रञ्जुु दर्शना भन्छिन्- ‘म माफी माग्दिन’

शनिबार, भदौ १०, २०७४

loading...


दर खाने दिन र हरितालिका तीज बाल्यकाल देखि नै रमाइलो लाग्ने दिनहरुमा पर्थे।  पहिलो कारण चाहिँ एकैचोटी ३ दिन स्कुल बिदा हुने, दोस्रो चाहिँ दर खाने दिन ठुलोममी को छोराको जन्मदिन र तिजको दिन चाहिँ आफ्नो ठुलोमामाको जन्मदिन अनि तेस्रो कारण चाहिँ दर खाने दिन हजुरआमाले दरको खिर भन्दै खिर खुवाउने र जताततै आमा, दिदि बहिनीहरु सबैजना मग्न भएर नाच गाना गर्दै रमाउने।

एकै ठाउँमा धेरै दिदी बहिनी एकैसाथ देखिनु हुन्थ्यो, त्यो पनि रमाईलो लाग्थ्यो ।

तीज को पर्सी पल्ट भने माँ बिहानै नुहाई धुवाई गरेर पूजाको तैयारी गर्नुहुन्थ्यो ! ऋषिपञ्चमी पूजा भनेर चाहिँ थाहा थियो तर ठ्याक्कै के हो मुल कुरा भन्ने त आफुले नै पहिलो पटक पूजामा बसे पछि पो थाहा भयो ।

त्यस पछि सो पूजाको आसानीमा आसान हुन यो मन भित्रको भगवानले मानेनन् ! पहिला पहिला भने सबै दिदी बहिनीहरु एकसाथ पूजामा बसेको देख्दा, म मात्रै छुटेको जस्तो लाग्थ्यो ! कहिले मैले पनि सँगै पूजा गर्न पाउने होला भन्ने लाग्थ्यो।

अहिले सम्झंदा हाँसो लाग्छ । ऋषिपञ्चमी पूजाको मेरो पहिलो अनुभबको बेला जब गुरुले, “महिनावारी हुँदा मेरो तर्फबाट जानेर(नजानेर भएको गल्ती, पाप, को लागि म माफी माग्दछु” भन्नु भने तब यो खुट्टाको औंला देखि शिर सम्म सिरिंग पो भएँ म ।

यो वर्ष भरी मैले जान-अन्जानमा गरेको गल्तीको लागि माफी माग्दछु भन्ने नै पूजाको मर्म भएको भए नि खुशी साथ सोहि गर्थें हुँला तर यहाँ त मेरो प्रजनन स्वास्थ्य अन्तर्गतको प्राकृतिक चक्रको नै अपमान भएको अवस्थामा कसरी खुशी हुनु म ?

पहिलो ऋषिपञ्चमी पूजा सकिएपछि हरेक वर्ष मैले यो पूजा गर्न नपरे नि हुन्थ्यो भनेर अपेक्षा गर्न थालें। ‘महिनावारी ठ्याक्कै यहि बेला भइदिए पनि हुने! कमसेकम यहि बहानाले मलाई पूजा गर्न बाट छुट त मिल्थ्यो’ भन्ने सोच्थें !

तर पूजा गरेन भने घरमा बहुत टेनसन१ ममीको पूरै इमोसनल बल्याकमेल सुरु भइ हाल्ने र मलाई पनि लाग्यो यो पूजाको परिभाषा नै पनि त बदल्न सकिएला नि ! त्यहि भएर केहि वर्ष यता ऋषिपञ्चमी पूजा माफी माग्न होइन धन्यवाद भन्नलाई गर्न थालें।

धन्यवाद ! मलाई सृष्टि-जगत, मानव सभ्यतालाई निरन्तरता यस्तो वरदान दिएकोमा ।

धन्यवाद ! मलाई महिनावारी भएको बेला, कष्ट सहने शक्ति दिएको ।

धन्यवाद ! मलाई नारी भएर जन्मने सुअवसर प्रदान गरेकोमा ।

मैले आफुले त धन्यवाद दिन थालें तर अझै धेरै दिदी बहिनीहरु परम्पराको नाममा बिना कुनै गल्ती माफी माग्दै हुनुहुन्छ ! आफ्नो प्राकृतिक चक्रको थाहै नपाई गरिएको अपमानमा हाँस्दै हुनुहुन्छ ।

मैले यति लेखि सक्दा र कार्यान्वयन गर्दा धेरैले परम्परा विरोधी, धर्म नमान्ने भनेर ट्याग नै लगाइदिनु पनि हुन्छ होला तर मेरो धर्मले मलाई सिकाएको अन्धविश्वासमा नपर्नु, सत्यताको यात्रा कठिन भएपनि अडिग भइ लड्नु र मानवताको धर्म नै सर्वश्रेष्ठ धर्म हो ।

त्यहि भएर म त सत्य र प्रैक्टिकल कुरा कै समर्थनमा अडिग रहन्छु, तपाईलाई पनि रहन स्वागत गर्छु ।

यहि विषयमा हिजो जन्मत्सव र तीजको जमघटका दौरान, ठुलोमामा-माइजु, ठुलोममी, भाउजुहरु बिच छलफल चल्यो यहि ‘नछुनी’ बारे।

हामीले अहिलेको जमाना पनि आएर ‘छुई-छुई’ भनेर मान्ने होरु पहिले पहिले हजुरआमाको पालामा महिनावारी भएको बेला उचित व्यवस्थापन गर्न अहिले हामी सँग भएका जस्तो केहि सामग्री थिएन न जनचेतना नै थियो ।

धोतीको केहि भागले रजस्वलाको रगत थाम्ने अनि धारामा सोहि धोती धोएर पुनः प्रयोग गर्नुहुन्थ्यो रे हाम्रो हजुरआमाले पनि १ अहिले त धेरै सुधार भएको छ, विकट क्षेत्रमा सुधार हुने क्रममा छ, त्यहि पनि यो मान्ने ?

अनि ऋषिपञ्चमीको दिन महिनावारी भएको बेला हुन गएका छुवाई जसलाई पापको संज्ञा दिएको छ, त्यसको लागि माफी माग्ने ?’

के मानिरहेका छौं यो हामीले ?’ भनेर मैले भने पश्चात मेरो जेठी ठुलोममीले, “भगवान बाहेक अरु सबै थोक छुन पाइन्छ त अहिले ! मात्र पूजा कोठा र भगवानलाई चाहिँ आफ्नै मनको डरले गर्दा छुन नजाने हो नत्र कुनै पनि धार्मिक किताबमा नछुनु भनेर लेखेको त छैन !

मात्र मानिस हरुले के के आफुलाई पायक पर्ने गरी कुरा मोड्दै गएको त हो नि” भन्दा मैले थालेको मौन क्रान्तिमा उर्जा बढेर आयो ।

रुढिबाधि समाजमा हुर्केर पनि ठुलोममीले अहिले आएर यस्तो मज्जाको कुरा गर्नु मेरो लागि आश्चर्यजनक थियो ।

कमसेकम फोटा र मूर्तिका भगवानलाई पूज्ने बाहेक अरु ठोक गर्न सम्म अब ‘पाप’ नठान्ने पात्रहरु सामजमा बढ्दै छन् भन्ने कुराले मलाई धेरै खुसी बनायो ।

महिनावारी हुँदा भौतिक पूजा कोठा भित्र रहेका फोटा र मुर्तिलाई पूज्न प्रतिबन्ध भए पनि मन भित्र आसिन रहेका सीता-रामले सधैँ आफ्नो द्वार खुल्ला राखे ! राधा-कृष्णले पनि सधैँ स्वागत गरे ।

सरस्वती, लक्ष्मी, काली, भगवतीले मेरो पेटको, शरीरको दुखाई बुझेर सायद झन् बढि माया दिइराख्नु भयो ।

महिनावारी भएको बेला कुनै पनि भगवानले ‘मलाई नसम्झिनु पाप लाग्छ’ भनेनन् । भन्छन् सबै भन्दा ठुलो भगवान आफैं भित्र हुन्छन् , र विश्वास गर्नुस् यी भगवानले कहिल्यै पनि नसम्झ हामीलाई तिमि महिनावारिमा छौ भन्दैनन्, बरु अन्तर हृदय देखि आफ्नो नजिकको भगवानलाई पुकारनुस् तपाईलाई बरु साथ दिन्छन् ।

उता हजुरआमाले भने हाम्रो कुरा सुनिसके पछि, ‘त्यसो भए चल्दै आएको परम्परा नमान्ने’रु भन्दै अँध्यारो मुख बनाउनु भयो ! मैले आमाको घुंडामा हात राखि भनें, ‘होइन आमा ! परम्परा मान्ने हो तर वर्षौं देखि अन्धविश्वासमा चलिआएको कुरालाई हामीले बुझेर पनि निरन्तरता दिए त हामी नै पापी हुन्छौं !

तपाईलाई आफ्नो मान्यता तोडी आउनै पर्छ भनेकी हैन र भन्दिन पनि ! तपाईले त ८० दशक सम्म यहि सिक्दै-बुझदै आउनु भयो तर अब हाम्रो र आउने पुस्तालाई यो ‘ महिनावारी बार्नैपर्छ भन्ने कर’ को अध्यायबाट मुक्त गराउन पर्छ ।

उसलाई बेसन्चो लागेको छ भने आराम गर्छिन नत्र आफ्नो नियमित काम गर्न मन छ भने त्यहि गर्छिन् । म त अरु सबै छोरी मान्छेलाई पनि यो सबै भन्छु र आफ्नो घरबाट मौन क्रान्ति सुरु गर्न अपिल गर्छु ।

रञ्जुु दर्शनाको ब्लगबाट

11624 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv