निर्मला हत्याकाण्ड र नेपाल प्रहरीको विशिष्टता माथि प्रश्न ?

बुधबार, माघ २३, २०७५

loading...

- पदम राज भट्ट



- पदम राज भट्ट

विगत ६ महिना देखी कञ्चनपुरकी निर्मला पन्त वलात्कार पछिकाे हत्याकाण्डकाे कारण गृहमन्त्रालय र प्रहरी प्रशासन आलोचनाको केन्द्रमा छ । उनिहरुले आफु मातहतको सम्पुर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरेर पनि सत्य तथ्य बाहिर ल्याउन सफल भएका छैनन् ।

गृहले प्रहरी प्रधान कार्यालयको सिफारीसमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख र सम्बन्धित वडा ईन्चार्जलाई बर्खास्त गरिसकेको छ । उक्त हत्याकाण्ड सरकार र प्रहरी प्रशासनको क्षमता माथी चुनौति प्रश्न चिन्ह खडा गर्न बाध्य भएकाे छ ।

गत श्रावण ११ गते भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामको उखुबारीमा निर्मलाको शव भेटिएको थियो । सोहि विषयलाई लिएर अपराधी  पत्ता लगाउन माग गर्दै स्थानियहरुले आन्दोलन गरेका थिए । आन्दोलनले हिस्रंक रुप लियो । प्रहरीको गोली लागी उल्टाखामकै १४ वर्षीय बालक सनि खुनाको मृत्यु भयाे भने आधा दर्जन भन्दा बढी घाईते भए। घटना पश्चात आजसम्म  निर्मला हत्याकाण्ड आम जनमानसकाे मानसपटलमा रहँदै आएकाे छ ।

कक्षा ९ मा अध्ययनरत  निर्मला पन्तकाे आर्थिक अवस्था अत्यन्त  कमजोर  रहेकाे थियाे । प्रचार प्रसारमा आए अनुसार उनको पढाई औषत नै रहेकाे बुझिन्छ । फलस्वरुप उनी कसै सँग गृहकार्य गर्न जान पर्ने आवश्यकता पनि देखिन्न् । तर उनिमाथि तिन प्रकारका अपराध भएका छन् । पहिले उनलाई अपहरण वा नियन्त्रणमा लिइएको देखिन्छ भने दोस्राेमा उनलाई वलात्कार गरिएको  छ ।  अपराधीले  आफ्नो अपराध लुकाउन वालिकाको हत्या गरेको घटनाले पुष्टि गर्दछ ।  घटना परिस्थितिजन्य हो वा योजनावद्ध ,उनको हत्या किन भयो हत्या गर्ने तरिका के थियो ? घर देखी १ डेढ किमीको दुरीमा उनिमाथी किन धावा बोल्यो ? भन्ने कुरा प्रहरी सुचना प्रणालीमा रहने कुरा भएता पनि अनुसन्धानका आधारहरु पहिले घटना स्थलकाे  सुचना ,घटनास्थलबाट लिइने मुचुल्का, सबुद संकलन र पोष्ट मार्टम जस्ता कार्यमा गम्भीरता नदेखाएकै कारण पिडीत पक्ष र स्थानियहरुले गम्भीर आरोप र आक्षेप लगाउने ठाउँ पायो ।

प्रहरी प्रशासन र अनुसन्धान विवादमा तानिए पछि गृह र प्रहरी प्रशासनबाट विभिन्न टोलि खटाईए । प्रहरी माथी लागेका आक्षेप मेटाउन प्रहरी महानिरीक्षक स्वयम् घटना स्थल र पिडीत समक्ष पुगे ।  निर्मला हत्याकाण्ड कञ्चनपुर अपराधको जालो एक अंग हो । विगत काल देखी नै फस्टाएको अपराधी गतिविधि तोड्न एक दक्ष योग्य ईमान्दार प्रहरी प्रशासनको खाँचो छ । अनुसन्धामा ह्रास आएको प्रहरी बिशिष्टता र कमजोर बनाईएको संगठन सरकारको आपत्कालिन औजार तथा सुरक्षाको ग्यारेन्टीको आधार हुन सक्दैन् ।प्रहरी संगठन मजबुत बनाउनु पर्ने देखिन्छ । अपराध र अपराधी सबैका साझा दुश्मन हुन्। सुदुरपश्चिमकी छोरी निर्मलाका हत्यारा पत्ता लगाउन सबैका साझा दायित्व हो । सरकारले २ जना प्रहरी अधिकृतलाई बर्खास्त गरेर घटनालाई मत्थर पार्न खोजिएको त होईन ? भन्ने स्थानियकाे  आशंका छ ।

प्रहरीको अपराधी सम्म पुग्ने नेटवर्कले त्यसलाइ चिर्न नसकी केन्द्रीय अनुसन्धान टोलि समेत अनुसन्धानको वातावरणबाट बंचित भई विवादमा तानिएका हुन् । सामाजिक संजाल नाफा नोक्सानमा हेर्ने दलहरु त्यसमा मिसिन पुगेका हुन् । सरकारले पनि यसलाई पनि यसलाई प्रतिष्ठाको बिषय ठानेको छ । जघन्य अपराधमा हत्या गरिएकी निर्मलाका सम्बन्धमा दुबै पक्षबाट मिडिया वार चलेको छ । सुदुपश्चिम धेरै समस्याले न्याय नपाएको क्षेत्र हो । सामाजिक बेथिति र महिला हिंसा अरुक्षेत्र भन्दा बढी छ ।

यद्यपी राष्टकै शान्ति सुरक्षाको नेतृत्वको पंचायत काल देखि यस क्षेत्रका मानिस नपुगेका पनि होईन । तर पनि स्वः क्षेत्रको अभाव , अन्याय ,शोषण तस्करी शान्ति सुरक्षा चुस्त दुरुस्त र पारदर्शी बनाउने काम कहिल्यै भएन । प्रशासन संयन्त्र कर्मचारीहरुलाई यातना दण्ड पाएको मानसिकतामा पठाईयो या त योवनाबद्ध रुपमा कानुन विपरीत गर्नेहरुबाट फाईदा उठाईयो । त्यसैले लापरवाही वा सरकारबाट न्यायमा उपेक्षित निर्मला हत्याकाण्ड पहिलो भने हाेईन् ।

पंचायत कालमा  धनगढी गेटा कत्था फेक्ट्रीबाट सुनको बिस्कुटमा कत्थाको लेप लगाई प्रशासन कै संरक्षणमा भारत तस्करी भएको त्यस क्षेत्रका वरिष्ठ पत्रकार पदम ठकुराठीले विमर्शमा छापे । त्यसको प्रतिफल २०४३ भाद्र २० गते उनलाई गोलि हानि अपाङ्ग बनाईयो । घटनाका अपराधीहरुको आर्थिक चलखेलमा ५१ सालमा फिर्ता लिएको उनको आरोप छ ।

प्रजातन्त्र आएपछि २०४८ सालमा डोटी पुन्ना गाउँकी भण्डारी थरकी महिला र उनको दुधे बालकको विभत्स हत्या भयो ।न्याय र अपराधी पत्ता लगाउन स्थानियले ३ महिना आन्दोलन गरे ।केन्द्रबाटै टोलि खटिए । केन्द्रमा नै प्रतिवेदन बुझाए पनि आज सम्म अपराधी पत्ता लागेको छैन ।  उनि न्यायबाट बन्चीत नै छन् । २०४८ साल अषाढमा कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथानलाई दिनदहाडै खालिस्तानि आतंकारीहरुले कब्जामा लिई २ जना निर्दोष नेपालीको हत्या गरे ।त्यो   हत्याको प्रशासनबाटै मुद्धा दर्ता गरिएन । घटना किन र कसरी घटेको हो त्यो रहस्यकै गर्भमा छ ।

२०६० साल मंसिर २० गते राति ३ बजे महेन्द्रनगरको दैजिमा मुक्त कमैयाको झोपडीमा हतियार सहितका व्यक्तिहरुले ४ जना महिलामाथि बलात्कारको प्रयास गरे । मुक्तकमैया समाजका अध्यक्ष जोगाराम चौधरी पिडीत महिला लिएर प्रशासन पुगे । सुनुवाई नभएपछि पत्रकार सम्मेलन गरे । राष्ट्रीय र स्थानिय पत्रिका मा छापियो तर उनले निवेदन गरेको मुद्धा दर्ता भएन । राजनैतिक दल बौद्धिक जगत , र गैरसरकारी संस्थाहरु मौन बसे ।

२०६८ सालमा सामुहिक बलात्कारमा परेकी पुजा बोहराले आज सम्म न्याय पाएको छैन् । प्राथमिकतामा पर्ने त्यो मुद्धा सर्वाेच्चमा थन्कीएको छ । ४ बर्ष अघि कञ्चनपुरबाट धनगढी लादै गरेको नबिल बैंकको ३ करोड बाटामै लुटियो । त्यही बर्ष धनगढी को तारानगरमा एक युवकको हत्या भयो । केन्द्रबाट टोलि आउछन् तर स्थानिय क्षेत्रिय प्रहरी नेतृत्वले चासो देखाउँछन् सफलता पाउदैनन् ।

२०७३ फागुन ३ गते कञ्चनपुरको पुर्नवासमा भारतीय सुरक्षाकर्मीको गोलिबाट स्थानिय गोविन्द गौतमको मृत्यु भयो । जनप्रतिनिधि र दलका नेताहरु गोहिका आँशु पोख्न घटना स्थल पुगे । त्यसपछि सरकारले सिमा निर्धारण दिर्घकालिन सामाधान को उपाय खोजेन ।  विशुद्ध जघन्य रुपमा मारिएकी निर्मला पन्त र प्रहरीको गोलीबाट मारिएका सनी खुनालाई सरकारले राष्ट्रिय झण्डा ओढाई १० लाख दिएर राजनीतिमा नाफा नोक्सानको व्यापार गरेको छ ।
सरकार ले अनुसन्धानमा १२ बर्ष लाग्ने भन्दै पिडितलाई पिडा बोध गराइरहेकाे  छ ।

प्रतिपक्ष र जनप्रतिनिधिहरुले यसलाई आफ्नो मुख्य एजेण्डा नै बनाएका छन् । अपराध मजबुत ढङगबाट गर्दा पनि छुट पाईरह्यो । जहाँ अपराध छुट त्यहाँ प्रशासन छायामा पर्छ र जनप्रतिनिधिको हात बाट राजनिति जान्छ ।

निर्मला हत्याकाण्ड कञ्चनपुर अपराधको जालो एक अंग हो । विगत काल देखी नै फस्टाएको अपराधि गतिविधि तोड्न एक दक्ष योग्य ईमान्दार प्रहरी प्रशासनको खाँचो छ । ह्रास आएको प्रहरी बिशिष्टता र कमजोर बनाईएको संगठन सरकारको आपत्कालिन औजार तथा सुरक्षाको ग्यारेन्टीको आधार हुन सक्दैन् । प्रहरी संगठन मजबुत बनाउनु पर्ने देखिन्छ । अपराध र अपराधी सबैका साझा दुश्मन हो । सुदुरपश्चिमकी छोरी निर्मलाका हत्यारा पत्ता लगाउन सबैकाे साझा दायित्व हो । सरकार ले २ जना प्रहरी अधिकृतलाई बर्खास्त गरेर घटनालाई मत्थर पार्न खोजिएको त होईन ? भन्ने  आशंका देखिन्छ ।

275 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank