कालापानीबाट सेना हटाऔं,वार्ता थालौं

बिहिबार, असार ४, २०७७

loading...

- निरज आचार्य



असार २ गते मंगलवार अर्थात 9 june 2020 मा भारतको लद्दाक क्षेत्रको गलवानघाँटी भारत र र चीनको सिमाक्षेत्रमा दुई देशका शैनिक विचको भिड्न्तमा भारतीय सेनाका कर्णेल सन्तोष सहित २० जना सैनिकहरु मारीएको भोलि पल्ट अर्थात असार ३ मा भारत र चीनका विदेश मन्त्रीहरुका बीचमा टेलीफोन वार्ता भएको छ ।

उक्त परिस्थितिलाई भट्कीन नदिन र यसअघि भएको सहमतिका आधारमा विवाद समाधान गर्ने सहमति भएको कुरा सार्वजनिक भएको छ यो सकारात्मक कुरा हो । नेपाल दुबै देशका बीचमा अवस्थित असल छिमेकी भएको हुँदा दुई देशकाबीचमा तनाव होईन, मेलमिलाप र शान्तिपूर्ण समाधान चहान्छ ।

भारतीय प्रधानमन्त्री र रक्षामन्त्रीले सन्चार माध्यामहरुमा प्रतिकृया दिदै हिन्दुस्थानको सार्वभौमिकता,भौगोलिक अखण्डता र राष्ट्रिय एकता लागि जस्तो सुकै कदम चाल्न भारत तयार रहेको सन्देश दिनु भएको छ । भारतको सार्वभौमिकता, भौगोलिक अखण्डता र एक ईन्च सिमा तल माथि हुन नदिने कुरामा निकै गम्भिर भएको देखीयो । कुरा ठिक हो । यसै गरी अरु देशहरु पनि सार्भभौमिकता र भौगोलिक सिमाना प्रति त्यतिकै सम्वेदनशिल हुन्छन भन्नेकुरा सबैले राम्ररी  बुझ्नु पर्दछ । नेपाल पनि आफ्नो देशको भौगोलिक सिमा सुरक्षा, सार्वभौमिकता र भौगोलीक अखण्डता प्रति त्यतिकै सम्वेदनशिल र गम्भीर छ महोदय !

सन् १९६२ मा भारत चीन युद्धको समयमा तत्कालीन युद्ध प्रयोजनको लागि नेपालको कालापानी क्षेत्रमा राखीएको भारतीय सैनिक क्याम्प हालसम्म कायम राख्नु र उल्टै उक्त क्षेत्र नै भारत तर्फ पारेर वि.स. २०७६ कातिक १६ मा नक्साको आठौ संस्करण जारी गर्नु कति नैतिक, संस्कारयुक्त राजनीतिक कदम हो ?  याे विषयामा एक पटक भारतले गम्भीरता पूर्वक सोच्नु पर्ने हुन्छ । अब तथ्य प्रमाण र तर्क संगत तरीकाले सवाल उठ्यो , नेपालले आफ्नो दावि पेश गर्यो । कालापानीबाट सेना हटाऔ , वार्ता थालौ । स्थायि रुपमा सिमा सम्स्याको समाधान खोजौ ।

नेपाल असंलग्नाता, पञ्चशिलको सिद्धान्तमा आधारित आफ्नो परराष्ट्रनीति प्रति अटल छ । विश्व शान्ति, भातृत्व र मेलमिलाप प्रति गहिरो विश्वास राख्द छ ।  त्यसैले पनि हामी चाहन्छौँ, भारत र चीनबीच थप तनाव नहोस् र नेपाल संगको सिमा विवाद पनि वार्ताद्धारा समाधान होस् ।  भारतले छिमेकीसँग चिढाउने कार्य नभई तथ्य, प्रमाण र अन्तराष्ट्रिय कानूनका आधारमा पनि नेपालको भूमि अतिक्रमणका विषयमा पछि हट्नै पर्छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने जस्तै नेपाल भारतको सम्बन्ध रोटी बेटिको मात्र नभइ यो युगौं पुरानो हो भन्ने बुझन जरुरी छ । भूगाेलकाे हिसाबमा काेहि सानाे या ठूलाे हुन्छ । तर राष्ट्रियताकाे सवालमा र राज्यकाे दृष्टिकाेणमा राज्यहरूले समान हैसियत राख्दछन । एकले अर्काकाे अस्तित्व स्विकार गर्दै मानवअधिकारकाे रक्षा, राष्ट्रिय सुरक्षा, भाैगाेलिक अखण्डताकाे सवालमा छिमेकी राष्ट्रहरू गम्भीर बन्र जरूरी छ । छिमेकीसँग छिमेकीकाे व्यबहार गर्दै दाैत्य सम्बन्ध कायम राख्नु पर्दछ । कुटनीतिक मामला मार्फत भारत र नेपालबीचकाे सीमाबारे देखिएकाे विवाद समाधान गर्नका लागि अब बहाना नभइ अविलम्ब वार्ता गरिनु पर्छ ।

लेखक-निरज आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हुनुहुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments