घोषाणपत्रमा उल्लेखित प्रतिवद्धता समयसिमाभित्र पुरा नभए पार्टीले सन्यासी हुनुपर्ने बुँदा समेटियोस्

सपना देखाउने घोषणापत्र लक्षित कुरा

बुधबार, कार्तिक २२, २०७४

loading...

- प्रताप ओली



- प्रताप ओली

कति छिटो भुल्छौँ  है हामीहरु !

कति संवेदनहीन भैसकेका छौं है हामीहरु ?
लुटिएको भुल्यौँ !
कुटिएको भुल्यौँ !
चन्दा र अपहरणले सताइएको भुल्यौँ !
कथित जनयुद्धमा हात खुट्टा मात्र होइन
कयौँ का टाउका कटाइएको भुल्यौँ !
निर्दोसहरुलाई अपाङ्ग हुनेगरी ठटाइएको भुल्यौँ !
बम गोला पड्काइएको भुल्यौँ !
कयौँ निर्दोसका घाँटी सड्काइएको भुल्यौँ !
पत्रकारलाई जिउँदै खाडलमा हालेको भुल्यौं !
आतंकका मतियारहरुलाई बर्सौँ पालेको भुल्यौं !
५० बर्ष पछाडि फर्किने गरी
सुन्दर शान्त नेपाल गालेको भुल्यौं !
आफन्त लाई घाँटी रेटेर
पाखो बारीमुनी फालेको भुल्यौं !
सेना प्रहरी सब घेरा हालेको भुल्यौं !
बलीको बोको ढाले जस्तै
आफ्नै दाई भाई ढालेको भुल्यौं !
कति छिटो भुल्छौँ है हामी हरु !
अहिले तिनै तिनैहरु को गुण गान गाउँदैछौँ !
तिनैका दैला दैला धाउँदैछौं !
तिनैलाई जिताउंदै छौँ !
थाहा छैन जिताउंदै छौँ वा देश र आफैलाई झन बिताउँदै छौँ !!!
यसो ति दिन सम्झ त सम्झना आउँछ भने
जिउँदै मरेको तिम्रो मनले यदि थाहा पाउँछ भने !
पढाउंदै गरेको गुरुलाई कक्षा कोठाबाट थुतेर
दुई हात पछाडि रुखमा बाँधेर गोली हान्दा
ति गुरुको प्राण कसरी गयो होला ??
डेकेन्द्र थापाहरुको मरण कस्तो भयो होला ??
उनीहरु र उनीहरु जस्तै मारिनेहरु
अपहरण र बेपत्ता पारिनेहरु
तिम्रा आफन्त भएको भए
तिम्रा दाई भाई भएको भए
तिम्रा दिदी बहिनी कोही परेको भए
छोरा छोरी परेको भए
बल्ल चाल पाउँथ्यौ होला !
अझ तिमी मानबाधिकारका कुरा गर्छौ साथी !
छि: छि: छि: तिम्रो मानवाधिकार, तिम्रो अन्धो राष्ट्रबाद !!!
हुन त आफ्नै घरमा लाश परे मात्र थाहा पाउने
बानी परेर होला !
तर ख्याल गर महाशयहरु
तिमी पनि मारिन सक्छौ
त्यो बेला को रोला ??
को बाँकी होला ??
नाकाबन्दी गरेर नेपालीको गास लुट्ने भारतसँग
तालिम लिएर, हतियार लिएर, बल लिएर
देशमा आतंकको खेती गर्ने उनीहरु !
१२ बुँदे देखी हर कुरामा गुलामी गर्ने उनीहरु !
आज प्रखर राष्ट्रबादी बनेको देख्दा दंग हामीहरु !
यती हुँदा होस् नआउने हामीहरु !
हामीले दुस्ख नपाए कसले दुस्ख पाउँछ ??
हामी नरोए को रुन्छ ??
त्यसैले अझै दु:ख पाउनु पर्छ हामीले
नाकाबन्दी अझै भोग्नुपर्छ हामीले !

हो ! एक युवा सच्चा देशभक्त यसरी नै तुच्छ राजनितिबाट विचलित छ,रामप्रसाद खनाल । नेपाली जनता हदैसम्म सोझा भएर नै नेपाली राजनितिले यस्तो गन्हाउने खेल खेलेको हुनपर्छ । तर धेरै सोझा पनि छैनन् नेपाली अब त समय आउँछ ,अब त संविधान आउँछ ,अब त हामी गरिब उन्मुक्ति पाउँछौं भनेर नै गरिब जनता नेताको चिप्ला भाषणमा पर्खिएका मात्रै हुन् । के शक्तिशाली भन्दैमा लंकामा रावणकै राज्य टिकेको थियो र ? पक्कै पनि जनताले चाहेको विपरित राज्य व्यवस्था कहिल्यै टिकेन । जनताले आफु अनुकुल जुनसुकै राज्य व्यवस्था परिवर्तन गर्न सक्छन् । गणतन्त्र स्थापनाकै निम्ति नेपाली जनताले प्रसव पिडा भोगेका छन् । जनयुद्घका समय १० हजार जनताले शहादत प्राप्त गरे,विभिन्न जनआन्दोलनमा झण्डै ४ दर्जन जनताले बलीदान दिए । सुरक्षाकर्मी,पत्रकार,महिला र जल्दाबल्दा युवाले शहिद हुनुपर्यो । भारतको सिमानाकमा ज्यादती सहनु पर्यो । आफ्नो आँगन पनि आफ्नो भन्न पाएनन्,देशका आधा भन्दा बढी युवाले बेरोजगारको नाम परदेशी भुमी शृङ्गार्नु पर्यो । गरिब जनता भोका नाङ्गा नै रहे ।

अहिले तानातान हानाहान र छेलाछेल गरी बल्ल देशमा संविधान कार्यान्वयनको मेसो देखिएको छ । सबै पिडा भुलेर जनताले पनि चुनावको बाटो पर्खिरहेका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावले नयाँ राज्य व्यवस्थाको संरचना देखाउनेछ । केन्दिय कामकार्वाही जनताको घर आँगनमा गर्न सकिनेछ । हर गाउँ टोलमा उज्यालो छाउनेछ । विकास निर्माणले गति लिनेछ । छुवाछुत,छाउपडी,दाईजो प्रथाले बिदा पाउँनेछन् । हर नेपालीले शिर जुकाउन पर्नेछैन भन्ने आशा जनताले जगाएका छन् । जनताले आफु ,आफ्नो ठाउँ योग्य उम्मेदवार छान्न एक घरायसी सल्लाह गर्दैछन् । पटक–पटक भोट दिएर फलानो नेताले हाम्रो गाउँ टोलका लागि के गर्यो भन्ने एक किसिमको विश्लेषण जनमनमा खेलीरहेको छ । सधैं जस्तै जनतालाई झुक्याउने चुनाव लक्षित घोषणा पत्र कुन दलले कार्यान्वयन गरेको छ छैन ,त्यो पनि जनतालाई राम्ररी थाहा छ । चाहे बामपन्थी गठबन्धनमा घोषणापत्रमा रेल होस्,चाहे लोकतान्त्रिक गठबन्धनमा घोषणापत्रमा ‘युवा उद्यम चुनौती कोष’ होस् । त्यो जनताका लागि तत्काल मन छुने विषय हुने छैन । जनतालाई बरु सुस्त होस् तर निरन्तर होस् हरेक कुरामा बिकास चाहिएको छ र त्यो बिकास ल्याउने कुसल नेतृत्व चाहिएको छ । बामपन्थीले पाँच वर्षमा रेल ल्याउँछु भन्दैमा रेल चढ्न जनता आँतुर छैनन बरु हाम्रै गाउँ टोलमा मोटर चल्ने रोड चाहिरहेका छन् । अध्याँरा गाउँ बेँसीमा उज्यालो खोजिरहेका छन् । खस्किदो शिक्षा प्रणालीमा गुणस्तरिय शिक्षा चाहिरहेका छन् । युवा वर्गले रोजगार खोजीरहेका छन् । जेष्ठ नागरिकले सम्मान र माया खोजिरहेका छन् । समाजले एक अर्कामा सद्भाव खोजिरहेको छ । लोकतान्त्रिक समाजवाद र आर्थिक विकास अव आम जनताको चाहना हो ।

चुनावी घोषणापत्रको कार्यान्वायन

जनताले प्रत्येक चुनावको समयमा राजनितिक दलले निकाल्ने घोषणापत्र पढेर र सुनेर मात्रै सपनामा आनन्द लिने गरेका छन् । यसअघि भएका चुनाव आज भन्दा कडा बुँदा पनि नबाहिरीएका होईनन् तर ति बुँदाको कार्यान्वयन हुनु त कहाँ थियो कहाँ ? बरु बुँदाको विश्वासिलो ओछ्यान बनाएर जनताकै अगाडी सबै राजनितिक दलले आलापालो निन्द्रा र ऐस आराम पुरा गरे । जनता मुकदर्शक बनाएर गाउँको गरिब जनताको प्रतिनिधिले सुखसयल गर्नु कति नाजायजपन होला ?

त्यसैले जनताले चुनाव लक्षित घोषणापत्रलाई अब आधार मानेर भोट हाल्न आउने छैनन् । जनताले त अब गम्भिर रुपमा सोचेर उम्मेदवार छनौट गरी आफ्नो मत खसाल्ने छन् ।

२०४८ साल यता पाँचबटा निर्वाचन सम्मप्न भएसकेका छन्। देशमा पाँचबटा निर्वाचन सम्पन्न भइसक्दा हरेक निर्वाचमा दलहरुले आफ्नो चुनावी घोषणापत्रमा पुरानै कुरा दोहाेराएका छन् । २०७४ को निर्वाचमा अाइसक्दा २०४८ मा दलहरुले गरेको प्रतिवद्धता पुरा गर्न सकेका छैनन यसपटको घोषणापत्रमा पनि तिनै पुरा चुनावी नारा समावेश गरेका छन् । जसले नेपालका राजनीतिक दल घोषणा पत्र कार्यान्वयको प्रतिवद्धता भन्दा पनि झुटको पुलिन्दा बनाउदै लगेको देखिन्छ ।

301 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv