, आफुले माखो पनि मार्न नसक्नेले केहि गर्न सक्दैन भन्ने यथार्थलाई महशुस गर्नु पर्यो । अब पनि यथार्थलाई बुझ्ने कोशिस गरिएन र सकिएन भने अन्तमा गएर त्यही किताब लेखी नातिनातिनीलाई किताबबाट आएको रोयल्टी पोल्टामा राखिदिने मात्रै हो । चीन नेपालको मामिलामा भारतको २०१९ को चुनाव पर्खेर बसेको छ ।

\पश्चिमा र अमेरिकीहरूको निशाना नै भारतलाई टुक्राटुक्रा बनाउनु हो र चीनलाई क्षेतबिक्षेत बनाउनु हो नेपालको उथलपुथल राजनीतिमा टेकेर । यो पनि बुझ्न जरूरी छ । राजसंस्थालाई कतै भारतले त्रुप पत्तीको रूपमा त प्रयोग गर्न खोज्या छैन ? कसैले राजसंस्था त्यसै फर्काईदिंदैनन्, नेपालका पार्टीहरूलाई यो काम गरिनस् भनी राजालाई ल्याउँछु भन्दै, राजसंस्थाको कार्ड थर्काउने कार्ड त बनिरहेको छैन । सबैले मै खाउँ मै लाउँ सुखसयल मै गरूँ भावना त्याग्न जरुरी छ । पछिल्लो पुस्तालाई नि बिश्वास र भरोसा गरौं । हामी पनि यो बुढाखाकाबाट पार लाग्दैन भन्ने गर्छौं त । फेरि चरि चुग गई खेतमे तो पछताके क्या करोगे होला । होसमा आउँ र अगाडि बढ्ने ब्यक्तित्व तयार गरौँ , त्यस्ता ब्यक्तिहरूलाई पाखा लगाउँदा घाटा आफैलाई होला । यहाँ सम्पूर्ण राष्ट्रबादी र देशभक्तको बेदना यस्तै छ ।

अन्तमा आफ्नो नै त्यत्रो ज्ञानको भण्डार छ, शिक्षा छ, क्षमता छ, वाक कला छ, अनुभव छ, जो फुर्तिलो छ, जो गतिशील छ, जो जनप्रिय तथा लोकप्रिय छ त्यस्तो ब्यक्तित्वलाई म जस्तो ख्याउटेले के बिचार दिईरहनु ? फेरि पनि बुझ्नु के जरुरी छ भने १०४ बर्ष राजालाई खोपीमा राखेर राणा सन्तानले मुलुक हाँके, तत्पश्चात पञ्चायतका बानहरूले त्यसै गरे । अनि प्रजातन्त्रका दलालहरूले निरन्तरता दिए, दुख लाग्दो कुरो राजसंस्था सिद्दिसकेपछि पनि टपरेहरूले अहिलेसम्म राजालाई अन्धा बनाई घेराबन्दीमा राखेकै छन् । होसियार तथा सचेत रहौं, चिनौ राजाकै तलब खाई राजसंस्थाको बिपरित कार्य गर्नेहरूलाई, राजपरिवार भित्र फाटो ल्याउनेहरूलाई, सब परिवार एकै ठाउँमा भए शक्ति हुन्छ भनी डराई परिवार भित्र किचंगल गर्नेलाई । बाजे र नातिलाई काखि च्यापि छोरालाई बिचल्लीमा पारि उग्र र आक्रामक बनाउन खोज्ने तत्व को हो ? त्यसको पहिचान गर्ने बेला भएको छ । हेक्का राखौं राजसंस्था चाहना गर्नेले राजसंस्थाको परिवार भित्र खेलि झन राजसंस्थाको मुद्दा कमजोर बनाउन खोजिदैछ । जो भए पनि त्यसको असलि रूप उदाँगो पारि त्यसलाई आफ्नो ब्ल्याक लिस्टमा राखि राखौं , समयले त्यसको उचित ठेगान लगाईनै दिने छ । राजाले पनि राजसंस्थाको बारेमा आफ्नै ढंगबाट विश्लेषण गरि अहिलेको लथालिङ्ग र भताभुङ्ग समयलाई कसरी सहि उपयोग गर्ने भनी सोच्न अति आबश्यक भईसकेको छ । समय आईसक्यो र घर्किदै छ, अहिलेको सहि सापक्ष समय चुक्यो भने हामी धेरै पछाडि घकालिन्छौं । तत्पश्चात बिस्मात गर्नु बाहेक हामीसँग केहि रहँदैन । खबरदार ! महाकाल र बिरभद्र एक दिन अबश्य तिमीहरूको दोहोलो काट्न काल बनी जन्मने छ । चेतना भया । जय राष्ट्र, जय जनता, जय राजसंस्था ।

यो लेखकको व्यक्तिगत विचार हो । लेखक राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष हुन् । 

993 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank