मन्त्रिहरुको सम्पति विवरणले उब्जिएका गम्भीर प्रश्नहरु

बिहिबार, मंसिर ३०, २०७३

loading...


संबिधान संसोधनको सकस रहेको बेला मन्त्रीपद मा सपथ ग्रहण गरेको साठी दिन भित्र मन्त्रि हरुले सम्पति सार्वजनिक गर्नु पर्ने नियम लाई अटेर गरेका  मन्त्रिहरुले बल्ल आफ्नो सम्पति सार्वजनिक गरेका छन  । जे होस् ढिलो भए पनि सम्पति सार्वजनिक गरेको मा साधुवाद तर मन्त्रि हरु द्वारा सार्वजनिक गरिएको सम्पति ले नेपालका  नेता हरु वास्तविक चरित्र र  पोल खोलिदिएको छ ।

मन्त्रिहरु द्वारा सार्वजनिक गरिएको सम्पति विवरण ले कुन मन्त्रि ब्यापारी कुन मन्त्रि झुटो कुन मन्त्रि साँचो हुन् ?  कुन भ्रस्टाचारी हुन भन्ने  त्यो चरित्र उजागर गरेको छ । नेपाल को अवस्था किन दिन हिन अवस्था मा पुगेको हो मन्त्रीहरु द्वारा सार्वजनिक गरिएको सम्पति विवरण ले छर्लंग हुन्छ  । नेपाली जनताले राष्ट्र हाँक्न पठाएकाहरु  झुटो, राजनीति लाई व्यापार सम्झने , जनताको अमुल्य मत को अनादर गर्ने प्रवृति का भए भने राष्ट्र द्रुत विकाश को गति मा कसरि हिड्न सक्छ ? सम्पति विवरण अनुसार  केहि मन्त्रिहरु को सम्पति विवरण मा सत्यता देखिन्छ भने केहि मन्त्रि हरु को सम्पति विवरण  सन्देहास्पद र विवादस्पद देखिन्छ ।

झुटो मन्त्रि ?
नेपालको दुर्भाग्य नै भन्नु पर्छ माओवादीका हेविवेट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल पेश गरिएको सम्पति विवरणमा  पत्नी सीता दाहालको नाममा चितवन भरतपुरमा  एक कट्ठा जग्गा  र सुन तिन तोला र   उपप्रधानमन्त्री तथा अर्थमन्त्रि कृष्ण बाहादुर महरा को रोल्पा लिवांग  मा नेपाली शैली को दुइ तले घर । एक  तले गोठ , आठ रोपनी सुक्खा पाखो जग्गा, नगद अस्सी हजार गरगहना बाहे क  केहि न भएको भनि सार्वजनिक गरेको सम्पति विवरण झुट को पोको बाहेक केहि होइन भन्दा अन्यथा हुनेछैन र थिचिएका पिल्सिएका उत्पीडित जनताको  मुक्तिदाता हुन् भनि डंका पिट्ने माओवादी पार्टी का हेविवेट नेता द्वयले झुटको बलमा दस वर्षे  जनयुद्ध गरेका रहेछन ,सोझा सरल जनता लाइ कसरि  उल्लु बनाएका रहेछन सार्वजनिक गरिएको झुटो सम्पति विवरण ले स्पस्ट हुन्छ ।

सत्य  विवरण पेश गर्ने मन्त्रि ?
सार्वजनिक गरिएको  सम्पति विवरण तथा आचरण अनुशार उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर, प्रथम पटक मा नै वन मन्त्रि पड्काउन सफल शंकर भण्डारी,श्रम मन्त्रि सूर्यमान गुरुङ, कृषी विकाश मन्त्रि गौरीशंकर चौधरी, खेलकुदमन्त्री दलजित श्रीपाली, शिक्षामन्त्रि धनीराम पौडेल, वातावरण जयदेव जोशी, कानुनमन्त्री अजययशंकर नायक, गरिबी निवारण मन्त्रि हृदयराम थानी लगाएत   प्रथम पटक राज्यमन्त्री पद प्राप्त गर्न सफल भएका मन्त्रि हरु श्री प्रशाद जगेबु,सत्यनारायण भगत राधिका तामांग ,धनमाया बिक खनाल  द्वारा पेश गरिएको सम्पति विवरण मा केहि हद सम्म  सत्यता झल्किन्छ  ?

ब्यापारी मन्त्रि ?
भूमिसुधार मन्त्रि विक्रम पाण्डे को पृष्ठभूमि नै ब्यापार भएको हुनाले अकुत सम्पति को विवरण पेश गरिएको छ तर  मन्त्रि विक्रम पाण्डे को अकुत सम्पति विवरण अनुशार राज्य लाई सम्पति  कर बुझाएका छन् कि छैनन् त्यो मुख्य कुरो हो ?
 
हुनेखाने मन्त्रि ?
हुनेखाने मन्त्रि को श्रेणी मा आर्थिक सबल  परिवारिक पृष्ठभूमि भएका मन्त्रि हरु मा विमलेन्द्र निधि, रमेश लेखक, बालकृष्ण खाँड, नविन्द्र राज  जोशी, दिपक गिरि, केशवकुमार बुढाथोकी रोमी गौचन थकाली ,सितादेवी यादव ,गगन थापा देखिएका छन् ्र

राजनैतिक ब्यापारी  मन्त्रि ?
सहरी विकाश मन्त्रि  अर्जुन नरसिं केसी ,परराष्ट्रमन्त्री रामशरण महत , आपूर्ति मन्त्रि दीपक बोहरा, पर्यटन मन्त्रि  जीवन बाहादुर शाही द्वारा पेश गरिएको सम्पति विवरण मा अकुत सम्पति देखिन्छ यसले पनि नेपाल मा निष्ठा को राजनीति भन्दा पनि अर्थ संकलन गर्ने सहि ब्यापार बनेको छ राजनीति र नेता हरु ले जुन सुकै तरिका ले जोडेको अवैध सम्पति मा न कसैले औला उठाउन सक्छन यदि उठाए हाले भने पनि राजनतिक ब्यापारी हरु  त्यस्ता निकायका प्रमुख सदा को लागि पंगु र निरिह बनाउने क्षमता  राख्दछन भन्ने  अनेकौ उदाहरण  छन । नुवाकोट जिल्लाका अर्जुननरसिं केसी र डाक्टर प्रकाशशरण महत को विगत को पारिवारिक पृष्ठभूमि र आर्थिक हैशियत सामान्य किसान परिवार नै हो र अर्जुननर्सिग केसी नुवाकोट को दुर्गम गाउँ राउत बेसीका  बासिन्दा हुन ।

काठमान्डौ  मा उच्च शिक्षा अध्ययन पश्चात सरस्वती क्याम्पस मा करार मा पढाउने बाहेक उनले न त् कुनै जागिर न त् बन्द ब्यापार गरेका छन ।  केसी निरन्तर राजनीति मा सफल भएका  नेता हुन् र पंचायतकालमा केसी नुवाकोट जिल्ला सभापति, स्वास्थ्य  राज्यमन्त्री, लोकतन्त्र पश्चात पनि बिभिन्न मन्त्रि पद प्राप्त गर्ने भाग्यमानी हुन ।  अर्जुन नरसिंग केसीले आफ्नो बालबच्चा हरु लाई काठमाडौँ राम्रो स्कूल कलेज गराउनु को साथै उच्च शिक्षा गराएर पनि  यत्रो बिघ्न  अकुत सम्पति  विवरण ले राजनीति व्यापार कति सम्म लाभदायक हुदो रहेछ त्यसको पुस्टि हुन । अकुत सम्पतिजोडेको अभियोग मा  केसीमाथि अखित्यार ले कारवाही प्रारम्भ  गरेको थियो तर उनको शक्ति र पहुच  को अगाडी घुडा टेक्दै अख्तियार ले उनको मिसिल तामेल मा राख्न बाध्य भयो ।

सामान्य आर्थिक अवस्था भएका परराष्ट्रमन्त्री  प्रकाश शरण महत र रामशरण महत काठमाण्डौ  चोभार स्थित आफ्नो फुफुको घरमा बसेर अध्ययन  गरेका हुन । प्रकाशशरण महत ले  भारतीय सरकार को छात्रवृत्ति मा उच्च शिक्षा एवं डाक्टर को उपाधि प्राप्त गरेका हुन ।  विगत को सरकार मा उर्जा मन्त्री समेत भै सकेका प्रकाशशरण महत को सम्पति विवरण मा देखिएको अकुत सम्पति को श्रोत के हो त् रु पंचायत काल देखि वर्तमान  मा समेत पटक पटक मन्त्रि पद प्राप्त गर्ने भाग्यमानी हुन् दिपक बोहरा  राजनीति बाहेक कुनै व्यापार  न भएको  बोहरा को सार्वजनिक गिएको सम्पति वैधानिक कि अवैधानिक नेपाल को राजस्व बिभाग को ध्यानाकर्षण हुने कि न हुने त्यो हेर्न बाकी छ । सुदुर पश्चिम का पर्यटन मन्त्रि जीवन बहादुर शाही को सम्पति विवरणले पनि अचम्भित बनाएको छ  ।

राष्ट्रियता माथि प्रश्न उत्पन्न गर्ने मन्त्रि स् प्रचण्ड मन्त्रीमंडल का प्रवक्ता संचारमन्त्री सुरेन्द्र कार्कीको सम्पति विवरणमा अकुत सम्पति न देखिएता पनि दार्जिलिंग र सिक्किम मा घर उल्लेख भएको ले सुरेन्द्र कार्की भारत को नागरिक कि  नेपाल भन्ने गम्भीर प्रश्न उठेको छ रु विवादित  नागरिकता भएका संचारमन्त्री  सुरेन्द्र कार्की लाई सरकार को प्रवक्ता जस्तो पद बाट खारेज गर्दै नागरिकता को विषय मा तत्काल छानबिन अत्यन्त जरुरि छ र राष्ट्रियता को सम्बन्ध मा गम्भीर बहस चली रहेको बेला संचारमन्त्री सुरेन्द्र कार्कीको विवादित  नागरिकता जस्तो संवेदनशील मुद्दा मा सरकार को ध्यानकर्षण हुने कि न हुने ?

नेता हरु को सम्पति विरवरण ले जनता द्वारा विश्वाश गरिएका नेता हरु को चरित्र उजागर भएको  छ र जनता ले माया गरेर विश्वाश का साथ आफ्नो अमुल्य मत दिएर  राष्ट्र हाक्न पठाएका नेता हरु जनता को कसौटी मा कति खरो उत्रेका रहेछन छरपस्ट भएको छ ्र नेपाली जनताले जब सम्म राष्ट्र भक्त नेता लाई मत दिएर अगाडी बढाउदैनन र छ्द्म्वेशी अनुहार भएका नेता हरु को चंगुल मा फसी रहन्छन तब सम्म न त् राष्ट्र ले विकाश पाउछ न त जनता ले चैन को सांस फेर्न पाउछन

840 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv