राष्ट्रपतिका लागि किन्ने भनिएको गाडि बारे ५ प्रश्न

सोमवार, असार २६, २०७४

loading...


राष्ट्रपतिलाई महंगो गाडि किनेको बिषयमा राष्ट्रपतिको कार्यालय वा त्यसको व्यवस्थापन गर्ने गृह मन्त्रालयबाट स्पष्टीकरण आउला । त्यसपछि धेरै कुरा जान्न पाईएला । हुन त यो दुष्प्रचार गृहमन्त्रालय स्रोतबाटै फैलाईएको पनि हुन सक्छ । त्यो कुरा पछि आफै खुल्दै जाला । तर ति कुरा सार्बजनिक हुनु भन्दा सामाजिक सञ्जालमा देखिएको यस प्रसंगमा केही कुरा लेख्न मनलाग्यो ।

१. दुई करोड चिम विधि पुर्बक किन्दा छ महिना भन्दा बढि समय लाग्छ भन्नेहरु अब प्रकृया पुरा गरेर १६ करोडका गाडी किन्दा बर्तमान राष्टरपतिलेनै चढ्न पाउने कुरा कसरी देख्छन् ? किनकी माघ सात गते सम्ममा प्रतिनिधि सभाको निर्बाचन गरि सक्नु पर्ने संम्बैधानिक सिमा छ । नयाँ संसद बने पछि स्वत नयाँ राष्ट्रपति चयन हुन्छन् । विद्या भण्डारीनै रहन्छिन । उनैका लागि किन्न लागिएको भन्ने के छ ?

२.कतिपयले विद्या भण्डारीलाई के को सुरक्षा जोखिम छ र महंगो गाडी किन्नु पर्यो भने भनि लेखेको पाईयो । तर ति धुन्धुकारीहरुले आफ्ना नेताले किन एक सय पचास जना सुरक्षकर्मीको घेरा लगाएर बाहिर निस्कन्छन भनेर कहिले पनि किन सोच्दैनन ? दशक अघि मन्त्रि भएकाले पनि सुरक्षा, गाडी, पेट्रोल लिई रहेको कुरा किन बिर्सन्छन् ?

३. पुर्ब प्रधानमन्त्री बाबुराम भटटराईले स्वदेशी उत्पादनलाई जोड दिनका लागि सिम्बोलिक रुपमा हुलासको गाडी चढ्दा नाटक भन्नेहरुलेनै फेरी किन फेसबुकमा अहिले उल्टो अर्ति दिई रहेका छन् ?

४.हाँसो उठ्दो कुरा त के भने बिना कारण राज्यको अर्बौका सम्पत्ती ध्वस्त पारेकाहरुलेनै त्यो १६ करोड भुकम्प पिडितलाई बाँढेको भए हुने भनेर लेखि रहेका छन् । शिबिरमा राखिएका त्यतिबेलाका लडाकुका लागि बिनियोजित रकम खानेहरुको जय जय कार गर्नेहरुलेनै राष्ट्पति कार्यालयले गाडी किन्न लागेको समाचारका बिषयमा टिप्पणी गरि रहेका छन् ।

५.बेला बेला पुराना राजाले चढेका महंगा गाडी प्रयोग विहिन बनेको समाचार आउछ । कहिले कतार सरकारले दिएको गाडी प्रयोग विहिन भनेर आउछ । कहिले निर्बाचन आयोजका पदाधिकारीले महंगा नयाँ गाडी किन्न थाले कहिले राष्ट्रपतिका लागि महांगो गाडी किन्न लागियो भनेर समाचार आउछ । सरकारमा मान्छे छन की कान कुहेका कुकुर छन् ?
मोहन बस्यालको फेसवुक वालबाट

2402 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv