प्रधानमन्त्री प्रचण्डको राजिनामा पछि एमाले नेतृ शान्ता चौधरीको यस्तो आयो प्रतिक्रिया

शुक्रबार, जेष्ठ १२, २०७४

loading...


नेकपा एमालेकी केन्द्रिय सदस्य शान्ता चौधरीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपनि मुलुकमा राजनितिक अस्थिरता यथावत रहेको टिप्पणी गरेकी छन् । उनले अ प्रधानमन्त्री दाहालको राजिनामा आए लगत्तै सामाजिक फेसवुकमार्फत यसे भनिन् ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुभयो । नेपालमा लामो समय एकैजना प्रधानमन्त्री नरहने अस्थिर राजनीतिक बातावरण छ । अब अरु कोही प्रधानमन्त्री बन्नुहोला, जो बने पनि पनि केही महिनालाई मात्र हो । अर्थात्, राजनीतिक अस्थिरता यथावत रहने भयो । हामीलाई स्थिर सरकार र पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको हो । यसका लागि चुनाव चाहिन्छ । अबको चुनावमा चाहिँ एउटा पार्टीलाई बहुमत दिलाउन सकियो भने केही महिने प्रधानमन्त्रीबाट देशले मुक्ति पाउने छ ।

अघिल्लो प्रधानमन्त्री केपी ओलीसँग तुलना गर्यो भने प्रचण्ड सफल प्रधानमन्त्री ठहरिनु हुन्न तर म यो अन्याय गर्दिन् । केपी ओलीजस्ता प्रधानमन्त्री एक युगमा एकपटक मात्र पाइन्छ । जे भए पनि प्रचण्डले स्थानीय चुनाव गराउनु भएको त हो नै । चुनाव गराउन उहाँलाई इच्छा थिएन तर वाध्यतावश चुनाव गराउन पर्ने भयो र उहाँले गराउनु पनि भयो । प्रचण्डले दोस्रो चरणको चुनाव गराउनुहोला भन्ने आशा थियो तर छाडेर हिँड्नुभयो । चुनाव गराउने शर्तमा उहाँलाई एमालेले नै समर्थन दिन्थ्यो तर उहाँले देशप्रतिको दायित्वभन्दा कांग्रेसका केही नेताहरुको निजी इच्छा पूर्ति गर्ने दायित्वलाई महत्वपूर्ण ठान्नुभयो ।

चुनाव भयो भने प्रचण्डले जस पाउनुहुने छैन, भएन भने चुनावको मुखमा पद त्यागेकाले चुनाव भएन भन्ने अपजश पाउनुहुने छ । यसमा चाहिँ उहाँले विवेक पुराउन सक्नुभएन । कतिपय विषय पार्टीगत हुन्छ, कतिपय विषयमा पार्टीभन्दा माथि उठेर सोच्नुपर्ने हुन्छ । अब जो प्रधानमन्त्री बने पनि उसलाई नेकपा एमाले सहित सारा जनताले सहयोग गर्नुपर्छ । अब बन्ने प्रधानमन्त्रीलाई सबैले सहयोग गरेर देशलाई सफल बनाउनुपर्छ । अब बन्ने प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि उठेर सबै तहको चुनाव गर्नुपर्छ ।

हार्दिक विदाई प्रचण्डज्यू । यहाँको राजनीतिक जीवन आगामी दिनमा पनि सफल रहोस् भनी कामना गर्दछु ।

1606 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank