“”

के नेपाल आमाको रगत र सन्तती सस्तो भएकै हो त ?

बुधबार, फाल्गुन २५, २०७३

loading...

- संझना पौडेल



- संझना पौडेल

आज म सम्पूर्ण नेपाली जनमानसमा यौटा कुरा सोध्छु ?  के आन्दोलन अनि अभियानको नाममा  सिदासादा जनताको हत्या गर्न सरकारलाई छुट छ  ? यदि छैन भने हे लाचारी सरकार किन नागरीकलाई उचाल्दै पर्छार्दै  थचार्दै र मार्दै गर्छ आखिर किन र कस्को लागि ? के नेपाल आमाको रगत र सन्तती सस्तो भएकै हो त  ? देस लुटेर खानेहरुको जालो बुन्दैछ सरकार, जनता मारेर मासु खादैछ सरकार । चरित्रहीन  भ्रष्टाचारी  तस्करी लुट्न सक्ने स्वार्थी मतलबी यस्ता बेक्तिहरुले देश हाकेका  छन् अनि हत्या गरीएका छन् यिनै सर्वसाधारण जनातालाई ।
राजनीतिमा पनि सिस्टम बनाएर राम्रो बायोडाटा भएको व्यक्तिहरुलाई नियुक्ति गर्न सकिएको भए सायद देशले अहिले यस्तो भोग्नु पर्दैन थियोहोला । अनि देशको सिस्टम कानुन अति कडा र राम्रो हुनु पर्छ र अनि मात्र देश बन्छ । हिजो गोली चल्यो ३ जनाको ज्यान गयो अब चुनाव हुने समय र अभियान जारी रहदाँ सम्म कहाँ कतिको मृत्यु हुनेको ठेगान छैन ।

भारतीय घूसपैठका कारण गौर र कैलालीमा के भयो सबैलाई थाहा नै छ ।  भारत मधेशमा धमिलिएको मौका छोपेर घूसपैठ गराउँछ, अनि नेपालमा आफ्नो उपस्थिति देखाउने वातावरण बनाउन चाहन्छ । उसै त भारतले नेपालका मधेशीहरूमाथि पहाडीया बाहुनहरूले अत्याचार गरिरहेको भनिरहेको छ, यसरी मधेशी जनता मारिन थालिएपछि उसले अझ निहुँ पाउने त भइहाल्यो। सडकमा आफ्ना समर्थकलाई उफारिराख्ने तर, काठमाडौंमा गैरजिम्मेवार हुने नीति मोर्चाले अख्तियार गर्यो ।

संविधान जारी हुनासाथ गतवर्ष कैलाली पुगेर हिंसा भड्काउन अपिल गर्ने उपेन्द्र यादव, अमरेश सिंह लगायतका कारण टीकापुर हत्याकाण्ड भएको ताजै छ । उसको ब्यानरमा भएको हिंसाको जवाफदेही मोर्चा नै हुनु पर्छ । राजनीतिक कार्यक्रममा ब्यक्तिको मृत्यु हुने अवस्था आउनु दुःखद हो । सप्तरीमा मान्छे मर्नु अत्यन्त दुखदायी तर एउटा जनमत प्राप्त जिम्मेवार पार्टीको शान्तिपूर्ण कार्यक्रममा हिँसाका लागि उक्साउने नालायक सरकारका नालायक गृहमन्त्री निधि र मधेसी मोर्चाका नाममा अराजनितिक र अलोकतान्त्रिक गतिविधी गर्नेहरूको जति भत्सर्ना गरेपनि कम हुन्छ ।

विरोध गर्न सकिन्छ तर तराइ कसैको बिर्ता होईन, सबैले आफ्नो राजनीतिक गतिबिधि गर्न पाउनुपर्छ। डयुटीमा खटिएका सिपाहीको पनि जीवन हुन्छ । युद्ध र आन्दोलनको पनि सिमा हुन्छ सुरक्षा। सिमा नाघेपछी कसैको आदेश चाहिदैन ।  जीवनरक्षाका लागि गोली चलाउन पाउने अन्तराष्ट्रिय नियम छ । शान्तिपुर्ण सभाको भद्र तरिकाले विरोध गर्न पाइन्छ तर पेट्रोल बम, भाला, लठ्ठी, ढुंगामुढा लिएर विरोध गर्न गएका कि सशस्त्र युद्ध ? नहुनु थियो दुखद घटना भयो, मृतक प्रती श्रद्धाञ्जली घाइतेको स्वास्थ्यलाभको कामना ?सप्तरिमा भएको दुःखद घटना किन भयो र त्यसको लागि को जिम्मेवार छ ? त्यससित सम्बन्धित तथ्यहरूबारे पनि हाम्रो केही ध्यान जानुपर्ने आवश्यकता छ ।

 सप्तरीमा भएको दुःखद घटनाले त्यो प्रश्नसित सम्बन्धित मूल राजनीति पक्षलाई उपेक्षा गर्नु सही हुने छैन । भारतीय विस्तारवादले लामो समयदेखि नै योजनावद्ध प्रकारले आफ्ना विस्तारवादी उद्देश्यहरू पूरा गर्न तराइमा अशान्तिको स्थितिको सिर्जना गर्दै आएको छ । केही मुठ्ठीभर मधेशवादीहरूले भारतको निर्देशनमा नै तराइमा पृथकतावादी नीति अपनाउँदै आएका छन् । उनीहरूको मुख्य उद्देश्य हो नेपालमा राष्ट्रिय विखण्डनको स्थितिको सृजना गर्नु । तर तराईका मधेशी, थारु सहित आम जनता त्यस प्रकारका देशभक्त छन् र उनीहरू सबै प्रकारका पृथकतावादी नीतिका विरुद्ध छन् ।
पौडेल नेपाल एफएम नेटवर्ककी समाचार वाचिका हुन ।

790 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank