आरक्षण जातको आधारमा होइन वर्गको आधारमा छुट्टाइनु पर्छ !

बुधबार, बैशाख ५, २०७५

loading...

- सरस्वती सुब्बा



सबै दलित गरीब हुदैनन् ! सबै बाहुन,क्षेत्री धनी हुदैनन्  ! दलित हुदैमा गरीब हो ! केही गर्ने सामर्थ्य छैन भनेर सोच्नु गलत हो१बाहुन क्षेत्री हुदैमा सबै गर्न सक्ने सामर्थ्य छ ! भनेर सोच्नुपनि गलत हो !

योग्य ब्यक्ति कार्यकारी पदमा पुर्याउन जातको नाममा छुट्टाएको कोटा तुरुन्तै खारेज गर्नुपर्छ !

जातले गर्दा होइन हामी वर्गको कारण पछाडी पारिएका छौँ ! जातीय नाममा हरेक जातीय समुदायमा माओवादीले जनयुद्ध सफल पार्न जातीय कलहको बीउ रोपे आज त्यहीँ बिरुवामा जातीय बीस फलेको छ !

माओवादीको देखासेखी गर्दै एमालेपनि आफ्नो जनवर्गीय संगठन जातीय बनाउदै गए देशमा वर्गीय भाव बिलाएर गयो जातीय भावको मुल छताछुल्ल भएर पोखिएको छ ! जातीय भावको जरा फैलाउन स्वयं माओवादी एमाले मलजल गरे!

देशमा शान्ति समृद्धि जातरजात बीचको सम्बन्ध मजबुत बनाउने हो भने जातीय आरक्षण संगै पार्टी एकता अगाडिनै आफ्नो जात जातीको नाममा बनेका जनवर्गीय संगठन तुरुन्तै बन्द गर नत्र ठुलो सभामा हाइ हाइ हुन ओलि प्रचण्डको भाषण मात्रै हुनेछ!

बिचार र विवेकको प्रयोग गरौं देशलाई जातीय कलंकको जालो बाट बाहिर ल्याउन केपी ओलि र प्रचण्ड ले प्रमुख भुमिका खेलुन !

908 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank