दलहरुले भने मतदाता संकलन गर्न साउन भरिको अवधी, आयोगले भन्यो १५ सम्म मात्र

सोमवार, साउन २, २०७४

loading...

- संझना पौडेल ।



- संझना पौडेल ।

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । यसअघि २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने छ ।

दलहरुले एक महिनासम्म गाउँगाउँसम्म मतदाताको नामावली संकलन गर्न आयोगको ध्यानाकर्षण गएका छन । २०७० सालको निर्वाचनमा मतदान गरेका तर अहिले छुटेका मतदातालाई समावेश गर्नुपर्ने, मतदानस्थल भन्दा बाहिर बस्दै आएकालाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने र ७४४ वटै गाउपालिका र नगरपालिकाको केन्द्रबाट नामावली संकलन गर्न सक्ने व्यवस्था मिलाउन पर्ने काँग्रेसको माग छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभरलाई तोक्न निर्वाचन आयोगसँग आग्रह गरीएकोमा राजपा पनि सहमत देखिएको छ ।

बर्षाले गर्दा अहिले आयोगले दिएको समय कागलाई बेल पाक्यो हर्षन विस्मात जस्तो हुने देखिएको राजपाको तर्क छ । मध्यवर्षायाममा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाउन आयोग लाग्नु पर्ने दलहरुको जोड छ । मतदाता नामावली संकलनलाई कति दिन भन्दा पनि ३ वटै तहको निवार्चन तोकिएकै समयमा हुनुपर्नेमा एमाले स्पष्ट छ ।

संबिधानले ब्यबस्था गरे अनुसार नै अघि बढ्न आफूहरु तयार रहेको प्रतिक्रया जनाइरहेको आयोग १५ दिन भित्रै मतदाता नामावाली दर्ता गराउन भनिरहेको छ । मताधिकारको प्रयोग र आवद्यिक निर्वाचनलाई लोकतन्त्रको बलियो आधार मानिन्छ । त्यसको अभ्यास गर्ने नागरिकलाई आयोगले केन्द्रमा राख्नु पर्दछ । आयोग गाउँगाउँमा कर्मचारी खटाउनु सुल्टो बाटो हो, न कि उमेर पुगेका नागरिक जिल्ला सदरमुकाम धाउनु । गाउँ गाउँमा सिंहदरबार पुगेको अनूभूति गराउन आयोगले किन कन्जुुस्याँई गर्नु ।

525 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv