दलितले छोएको खान्छु, बाहुनले छोएको खान्न

शनिबार, मंसिर २५, २०७३

loading...

- सम्झना पौडेल



म दलितले छोएको खान्छु । भोटे, सार्की ,कामी ,दमाइ ,पोडे, मगर सबैले छोएको खान्छु । तर यादहोस जो धर्मको नाममा पुरातनवादी सोचले लिप्त भएर आफुलाई कट्टर बाहुन भनेर दाबी गर्छन, आज उप्रान्त त्यस्ता ब्यतिmहरूले दिएको केही खाइने छैन । मुस्लिम, थारु, मधेसी, आदिवासी ,जनजाति, धन र गरिब सबै मेरो लागि एकै हो ।

खासगरी मानिसको पुरातनवादी विचारधारा भएको कारणले यस्ता जातिय भेदभावका घटनाहरू अझैपनि जरा गाडेर बसेका छन् । तर कहिँ यस्तो अवस्था पनि हुन्छ जहाँ मनिसहरूले धन दौलत भएका महिलाहरूलाई दलितको आरोप मारेर धन लुट्न खोज्छन ।

samjhana

सम्झना पौडेल

जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितलाई तत्काल उद्धार नगर्दा जीवनमाथि पैदा हुन सक्ने सङ्कट आएको छ । शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको छ । अझैपनि दलित समुदायभित्रका सबै जातजाति र महिलाको प्रतिनिधित्वको सुनिश्चितता नहुनु अत्यन्तै दुखलाग्दो कुरा हो ।

असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । छुवाछुत र भेदभावको प्रथा पहिलेदेखि चलि आएको कुप्रथा हो । आजको आधुनिक युगमा विज्ञान र प्रविधिले धेरै कुरा बुझाईसकेको भएपनि  अझै यस कु प्रथामा विश्वास गर्नेहरू धेरै छन् । यहि कारण अहिलेसम्म पनि  दलितहरूले दुख भोग्नु परेको छ ।

होइन, यो धर्मको नाम कहिलेसम्म पीडित हुने ? नेपालीहरू दलितहरू एकढिक्का नभएकै कारण समाजमा अझै पनि दलितहरूमाथि अनेकन हतकन्डा अपनाउन थालेका छन् । दोषीलाई हदैसम्मको कानुनी कारवाही होस र यस्ता अपराधिक कृयाकलापका बिरुद्ध समाजका सचेत ब्यक्तिहरू जुट्न जरुरी छ ।

उच्च कुलघरानामा मानिसलाई तल्लोजात भन्दै हेला गर्छन । यहाँ तल्लो जात माथिलो जातभन्ने कोही छैन हामी सबैको नकारात्मक सोच अनि रुढीबादी परम्परा हो ।

धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन । दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी हरू यहि समाजमै छन् । दलित भएकै कारण  बेइज्जतीपूर्ण ढंगले घरबाट निकालेका यो समाजका कीराहरू अझै छन् ।

शदियौँदेखि उत्पीडनमा रहेका दलित समुदायलाई वास्तविक रुपमै कसरी मुक्त गराउन सकिन्छ भनेर अब गहिरो र विस्तृत छलफल चलाउन जरुरी छ ।

11106 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv