रविन्द्र मिश्रलाई ७ सुझाव

बुधबार, फाल्गुन १८, २०७३

loading...


रविन्द्र मिश्र सहित केही प्रतिष्ठित व्यक्तिहरुले नयाँ पार्टी खोल्न लाग्नुभएकोमा शुभकामना । एमालेसँग प्रतिस्पर्दा गर्न लायक पार्टी बनोस् भनेर शुभकामना दिन्छु ।

उहाँहरुलाई मेरो पहिलो सुझाव

– तपाईंहरुले नयाँ पार्टी खोल्नुभन्दा भएका पार्टीहरुलाई सुधार्नुस् । कुनै पार्टीमा प्रवेश गर्नुस् । तपाईंहरुका लागि सबैभन्दा उपयुक्त पार्टी नेकपा एमाले हो । एमालेमा तपाईंहरुलाई स्वागत छ ।

थप सुझाव
– पार्टी चम्काउने नाममा उत्तेजक र असम्भव नारा नदिनुस् । उत्तेजक नाराले देश बरबाद बनाइरहेको छ, जनता भ्रममा परिरहेका छन् । उत्तेजक नाराले केही समय फाइदै गर्ला तर पछि चकनाचुर बनिन्छ । उदाहरण– माओवादी ।
– जातीय क्षेत्रीय नारा नदिनुस्, समावेशी बन्नुस् तर समावेशीताको आडमा जातीय दुर्भाव नफैलाउनुस् । हिमाल पहाड तराई बोक्नुस् ।
– पार्टीको फाइदाका लागि जसो पनि गर्ने प्रवृत्तिबाट बच्नुस् । पार्टी मुख्य होइन देश मुख्य हो । देशको अहित गरेर भए पनि पार्टी र आफ्नो हित गर्ने कार्यले यो देश बरबाद हुँदैछ । यस्तो अपराध तपाईंहरुबाट नहोस् ।
– विश्वका सबै देशसँग सुसम्बन्ध राख्नुस् तर कुनै पनि देशको खेताला नबन्नुस् । विदेशीले नेपालमा खडा गरेको विरादरीमा तपाईंहरुको पार्टी प्रवेश नगरोस् ।

– लोकप्रिय बन्ने नाममा विदेशीले नेपालमा स्थापित गर्न खोजेका एजेण्डा नबोक्नुस् । सम्पूर्ण रुपमा स्वदेशी बन्नुस् ।
– सानो पार्टीले पनि देशलाई दुख दिन सक्छ भन्ने उदाहरण यहाँ दिन नपर्ला । सानो पार्टीले पनि देशलाई बाटो देखाउँछ भन्ने उदाहरण बनिदिनुस् । यसको मतलब सानो पार्टी बनेर बस्नुस् भनेको होइन ।
ठूलो पार्टी बन्न, असल पार्टी बन्न शुभकामना !

5942 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank