मोदी नेपाल भ्रमणमा आउनु गल्तीको रियलाइजेसन हो

शुक्रबार, बैशाख २८, २०७५

loading...

- शान्ता चौधरी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभएको छ । पाहुनालाई स्वागत गर्ने नेपाली संस्कार हो । विगतमा नेपाल र भारतको सम्बन्ध धेरै बिग्रिएको थियो । भारतले नाकावन्दी समेत लगाएको थियो । नेपालको संविधानको विरोध गरेको थियो । भारतले गल्ती गरेको थियो । अहिले नेपाल भ्रमणमा आउनु गल्तीको रियलाइजेसन हो ।

तर, यतिले मात्र नेपाली जनताको मन मान्दैन । जनताले भारतप्रति आशंकाको नजरले हेरिरहेका छन् । मोदीको भ्रमणमा पनि शंका गरिरहेका छन् । यो अस्वाभाविक होइन ।

हामीले के बुझ्नुपर्छ भने अहिले देशमा वाम गठवन्धनको सरकार छ । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । यो सरकारले विश्वका सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्छ । भारत सहितका छिमेकी देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भनेरै वाम गठवन्धनले गत चुनावमा जनतासँग मत मागेको थियो । भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सरकार प्रतिवद्ध देखिएको छ ।

अर्को कुरा, यो सरकारले देशको हितभन्दा बाहिर गएर कुनै सन्धी सम्झौता गर्दैन । त्यसो गर्छ भनेर कल्पना नगरे हुन्छ । भारतलाई नेपालको विकासको साझेदार बनाउन सम्बन्धलाई अगाडि बढाइएको हो ।

हामीले आफ्नो देशको सरकारलाई बलियो बनाउने हो । हाम्रो सरकार बलियो भयो भने, सरकारलाई सारा जनताले साथ दिने हो भने मात्र नेपालीको स्वाभिमान विश्वमा उच्च हुन्छ । पाहुना नरेन्द्र मोदीलाई स्वागत गर्नु हाम्रो कर्तव्य हो । देशको हित गर्नु झन ठूलो कर्तव्य हो ।

(चौधरी एमाले प्रतिनिधि सभा दलको सचेतक हुन्)

540 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank