ब्राह्मणले छोएको कहिल्यै खान नपरोस !

मङ्लबार, पुस १२, २०७३

loading...

- संझना पौडेल



samjhana

          लेखक

म दलितले छोएको खान्छु । भोटे, सार्की, कामी, दमाई, पोडे, मगर सबैले छोएको खान्छु । तर याद होस, जो धर्मको नाममा पुरातनवादी सोचले लिप्त भएर आफुलाई कट्टर बाहुन दाबी गर्छन, त्यस्ता ब्यतिहरुले दिएको केही  खान्न ।  मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, धनि र गरिब सबै मेरो लागि एकै हो । खासगरी मानिसको पुरातनवादी विचारधारा भएको कारणले यस्ता जातिय भेदभावका घटनाहरु अझैपनि जरा गाडेर बसेका छन् । तर कुनै ठाउँमा यस्तो अवस्था पनि हुन्छ, जहाँ मनिसहरुले धन दौलत भएका महिलाहरुलाई दलितको आरोप मारेर धन लुट्न खोज्छन् । जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितलाई तत्काल उद्धार नगर्दा जीवनमाथि पैदा हुन सक्ने सङ्कट आएको छ ।

भोटे, सार्की, कामी, दमाई, पोडे, मगर सबैले छोएको खान्छु । तर याद होस, जो धर्मको नाममा पुरातनवादी सोचले लिप्त भएर आफुलाई कट्टर बाहुन दाबी गर्छन, त्यस्ता ब्यतिहरुले दिएको केही  खान्न । 

शक्तिका आडमा मानवाधिकार उलङ्घनका घटना दबाइने गरेको छ । अझैपनि दलित समुदायभित्रका सबै जात–जाति र महिलाको प्रतिनिधित्वको सुनिश्चितता नहुनु अत्यन्तै दुख लाग्दो कुरा हो । असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक तथा शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । छुवाछुत र भेदभावको प्रथा पहिलेदेखि चलि आएको कुप्रथा हो । आजको आधुनिक युगमा विज्ञान र प्रविधिले धेरै कुरा बुझाई सकेको भएपनि  यस कुप्रथामा विश्वास गर्नेहरु अझैसम्म धेरै छन् ।

त्यसैले  अहिलेसम्म पनि  दलितहरुले दुख भोग्नु परेको छ । होइन, यो धर्मको नाम कहिलेसम्म पीडित हुने ? नेपालीहरु दलितहरु एकढिक्का नभएकै कारण समाजमा अझै पनि दलितहरुमाथि अनेकन हतकण्डा अपनाउन थालेका छन् । दोषीलाई हदैसम्मको कानुनी कार्वाही होस र यस्ता अपराधिक कृयाकलापका बिरुद्ध समाजका सचेत ब्यक्तिहरु जुट्न जरुरी छ ।

दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनीहरु यही समाजमै छन् । दलित भएको आरोपमा घरबाट निकाल्ने, महिलाहरुलाई दाईजोको नाममा हिंसा गर्ने र दिनभर जाँड धोकेर बेलुकी श्रीमति कुट्ने ब्राह्मणहरुले छाएको कहिल्यै पनि खान नपरोस ।

उच्च कुल घरानामा मानिसलाई तल्लो जात भन्दै हेलाँ गर्छन । तल्लो जात माथिल्लो जात भन्ने कोहि छैन ।  हामी सबैको नकारात्मक सोच अनि रुढीबादी परम्परा हो । धामी झाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन् । दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनीहरु यही समाजमै छन् । दलित भएको आरोपमा घरबाट निकाल्ने, महिलाहरुलाई दाईजोको नाममा हिंसा गर्ने र दिनभर जाँड धोकेर बेलुकी श्रीमति कुट्ने ब्राह्मणहरुले छाएको कहिल्यै पनि खान नपरोस ।  दलित भएकै कारण  बेइज्यतीपूर्ण ढंगले घरबाट निकालेका यो समाजका किराहरु अझै छन् । सदियौँ देखि उत्पीडनमा रहेका दलित समुदायलाई वास्तविक रुपमै कसरी मुक्त गराउन सकिन्छ भनेर अब गहिरो र विस्तृत छलफल चलाउन जरुरी छ ।

564 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv