प्रधानमन्त्री ज्यु, हामी जनतालाई सुताएर हाम्रो सपना चोर्नुहुन्छ – तपाई ।

बिहिबार, फाल्गुन ९, २०७५

loading...

- राजु झल्लु प्रसाद



- राजु झल्लु प्रसाद

सम्माननीय प्रधानमन्त्री खड्क प्रसाद ओली ज्युँ, तपाई  रास्ट्रको कार्यकारी भूमिकामा हुनुहुन्छ । तपाईसँग मेरो गुनासो छन्, दुखेसो छन्,…चित्त दुखाइ छन् । उसो त् तपाईको पनि मसँग दुखेसो/गुनासो र चित्त दुखाइहरु प्रयाप्त होलान ।….म तपाईलाई केहि प्रश्न गर्न गइरहेको छु, मलाइ थाहा छ, मेरो  प्रश्न अनुत्तरित रहनेछ । रहोस् ।….

प्रथमत: कुराको थालनी  यसरी गर्छु । तपाईका नयाँ पुराना भाषाणहरु हेरे, इन्टरभ्युहरु हेरे, तपाइकोको बारेमा छापिरहने  अखबारी लेख, तपाई को नाममा बनेका र बनिरहने जोक/टरोल, पम्प्लेट र कार्टुनहरु उसो त  ति पनि म बाट टाढा छैन । तपाइँको बारे व्यक्तिगत रुपमा भन्नुपर्दा म तपाइँलाई मन नपराउने मान्छे हुँ ।  थोरै जोक गर्ने मुडमा छु । पढेर हास्नु भएछ भने म सम्झनेछु मेरो यो लेख जीवन्त भयो । हास्नुभएन पनि ठिकै छ – पुनर्जन्मलाई जीवन सार्थकता मान्नेहरु भित्र म पनि पर्दछु ।

सम्मानित प्रधानमन्त्री ज्युँ, तपाइको  भाषामा त् विकास भन्याँ सडक बन्नु हो क्यारे  । कुन्नि कता पो खकार समेत नथुकी हत्त न पत्त  माइक समाएर फुक्दै हुनुहुन्थ्यो,” देशमा सडक निर्माण कार्य तीव्र गतिमा अगाडी बढेको छ । उत्तिकै तीव्र गतिको रेल पनि हामि भित्राउँदै छौ । जे कुराको पनि पूर्णत सफलताको लागि प्रथमत: चाहिने भनेको  बाटो हो । यसैले हामि बाटो निर्माणमा जुटेका छौ । बाटो भएसी कुनै रोकटोक विना विकाशका कामहरु हुन् पाउँछन् । हामि विकासको बाटो खन्दै छौ, तपाइँहरु तगारो नलगाइदिनु होस् ।….” कुन्नि यस्तै यस्तै के के । कुरो हो पनि त् । बाटै नभएसी त् असजिलो पर्ने भो । पहिले बाटो बन्या अनि काम सुरु गर्, बुढापाकाको अर्ति पनि त् यै हो । तर सिंगै देशभरि बाटो पुराउदै गर्दा देशको गन्तव्य कता त् ? देशभरी बाटो पुराईरहँदा खेरि देशले किन गन्तव्य गुमायो ?

यसो गरौँ, बाटोको कुरैमा जाउ ।

बाटो:-

सम्माननीय प्रधानमन्त्री ज्युँ, तपाईको बाटो र मैले कुरा गर्न खोजिरहेको बाटोमा फरक छ । तपाईको बाटोको मतलब देशभरि खनिदै गरिएको बाटो रहेछ । मेरो बाटोको मतलब चाहि देशको बाटो थियो/हो । देश कुन बाटोमा हिड्दै छ भन्ने कुरा मेरो । देश भरि बाटो हिड्दै छ भन्ने कुरा तपाइँको । तपाईले देश कुन बाटोमा हिड्दै छ होईन कि देशभरी बाटो कताकता हिड्दै छ भन्ने कुरा बताउनुभयो । (एकफेर गलल हासें ।) म हत्तपत हास्न नसक्ने मान्छे हुँ । म मात्रै कहाँ सम्पूर्ण हामी जनता हास्न नसक्ने स्थितिमा छौं । सामान्य मान्छे(आमजनता) हुनुको एउटा बेफाइदा हामी आफूलाई आफैले काउकुती लगाएर हसाउँन सक्देनौं । अर्को बेफाइदा यो पनि छ, अरु कसैले काउकुती लगाईदिँदा पनि अतालिन्छौ । बढो विचित्रको रुन्चे गुण बोकेर जन्मिएका हामि सर्वश्रेष्ठ प्राणि हौ । (मलाई यहाँ निर एकैछिन हास्न मन छ ।)… खैर छोड्नुस,  हामी रुन्चे जनताले तपाईलाई रास्ट्रपिताको रुपमा पाएका छौ र पो पेट मिचीमिची हास्न पाएका छौ । तपाई हाम्रो समस्या बुझ्नुहुन्छ, र हामीलाई हसाउँन अनवरत रुपमा प्रयासरत हुनुहुन्छ । मलाइ तपाईको यो कुरा बेहद मनपर्छ ।

सपना:-

चुटकिला सुनाएर जनता हसाउदै हुनुहुन्छ तपाई  । हामी जनता रोगि छौ, डराएका छौ । के हो र कसो हुने हो सोचेरै आज खराब पारिरहेका छौं । रात रात भर सपना देख्छौं । दिन दिनभर निदाउँछौ । तर न निद्रा पुर्यारेहेछौँ हामि, न देखेका सपनाहरु नै पुरा गर्न सकिरहेका छौं । सपना बेच्ने व्यापारीहरुको हामीलाई साच्चै नै खाचो छ । सहुलियत दरमा सपना देख्न छुट दिलाउने र सपना पुरा पनि गराईदिने फौबन्जारी(दलाल)हरुको आवश्यकता खड्कीरहेछ छ देशमा । र, तपाई यी सब कुरादेखि अनविज्ञ पनि हुनुहुन्न । यसैले त ग्यास लाइन, हावाबाट बिजुली, मेट्रो रेल, मेलम्ची खानेपानी, स्वरोजगार निति जस्ता अनेकन अनेक सपनाहरु देखाईरहनुहुन्छ ।  चिसो भुइँमा गुइठा तापेर सुतिरहेका हामी दरिद्रहरूलाई बिजुलीबाट  चल्ने बुलेट ट्रेनको सपना साच्चै प्यारो छ  । टुकी बालेर निदाउन खोजिरहेका हामीलाई हावाबाट बिजुली बत्ति बलिदिए कस्तो न हुने थियो झैं लाग्छ । पब्लिक बस् र स-साना माइक्रोमा ठेलमठेल गर्दै कोचिदै रुम देखि अफिस र अफिस देखि रुम गरिरहेका म जस्ता जागीरेहरु मेट्रो ट्रेनको सपना देख्दा किन पुलकित नहौं ? स्वैरकल्पनाजन्य  गीत, फिल्म, कथा र लोहोरी सुन्दै हुर्किएका हामीहरुको रुची/अभिरुची र सपना केके हुनसक्छन तपाइँ प्रस्टसँग जान्नुहुन्छ ।  यसैले त स्वैरकल्पनाका  गीत गाउनुहुन्छ ।  हामी त्यसैमा लठ्ठीन्छौ । तपाईका समृद्दीका लयात्मक लोहोरी  गीत सुनेर हामि निदाईरहंदा उता तपाइ  गोली, बन्दुक, नाकाबन्दी, भ्रष्टाचार, कमिसनतन्त्र, चरम महँगी र ढिलासुस्तीमा मस्त रहनुहुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यु, हामी जनतालाई सुताएर हाम्रो सपना चोर्नुहुन्छ – तपाई ।

अभाव, अशिक्षा, अराजकता र अन्यायले थिचिएकाहरुको  छातीमा घोडा कुदाएर  नै  क्रान्ति आएको हो । माओ, लेनिन, स्टालिन, ख्रुस्चेभ, बोकासाहरू जन्मिएका हुन् । जसको सिद्दान्त रटेर तपाइँ देश हाक्न खोजिरहनु भएको छ । भाषा र भाषणका हात हल्लाउनुहुन्छ । संस्कार, कला, साहित्य र विकासका कुरा गर्नुहुन्छ ।

पहिले त अभाव कै कुरा गरूँ क्यारे;-

अभाव:-

म र तपाई एकै शहरमा बस्छौं । म यता रानीवन बस्छु । तपाई उता बबरमहल । त्यहि १०/१२ किमीको वरपर हुम्ला । महिनाको 7 हजार घरधनीको पोल्टामा हुत्त… हुत्ताईदिन पर्छ । त्यो पैसो हुत्त… हुत्ताउन भनेरै  म महिनाको १५  हजार कमाउछु । छोरो काठामाडौं बस्या छ, काम पनि गर्या छ, … घरकाले आश स्वत: गरिहाल्छन् । कसै नभएपनि महिनाको ३ हजार जति आउनेजानेको हाता घर पठाउछु । जागिरमा  जानआउन महिनाको १५०० लाग्छ(कार्ड नक्कली छ – समाउनुहोला) । बाकि बस्छ ४,५०० । त्यो पनि एक महिनाभरिको उधारो तिर्दा नतिर्दै सकिन्छ । खानलाई चाहि जागिर खान्छु, खान भनेरै जागिर खान्छु  तर म तपाई बसेकै सहरमा बसेर महिनाको १० दिन केहि नखान बाध्य छु

 अब कुरा गरूँ, अशिक्षाको
अशिक्षा:-

ब्याचलर फर्स्ट इयर गर्दै थिए बि एस् सी साइन्स- त्रिचन्द्रमा छाडे म नेपालि पाठ्यक्रमदेखि सार्है नै वाकदिक्क भएको मान्छे हुँ पढाइ छाड्नुको विभिन्न कारणहरु मध्ये एउटा कारण यो पनि हो प्लस टु साइन्स पढे त्यसपछि २ वर्ष घरि नेम(mbbss), घरी जाप्निज कन्सलटेन्सी, घरी भूकम्प त घरी विभिन्न काम गरेर आफ्नै पालनपोषणमा लागे

२ वर्ष साइन्स पढ्दा खेरी  नै म रक्तचाप र क्लोस्ट्रेलको घनिष्ठ साथी बनीसकेको थिएँ पछि त्रिचन्द्र पढ़ीरहंदा ग्यासट्रिकसंग पनि मेरो घनिष्ठता बढ्यो एक्लोपन, बेरोजगारी त छँदै थिएँ … त्यै ताका मैले गाँजा पानी ताने म खुबै एक्लिएँ   र, यो पनी कुरा छ, २५ वर्ष(जो मेरो जिन्दगी फूल्ने याम हो) म किन खेर फ्यालू भन्ने भयो र मैले पढ्न छाड़ें २५ वर्ष युनिभर्सिटीलाई दियो, युनिभर्सिटीले जम्माजम्मी त्यही एउटा सर्टिफिकेट दिएर मलाई भन्छ, ‘अब तेरो काम छैन यहाँ सके यई गर्, नसके पस् विदेश देशलाई चाहिएको पैसा हो, तं होइनस् ‘ कुरा हो पनि त न मलाई यो देश चाहिएको छ, न यो देशलाई म थाहा छैन कहिलेदेखि र कहिलेसम्म हामी एकअर्कालाई झेलीरहेछौं/झेलीरहनेछौं

सम्माननीय प्रधानमंत्री ज्यूँ,सैदान्तिक शिक्षा हासिल नगरेता पनि म अशिक्षित भने छैन    र म यसरी  शिक्षित भईरहेको छु की म अराजक बन्दै गइर हको छु अराजक हुनु मेरो  बाध्यता हो

ठिकै छ, प्रसंग आइहाल्यो । म अराजकताकै कुरा गर्दछु ।

अराजकता:-

यो शताब्दि या यो आजको विश्व पुजीवादी हुनुमा उति साह्रो मेरो टाउको दुखाइ होइन । न त् अमेरिकी प्रभुत्ववादी नीति हाम्रो जस्तो देशमा हावी हुनुमा नै । अमेरिकी नीति अफगानिस्तान, भियतनाम, निकारगुवा, इराक, सोमालिया, हुँदै विश्वका अनेकन गरिब मुलुकमा विध्वंस मच्चाउन  तल्लिन छ । उसको शब्दमा बोल्नुपर्दा ऊ नरसंहार गर्दैन, युद्द गर्छ । उ आतंक गर्दैन, आतंकविरोधी यात्रा गर्छ । उ बाज हो, सिनो टिप्नु उसको धर्म हो । तर सिनो बन्नु हाम्रो दायित्व या कर्तव्य कुनै पनि होइन । तर उ हामीलाई सिनो बनाउन लागिपरेको छ । र तपाईको  यो सरकार देश रक्षा(कुर्सि रक्षा)को निमित्त(हामी जनतालाई सीनो बन्न नदीन) दक्षिण, पश्चिमा हुँदै अमेरिका शक्तिसँग डराएर ति शक्तिको दास बन्नूभएको छ । तपाईको यो रणनीति मलाई  कौमार्य लाग्दछ । र, पनि सोध्न मन लाग्छ, राजनीति भनेको राज हो ? कूटनीति भनेको कपट मात्रै हो ?

तपाई हामीलाई सार्वभौमसत्ता सम्पन्न रास्ट्रको जनता भनेर हौसाउनुहुन्छ । सार्वभौमसत्तासम्पन्न राष्ट्रका प्रमुख आधारभूत चरित्र भनेको  विदेशी समकक्षी, राजनीतिज्ञ र कूटनीतिज्ञहरूसँग शिर ठाडो पारेर कुरा गर्न सक्ने हुनु हो  । जहाँ देश टुक्राईदैन, जहाँ सर्वाधिकार जनता आफैंमा हुन्छ । राजा, रास्ट्रपति या तानशाहहरु मर्दा पनि सर्वाभौमसत्ता शाश्वत र सजीव रहिरहन्छ ।
हौँ हुनलाई त् हामि सार्वभौमसत्ताको मालिक हौँ   तर यहाँ सर्वाधिकार कसमा छ? कोसँग छ ? अधिकार पाएर त्यो अधिकारको प्रयोग कत्तिको भै’रहेको छ ?..यावत यावत प्रश्नहरु बारबार उठीरहन्छ ।  यो प्रश्न गर्न नहुने प्रश्न हो । तर म यै प्रश्न गर्न गइरहेछु । भन्नुस न म साह्रो अराजक छु ।

राजनीतिक दल, ठुला शक्ति समूह र छापामार संगठनहरू समृद्दी र सुशानको वकालत गरिरहन्छन् । नारा लगाईरहन्छन् । भाषणमा भरपुर काव्यात्मकता छिराउँछन् । तर  राजनीति र कूटनीतिका यी यस्ता स्वनाम धन्य वीर पुरुषहरु जनताका आधारभूत आवश्यकताका बारेमा समेत बेखबर छन् ।(भन्न पनि लाजमर्दो ।)  हाम्रा सपना र भविष्यप्रति न्युनतम सोचविचार र ध्यानाकर्षण गर्ने/गराउने समेत  फुर्सद पाउदैनन् । फेरी हामी जनता सडकमा आएर ठूलो स्वरले कराउन पनि त् पाउँदैनौ । सडकमा हामी आम जनता भन्दा तपाईका कार्यकर्ताहरुको बहुमत रहन्छ । तपाइँलाई हामि बहुमतले जिताउछौं, र फेरि हामी अल्पमतमै रमाउन विवश हुन्छौं ।

व्यापारीकरणले निम्ताएको चरम महंगी होस् या कथित समाजवादीहरुले अगी सारेका शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रको  बजारीकरण । रास्ट्र पुनर्संरचनाको योजनापत्रहरु हुन् या रास्ट्रिय पुनरुत्थान मुद्दाहरु ।   रास्ट्रिय अर्थग्रन्थ भित्र भैरहने तन्त्रमन्त्र होस् या राज्य संयन्त्रको पुरानै रखवाली पद्दति । यी यस्ता सामाजिक सरोकार, न्याय र समनाताको पक्षमा उभिएर बोल्दा तपाईका मान्छेहरुले हामीलाई अराजकताको लंगौटि घुसाइदिने गरेका छन् । यसैले त् भनिरहेछु, अराजक हुनु हाम्रो  बाध्यता हो ।

तपाइले भर्खरै हालसम्मको आफ्नो कार्यकालको खर्च विवरण सार्वजनिक गर्नुभयो, भदौसम्मको मात्र । आम जनता लगायत तपाईका पार्टी कार्यकर्ता पनि तपाइँसँग रुस्ट भएँ । नाफाको निजीकरण र घाटाको सामाजीकीकरण गर्ने तपाइको यो काइदा नवउदारतावाद भित्र पर्दैन । न त् समृद्दी र पूंजीवाद भित्र नै अट्छ । देशको पुजीलाई नियन्त्रित गर्नुपर्ने बेला तपाइले यहाँ पनि मजाक गर्न छाड्नु भएन् । यसैले त्  भनेको   व्यक्तिगत तवरले भन्नुपर्दा म तपाईलाई मन नपराउने मान्छे हुँ ।

तपाइको  ‘स्मार्ट लाइसेन्स” अभियान होस् या ‘पेपरलेस क्याबिनेट’ भन्दै हरेक मन्त्रीहरुलाई बाडिएको एक-एक थान म्याकबुक होस् । बिजुली गाडी गुडाउने कुरा होस् या पाइपलाइनबाट ग्याँस वितरण गर्ने योजना । तपाइको बोलि र काम गराई नियाल्न यिनै उदाहरण पर्याप्त थिएँ । मैले माथि उल्लेखित ति कुराहरु गर्नु नै नपर्ने । हिड्दै छ, पाइला मेट्दैछ छ जस्तो गरिरहंदा तपाइँसँगसँगै यो देश पनि डुब्ने खतरा दिनादिनु बढीरहको छ । तपाइँका भाषण र बोलिको माधुर्यताले मख्ख पर्दापर्दा हामि आत्ति सकेका छौं । तपाईले  आफ्ना हरेक निर्णयलाई अभ्यास र प्रयोग भनिदिरहँदा सरकारप्रतिको हाम्रो आस्था, भरोसा र विश्वास कम हुँदै गएको छ । कल्पनाशीलता प्रचुर बोकेको तपाइको सरकारको कामकारबाही विवेकहिन र नतिजाहिन प्रतित हुँदै गैरहेको छ । तपाईलाई पनि अवगत छ, यो सरकार इतिहासकै शक्तिशाली सरकार हो । ऐतिहासिकता बोकेको यो सरकारसँग हामि जनताको स्वभावत: अपेक्षा रहने नै भयो । छ पनि । थुकेको थुक त् चाट्नु पर्छ भन्छन । यो त बोलेको बोलि हो, हिडेको पाइला हो – बिर्सनुहुँदैन ।

मैले त्यति ठुलो सपना देखेकै छैन, बस् महिनामा १० दिन भोको बस्न नपरोस, पाठ्यक्रम देखि बिरिक्तिएर पढाई छाड्न नपरोस, आफ्नो मौलिक हक हात फैलाएर माग्न नपरोस अनि आफ्नै देशमा रहन नसकेर विदेश भासिन नपरोस् । आफ्नो दैनिकी थोरै भएपनि सहज र सरल बनाउन सकूँ ।  के सरकारको एक नागरिक प्रति यति पनि जिम्मेवारी र दायित्वबोध हुदैन ? आम नागरिकको दैनिकी व्यवस्थापन र तीनको सम्मान कुनै पनि  सरकारको प्रमुख कार्यभार होइन ?

सम्माननीय प्रधानमन्त्री, खड्क प्रसाद ओली ज्यु ।

प्रत्येक नागरिक आफैमा एक झण्डा हुन् । जबसम्म यहाँ कोहि भोकले, कोहि रोगले र कोहि शोकले लज्जित भै’रहन्छन् तबसम्म देश समृद्द हुनसक्दैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank