केपी शर्मा ओली कसरी लम्पसारवादी भए ?

शुक्रबार, बैशाख २८, २०७५

loading...

- सरस्वती सुब्बा



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उहाँलाई नेपाल सरकारले गरेको स्वागतप्रति हामी नेपालीहरु खुलेर समर्थन र बिरोधमा जुटेका छौँ । हामी नेपाली हुनुको मुख्य पहिचान यहीँ हो । जुनबेला बिरोध गर्नुपर्ने थियो बिरोध गर्न सकिएन जुनबेला समर्थन र स्वागत गर्नुपर्ने छ, खुलेर बिरोधमा जुटेका छौँ ।

आजको दिनमा कुनै देश आएर नेपाललाई कप्लकै खाने त होइन छिमेकी मुलुकका प्रमुख प्रतिनिधि पात्र आउँदा सम्मान र सत्कार गर्नु हाम्रो धर्म हो । सम्मान गर्दा देश कसैले पोल्टामा राखेर लैजादैन । यो कुरा प्रष्ट छ ।

परराष्ट« नीति भन्दा कुनै देश पनि बाहिर जान सक्दैन । नेपालले अन्य छिमेकी देशलाई गर्ने व्यबहार जहिले पनि सकारात्मक चाहिन्छ । किनभने हामी नेपाल एक दशक अगाडि मकै फापर, धान र बेसार निर्यात गर्थ्यौ । तर आजभोलि नुनदेखि सुनसम्म आयात गर्छौ । हाम्रो हविगत यस्तो छ ।

चीनसंग सम्बन्ध मजबुत हुँदा भारतको बिरोध गर्ने भारतसंग सम्बन्ध हुँदा चीनको खोइरो खन्ने हामी नेपालीहरुको राम्रो संस्कार होइन । चीनबाट ल्याएको लत्ताकपडा र भारतबाट ल्याएको नुन लेत हाम्रो लागि त्यतिकै महत्त्वपूर्ण छ । त्यसैले भारत र चीन हाम्रो लागि महत्त्वपूर्ण छिमेकी हुन ।

मोदी नेपाल आउँदा मात्रै होइन अमेरिका, बेलायत लगाएतको देशका प्रमुख अन्य देशमा जाँदा पनि आफै लिएर जान्छन् । जसको कारण जुन देशमा आउने हो, त्यो देशले सुरक्षामा धेरै चिन्ता गर्नुपर्दैन । भारतको प्रमुख नेपाल आउँदा ल्याएको सुरक्षाकर्मी देखेर हङँगा मचाउनुको कुनै अर्थ छैन् ।

नाकाबन्दीलाई नाकाबन्दीको भन्न् नसक्नेहरूमा उग्र राष्ट्रवाद छताछुल्ल भएको देख्दा छक्क पर्नुछ । जुन बेला देशमा नाकाबन्दी भयो त्यसबेला खरो र दरो खम्बाको रूपमा उभिएका केपी शर्मा ओली कसरी लम्पसारवादी भए ?

लम्पसारवादी त त्यो ब्यक्ति र राजनीति दल हो जसले नाकाबन्दीको पूर्ण समर्थन गरे आज उनै मोदी आउने र देशले गर्ने स्वागत सत्कार देखेर बिरोध गर्दै असल देश भक्त कहलिदै छन् ।

291 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank