इगोका कारण ओलीलाई महेश बस्नेतजस्ता लडाकु नेताहरू चाहिएको थियो

शनिबार, माघ २७, २०७४

loading...

- –सरोजदिलु विश्वकर्मा



- –सरोजदिलु विश्वकर्मा

युवा संघको साँढे सात वर्षः भाग– छ

–सरोजदिलु विश्वकर्मा ।

केपी कमरेडमा पार्टीको आठौं महाधिवेशन बुटवलमा पराजित भएपछि उहाँलाई पार्टीकै कार्यकर्ताहरुले उहाँकै गृहनगरमा भएको कार्यक्रममा प्रवेश निषेध गरेको चोटको इगो थियो । उहाँलाई महेश बस्नेतजस्ता लडाकु नेताहरु चाहिएको थियो । 

पार्टी अध्यक्ष जेएन् खनालको प्रमुख अतिथ्यतामा बल्खुमा बसेको पहिलो वैठकमा आउँदा केपी कमरेड अस्वस्थ हुनुहुन्थो । मञ्चमा चढ्न नसकेर फ्लोरमै गोल घेरा लागि हामीले उहाँको निर्देशन सुन्यौ । यद्यपि उहाँका अनुहारमा वुटवल हारको चिन्ता देखिनेभन्दा युवालाई देख्दा नयाँ उत्साह र खुशी नै देखिन्थ्यो । तर हाम्रो भित्री चिन्तन भने केपी कमरेड भनेको हाम्रो जानीदुश्मन हो भन्ने नै थियो, जवकी हामी पार्टी खनाल गुटका थियौं र त्यो गुटको जय गाउनु हाम्रो धर्म थियो । किनकी जसको नुन खायो, त्यसको गुन गाउनु नै महाभारतकालदेखि कै राजनीतिक धर्म हो । अहिलेको प्रजातन्त्रकालिन राजनीति पनि यो संस्कारबाट मुक्त छैन । यद्यपि, म त थोरवहुत विद्रोही, एनजिओ÷आइएनजिओमा जागिर खाँदा चित्त नबुझेपछि विद्रोह गर्दै र छोडदै आएको । मेरा आर्टिकलहरू समेत सोही धारमा बग्ने हुनाले गुटको सीमाङ्कन हुनु हुन्न र आवश्यक परे आफ्नै नेताको समेत विरोध गरि उसलाई सच्याउनुपर्छ भन्ने विचार राख्दथेँ र आज पनि राख्दछु ।

बैठक विगतको भन्दा फरक शैली र फरक संस्कृतिमा संचालन भएको थियो । बैठकले मेरो अनुभवलाई मध्यनजर गर्दै मलाई पनि जिम्मेवारी दिई अध्ययन तथा अनुन्धान विभागको प्रमुख बनायो । विभागीय प्रमुखको जिम्मेवारी प्राप्त गर्दा मलाई एउटा अर्को विजय पाएको अनुभव भयो । युवा संघको आफ्नो घर बनाउने, पार्टीबाट अनुदान लिनेभन्दा पार्टीलाई दिने, परम्परागत ढाँचामा भन्दा प्यारालल पद्धतीमा संगठनहरु चलायमान हुने महत्वकाँक्षी एजेण्डाहरु पारित भए । पुराना साथीहरु भन्दै थिए– यस्तो वैठक इतिहासमै पहिलोपल्ट बसेको छ । बैठकले एकमना एकताका साथ संगठनलाई अघि बढाउने र आफ्नो बर्गशत्रुहरु विरुद्ध कठोरताका साथ जाइलाग्ने निर्णय गर्दै अन्ततः सौहार्दतका साथ पहिलो केन्द्रीय कमिटी बैठक समापन भयो ।

युएनका सहकर्मी साथीहरुले मलाई रिन्यु गर्न नहुने भनेर सवैलाई फुकिसकेका रहेछन् । विदेशीहरु साचो–सत्य तथा यथार्थ र आवश्यकताभन्दा आफू नजिकका मानिसहरुलाई सुनेर निर्णय लिने परप्राणी नै हुन् । अनि अन्तर्राष्ट्रिय संस्थामा जागिर खाने नेपालीहरू, जति नै विद्धान भने पनि विदेशीको चाकडीमा रमाउने, काम–कर्तब्य भन्दा तलव, भत्ता र सेवा, सुविधाकै लागि मरिमेट्ने, टाउकोको औषधी नाइटोमा हाल्ने ज्ञानलाई प्रोफेसनालिज्म ठान्ने अनि अरुलाई कहाँ चुक्ली लगाएर लडाउन सकिन्छ भन्ने चिन्तन बोकेका हुन्छन् । मलाई नियुक्ती दिने मान विश्वकर्मा सर त आँटिलै हुनुहुन्थ्यो, सशक्त र क्षमतावान नै हुनुहुन्थ्यो, उहाँ पनि विदेशी हाकिमसँग झुक्नुभयो । अन्ततः उहाँले शुभकामनासहित युएन््को जागिरबाट विदा दिनुभयो ।

बल्खु बैठकले उपरान्त आग्रह–पुर्वागह नराख्ने, एकमना एकताका साथ संठगनलाई अगाडि बढाउने निर्णय गरेको थियो । तर भोलिपल्टदेखि नै आफ्नाआफ्ना फरक क्याम्पहरुमा बैठक चल्न थाले । केपी कमरेडको घर वालकोटदेखि वल्खु पार्टी कार्यालयको प्रांगणसम्म अलगअलग अनौपचारिक बैठकहरु चलिरहे ।

महेशजी निरजजीको टीमलाई कसरी कमजोर बनाउने योजनामा लाग्नुभयो भने निरजजीको टीममा पनि प्रचण्ड जीतको घमण्ड मौलाउदै गयो । अनि हामी कार्यकर्ताहरु, जो आ–आफ्ना सपनाहरु थन्क्याएर युवा संघमा आवद्ध भइ देश र जनताका लागि समर्पित भएका थियौं, दुवै पक्षका गोटी झैं कहिले यता कहिले उताको क्याम्पमा खेल्न थाल्यौं, आ–आफ्नो गुटको निर्देशन मुताविक अरुलाई पनि चलाउने प्रयत्नमा लाग्यौं ।

केपी कमरेडमा पार्टीको आठौं महाधिवेशन बुटवलमा पराजित भएपछि उहाँलाई पार्टीकै कार्यकर्ताहरुले उहाँकै गृहनगरमा भएको कार्यक्रममा प्रवेश निषेध गरेको चोटको इगो थियो । उहाँलाई महेश बस्नेतजस्ता लडाकु नेताहरु चाहिएको थियो । त्यसैले पटकपटक उहाँको घरमा केही साथीहरुको बैठक बसिरहेको सुन्नमा आयो । पार्टी अध्यक्ष जेएन् कमरेड, समयको मागले उहाँलाई पार्टी नेतृत्वमा पुर्याएको थियो, उहाँको जताततै वहुमत । समयको सोही लहरसंगै युवा संघमा हाम्रो वहुमत थियो । तर वहुमतले भरिएको भाँडो विस्तारै प्वाल पर्दै जाँदा हामी भने त्यसलाई टाल्ने र जोगाउनेभन्दा भित्रभित्रै आफैं उम्लिन थालेका थियौं ।

युवा संघमा पनि दुई वर्ग र दुई चरित्र थियो । निम्न र मध्यमहरु निरजजीको टीममा थिए, जो सांगठानिक अनुभव र सैद्धान्तिकरुपमा एक कदम अगाडि थिए, जो अलि अध्ययनशील र हुनेखाने भएपनि संगठनलाई नीति र निर्णयका आधारमा मात्र सञ्चालन गर्नुपर्छ भन्ने पक्षधरहरु थिए । तर जो आवश्यक पर्दा पैसा निकाल्न पनि सक्थे, कफीसप र रेष्टुरेन्टका मिठामिठा परिकारमा रमाउँथे, जो युथफोर्सको ब्याकग्राउण्डबाट आएका थिए र निम्न वर्ग भए पनि ब्यक्तिगत लहड्मा लाग्थे, तिनीहरु महेशजीका टीममा आवद्ध थिए ।

हामी केही भने पैसा चैं नहुने, कफीसपमा आकर्षित हुन पनि खोज्ने, थोरवहुत सिद्धान्त र दर्शन पनि पढेसुनेकाहरु दुवैतिर भजिएका थियौं । बाघले बथानबाट एक्लो भएर अलमलिएको जनावरलाई पहिले आक्रमण गरेर सिकार बनाएझैं चतूर राजनीतिज्ञले त्यस्तै कार्यकर्तालाई पहिले निशाना बनाउँदोरहेछ । अनि वथानबाट एक्लिएर दुवै किनाराको वीचमा अल्झिरहेका हामीजस्ता कार्यकर्ता महेशको निशानामा पर्न थाल्यौं ।

पहिलो बैठकपछि युवा संघको इतिहासमा पहिलोपल्ट महेशजीको नेतृत्वमा युवा संघको ३ वर्षीय रणनीति तयार पार्न धुलिखेलमा आवासीय कार्याशाला आयोजना भयो । स्ट्राटेजिक प्लानिङ् एन्जीओ संस्कृति हो । हामीले सोही शैलीमा नाटक, गीतसंगीत र वैचारिक वहससहित आगामी दिनहरुमा केके गर्ने भनेर नयाँ रणनीति निर्माण गर्यौ । हामीले वडावडाका युवालाई युवा संघमा आवद्ध गरी संगठनलाई घनिभूत ढंगले विस्तार गर्ने, प्रशस्त श्रोत ब्यवस्थापन गर्ने, संगठनमा आवद्ध सवै युवालाई ब्यवसाय र रोजगारीमा आवद्ध गराउने, त्यसका लागि युवा संघभित्र एउटा सामाजिक संस्था निर्माण गरी श्रोत ब्यवस्थापन गर्ने, सरकारले नदेखेका र नगरेका विषयहरुमा जनवकालत गर्ने, कालावजारी र भ्रष्टाचार विरुद्ध खह्रो ढंगले लाग्ने, एनजिओका नाममा भएका विकृति, लुट र भ्रष्टाचारहरुका विरुद्ध युथफोर्सलाई परिचालन गर्ने जस्ता ठूलाठुला योजना ल्याऔं ।

अन्ततः सहायक शक्तिसंग एकता र सहकार्य गर्दै संघर्षको प्रधान युवा शक्तिका रुपमा संघलाई खडा गर्ने, संघलाई मिनी पार्टीको रुपमा विकास गर्ने, सामन्तवाद उन्मुलनको सहायकको शक्तिको रुपमा स्थापना गर्ने र राजनीति, सुरक्षा र सामाजिक विकास गरी ३ लेअरमा संचालन गर्ने राजनीति विचारहरु प्रस्तुत भए । त्यसैगरी संगठनलाई विकासको वाहकको रुपमा स्थापना गर्न युवालाई कृषि, पर्यटन र उर्जाको क्षेत्रमा परिचालन गरी राष्ट्र निर्माणमा सहयोग गर्ने, विद्यालय र स्कुल–कलेजका युवालाई विकास र समृद्धिका विषयमा सचेत गराइ परिचालन गर्ने, शेयर वितरणमा १० प्रतिशत युवाका लागि छुट्टयाउने नीति बनाउन राज्यलाई दवाव दिने कार्यनीतिहरु आए । संघठनभित्र इन्टरनेट र इ–लाइव्रेरी स्थापना गर्ने र आफ्नै मुखपत्र पत्रिका प्रकासनमा ल्याउने एजेण्डाहरु सहितको महत्वकाँक्षी रणनीति पास भयो ।  यसका लागि मन्त्रालयमा विचाराधीन रहेको युवा परिषदको नीति पास गराइ यथासिघ्र परिषद गठन गराउनु पर्नेमा हामी सवै एकमत भयौं । त्यस कार्यशालाले ९९ जनाको वीचमा रहेको कटूता, इगो र रीसरागलाई केही हदसम्म घटाएको हो ।

महेशजी एउटा राजनीतिज्ञसहित कलाकार र गायक पनि हुनुहुँदोरहेछ । कार्यशालाको वीचवीचमा केन्द्रीय सदस्यहरुमा गुटको भावना नरहोस् भनेर नाटक, गीतसंगीतहरु प्रस्तुत हुँदा उहाँले एउटा कलात्मक डकुड्रामा प्रस्तुत गर्नुभएको थियो । अनि फर्किनेक्रममा बसमा हामीसरह दोहोरी पनि खेल्नु भयो । अन्ततः १७ वटा विभागले बर्षमा कम्तिमा ४/४ वटा कार्यक्रम गरी संगठनलाई युवा आन्दोलनको मूलधारमा उभ्याउने योजना निर्माण गर्यौं । करिवकरिव कल्याण रोका र मैले प्रस्तुत गरेका योजनाहरु पारित भए । अनि हामी हाम्रा गुट–उपगुटमा भएका तिक्तता र रिक्तताहरुलाई धुलीखेलमै बिर्सजन गर्दै अव उपरान्त कहिले अलग–अलग बैठक नबस्ने, जेजस्ता विषयहरु भएपनि संगठनभित्रै छलफल गर्ने प्रणसहित केन्द्रीय कार्यालय बागवजार फक्र्यौं ।

564 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank