तिम्रा छोरी–चेलीले अरुको ‘बेड’ तताउँदा कसरी सत्य सावित्री ?

बुधबार, पुस १३, २०७३

loading...

- संझना पौडेल

- संझना पौडेल

म जुन धरातलमा छु त्यसलाई मैले मेरो प्रगती नै मान्नुपर्छ । जीवन जिउने क्रममा धेरै उतारचढाब आउँछन ।  त्यसलाइ पन्छाउदै जीवन जिउन मैले मेरो बाबा, आमा, साथी भाइ, आफन्त तथा यहाँहरुबाटै सीकिरहेको छु । बाटो सजिलो छैन र पनि त्यसलाइ सहजताका साथ पार गर्न धैर्य यहाहरुबाटै प्राप्त गरेकी छु ।

तिमीहरूका छोरी, बुहारी, स्वास्नी बाहिर रात बिताएर  आउदा, अरुको ओछ्यान बन्दा, घरमा राखेका गार्ड र नोकरको दैनिक ओछ्यान बनिरहदा सधै चोखा, सत्य र सावित्री हुने तर तिनै भित्री अंग नै देख्ने गरी लगाएको कटटु फेसबुकमा पोस्टाउदा समेत सभ्य र शालिन हुने अनि बिचरा तिनै गरीब बाबुआमाका सन्तानहरु यानकी छोरी चेलीले  पाखुरा देखाउदा समेत अश्लिल हुने ?

बाबा आमाको असल छोरी, एउटा असल साथी र समाजको एक असल पत्रकार बन्न सकेँ या  सकिनँ, त्यो भविस्यले बताउला । आजसम्म जे पाए, गुमाए, भोगे, देखे र गरे त्यसलाइ अबका दिनमा अगाडि बढ्न हौसलाको रुपमा लिएको छु । हेर्नेको आँखा नथाकुन्जेलसम्म, सुन्नेको कान नपाकुन्जेलसम्म मेरो निरन्तरता रहिरहनेछ । म एक अभियान हुुँ ।  यो सत्य र समाथ्र्य हो ।   आगो र  पानी पनि हो । महासागर हो । यद्दपी बिषालु बिष भने पक्कै होइन । सत्य र भलाइको बाटो रोज्नु फलामको चिउरा चपाउनु जस्तै गाह्रो छ । तर म निरन्तर सत्यकै पक्षमा छु ।

फेसबुक भित्र भएका केहि चिन्तनशिल तथा मननशिल बुद्धिजीवीहरुको स्टाटस र उहाँहरुको चेतनामय विचार पढ्न पाउदा धेरै खुशी  लाग्छ ।  हरेक कुराको हरेक बस्तुको नकारात्मक र सकारात्मक पक्ष हुन्छ र त्यसमा कति सकारात्मक ठाँउ ओगटेको छ  ।  कति नकारात्मक भन्ने कुरामा भर पर्छ ।  तर हामिले नकरात्मक पक्षको कुसंस्कार कु बाटो कु प्रथा कु नियति कु बिचारको बिरोध गर्दै अगि बढनु पर्छ ।   मलाइ लाग्दछ कि यो समाज असल बनाउनु र सभ्य सुन्दर शान्त समृद्धि समाजको खोजि र निर्माण  गर्नु मेरो पनि एक दायित्व हो । त्यसमै एक इटा थप्ने काम म गर्दैछु ।

मेरो चाहाना यो संसार मेराविरुद्ध खनियोस, आजसम्म दोहोरो हितका लागि मित्रता कमै व्यक्ति संग भयो । एकोहोरो हितका लागि कसै संग मित्रता बन्न सकेन । म पनि त्यही चाहन्छु । दैनिक म मेरा लागि अहित राख्ने तर आफ्ना लागि हित वा अहित ख्याल नगर्ने असल मित्र कमाइरहेको छु । यही हो मेरो सम्पत्ति, म प्रति त्यस्तै व्यवहार गरेको चाहन्छु । ताकि म अझै निडर हुन सकुँ । मृत्यु जीत्न सकिँदैन  । तर, मृत्यु मसंग डराओस् ।

तर मैले सत्य र सुमार्गको बाटो रोज्दै समाजलाई सही दिशामा लान निरन्तर कलमलाई हतियार बनाउदैं आएकी छु । मेरो पुर्णकालिन जागिर रेडियोमा समाचारवाचिका भएतापनि मैले प्रत्येक हप्तामा २ ÷४ वटा समसामायिक बिषयमा लेखहरु लेख्दै आएकी छु । केहि दिन अघी मात्र मैले  म दलितले छोएको खान्छु । भोटे,सार्की ,कामि ,दमाइ ,पोडे ,मगर सबैले छोएको खान्छु ।
तर याद होस जो धर्मको नाममा पुरातनवादी सोचले लिप्त भएर आफुलाई कट्टर बाहुन भनेर दाबी गर्छन ।  आज उप्रान्त त्यस्ता ब्यतिहरुले दिएको केही खाइने छैन । खासगरी मानिसको पुरातनवादी विचारधारा भएको कारणले यस्ता जातिय भेदभावका घटनाहरु अझैपनि जरा गाडेर बसेका छन् । शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको छ । अझैपनि दलित समुदायभित्रका सबै जातजाति र महिलाको प्रतिनिधित्वको सुनिश्चितता नहुनु अत्यन्तै दुख लाग्दो कुरा हो । असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । दलित भएकै कारण  बेइज्यतीपूर्ण ढंगले घरबाट निकालेका यो समाजका किराहरु अझै छन भनेर लेख लेखेँ ।

सारा दलित समुदायका दाजुभाई तथा दिदी बहिनिले साथ हौसला दिनुभयो ।  बुद्धिजीवी वर्गले पनि सकारात्मक प्रतिक्रिया जनाउनुभयो । भनाई नै छ, ‘सत्यको पक्षमा बोल्ने मान्छे सधैँ सफल नै हुन्छन् । जातीय छुवाछुत नारी हिंसा बलात्कार जस्ता अमानवीय प्रथाको अन्त्यका लागि संधै कलमी यात्रा अगाडि बढाईरहनु नेपाल का ६५ लाख दलित समुदाय बहिनीको साथमा हुनेछौँ ।’ भनेर एक जना दाजुले भनेर लेख सेयर गर्नुभयो ।

ठिक छ तपाइले पनि विचार राख्न पाउनुहुन्छ । प्रतिक्रिया सकारात्मक वा नकारात्मक जनाउन सक्नुहुन्छ ।  तर यसैको फाइदा उठाउँदै केही बिवेकहीन नरपशुहरुले मलाई अपमान गर्दै यो केटी पागल हो लैजाउ, यसलाई पाटन अस्पताल भर्ना गर भने त कतिले मारिदेउ यसलाई भने । यस्ता मानवजातकै धज्जी उडाउने जन्तुहरुले  अपाच्य अपशब्दहरु लेखेर  लेखको धज्जि उडाए ।  निरन्तर म्यासेज गरेर बहस गरे अनि अपशब्दले प्रहार गहिरहे । तिनले सोचेनन अरुको भावनामा चोट पुग्छ भनेर ।

जब–जब मानवरुपी दानवहरुको अन्याय र अत्याचारले सिमा नाघ्ने गर्छन म कालिको अबतार बन्न चाहान्छु ।  यस्ता घटिया निच ब्यवहार देखेर मलाइ अति भो अति भो  त्यसैले भन्नै मन लाग्यो सुन ए !  तिमीहरूका छोरी, बुहारी, स्वास्नी बाहिर रात बिताएर  आउदा, अरुको ओछ्यान बन्दा, घरमा राखेका गार्ड र नोकरको दैनिक ओछ्यान बनिरहदा सधै चोखा, सत्य र सावित्री हुने तर तिनै भित्री अंग नै देख्ने गरी लगाएको कटटु फेसबुकमा पोस्टाउदा समेत सभ्य र शालिन हुने अनि बिचरा तिनै गरीब बाबुआमाका सन्तानहरु यानकी छोरी चेलीले  पाखुरा देखाउदा समेत अश्लिल हुने ?

अझ म जस्तो पत्रकारले यिनै दुखीको पक्षमा कलम चलाउदा म कसरी बौलाहा हुने ? म शब्दले कुटेर  छिया –छिया पारेर मार्ने मान्छु हुँ । मलाई कमजोर नसोच ।  मलाई कुनै धारीलो हतियार चाहिदैन ।  यदि फेरी पनि यस्तै हर्कत गरेर मेरो अपमान प्रहार गछौं भने अब म चुप बस्ने छैन । तिमिहरुलाई जेलखानामा कोच्चाएरै भाला छुरा प्रहार गराउने छु । चेतना भया !

6372 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv