मैले दासत्व स्वीकार गरिनँ

सोमवार, जेष्ठ ७, २०७५

loading...


तत्कालीन नेकपा एमालेले केन्द्रीय कमिटीका सदस्यहरूको नाम वाहिर ल्याएको देखियो । सवै सदस्यहरूलाई वधाई छ ।
मनोनीत गर्नुभन्दा पहिला मापदण्ड बाहिर आएको थियो । अघिल्लो महाधिवेशनमा पराजितहरू, पूर्व केन्दीय सदस्यहरू, जनसंगठनको नेतृत्व गर्नेहरू अनि योग्य र कार्य कुशलता भएकाहरूलाई मनोनीत गर्ने । तर मनोनीतहरूको लिष्ट हेर्दा मापदण्ड हराएको वेलामा मनोनयन परे जस्तो लाग्यो ।

मनोनयनले इतिहास त विर्षेकै छ, कार्यकुशलता, सकृयता कता हो कता, वर्षौ वर्ष देखि पार्टी कामबाट हराएका कमरेडहरूले समेत नेताहरूको मन जित्न सफल हुनु भएको छ । मन जित्न सफल हुनेहरूलाई पनि बधाई ।

म स्वयम गत महाधिवेशनमा मात्र दुई मतले पराजित भएको हुँ । आठ वर्षदेखि नेपाल खेलकुद महासंघको अध्यक्ष भएर काम चलाइरहेको छु । पूर्व के सदस्य र ४४ वर्षमै एमालेको सल्लाहकार भएको व्यक्ति हुँ । तर म केन्द्रीय कमिटीमा अटाऊन सकिनँ । कारण के हो मैले थापा पाउन सकिनँ । कसलाई सोध्ने हो ? त्यो पनि थाहा छैन् ।

भनिन्छ कम्युनिस्ट पार्टीमा न्याय हुन्छ, समानता हुन्छ, तर खोई समानता । आफ्नालाई काखा, अरूलाई पाखा ओहो समानताको नमूना !
कसैलाई ऊपरी माथी थुप्री, कसैलाई ठण्डाराम, सामाजिक न्यायले समेत आरक्षण एक पटक भन्छ तर यहाँ लगातार तिन पटकसम्म दान गरेको देखियो । टिकट, सभा, अनि पार्टी पनि ।

म पैतीस सालको पार्टी सदस्य हुँ । १६ वर्ष जेल परेँ । २० वर्षमा निजगढको जनपक्षीय प्रधानपञ्च भए । पैतिस सालमा पार्टी सदस्य भएदेखि आजसम्म लगातार पार्टी काममा छु । कतै आराम गरेको छैन । अहिले त्यसैको फल मिलेको पो हो कि । टिकटमा २ छेत्रबाट नाम आयो, टिकट चट भो । राष्ट्रिय सभामा नाम आयो, त्यो पनि चट भयो । त्यसले मलाई कुनै चिन्ता थिएन तर अहिले पार्टी कामको अवसर पनि चट भो । यो जादु कस कस्मा चल्यो ? थाहा छैन । म माथि भने भव्यसँग चलाइयो ।

मैले पार्टी चिने पार्टी बुझे, म कसैको दास हुन सकिनँ । मैले कुनै मालिक रिझाऊन पनि सकिन । मैले मनोनयनको लागि घर–दैलो गरिनँ, ढोका–ढोका चहार्नु पनि उचित ठानिनँ । कम्युनिस्ट पार्टीमा त्यसो गर्ने काम मार्क्सवादमा कतै पढिनँ । न कसैले मलाई सिकायो । नजानेको कुरा म कसरी गर्न सक्थे र ?

आज मलाई पिडावोध भइरहेको छ । मैले राजनीतिक सिकाएका मात्र होईन मलाई नेपाल खेलकुद महासंघमा राखी दिनु पर्यो भन्न आऊने कमरेडहरू समेत केन्द्रीय कमिटीमा देखिरहेको छु । त्यसमा मलाई कुनै ईर्ष्या होईन तर पार्टीको जिम्मेवारी हिनताले मलाई भने सन्यासी वनाऊने खतरा आएको छ । यस्तोमा मैले के गर्न सकुला । मेरो मार्क्सवादले सिकाएको स्वाभिमानले के भन्ला ? यसको जवाफ कस्ले देला ?

हुनत मनको वह कसैलाई न कह भन्छ तर राजनीतिमा त्यस्तो हुन्न । यस्तो खालको पीडा अरूलाई पनि परेको होला । यसो शेयर गरेर सन्तोष गर्न पाए पनि मन हलुङगो हुने थियो ।

यसरी पार्टीबाटै पार्टीका ईमान्दार कार्यकर्तालाई पीडा दिने तथा धर्मसंकटमा पार्ने काम किन हुन्छ ? दुनियालाई पीडाबाट मुक्त गर्न अग्रसर पार्टीका नेताहरूबाटै हामी जस्ता कार्यकर्ता पीडित हुनुपर्दा कसरी म्यानेज गर्न सकिएला ।

मन र मस्तिष्कमा एक किसिमको विद्रोह पलाएको छ । आवश्यक सुझावको अपेक्षा राखेको छु ।

649 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank