प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा छिटफुट हिंसात्मक घटना किन ?

शनिबार, कार्तिक २५, २०७४

loading...

- सम्झना पौडेल



- सम्झना पौडेल

काठमाडौं । प्रदेश र प्रतिनिधि शभा निर्वाचनको व्यवस्थापकीय काममा राज्यका सबै निकाय जुटिरहेका छन् । स्थानीय तहको निर्वाचनबाट सुरु भएको चुनावी अभियान प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएर टुंग्गिदैछ । त्यसको लागि सुरक्षा र आवश्यक तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन १६ दिन मात्रै बाँकी छ । निर्वाचन नजिक आउँदै गर्दा दल र उम्मेदवारलाई निकै चटारो छ । निर्वाचन गराउने निकाय निर्वाचन आयोग र सुरक्षा दिने अंगहरु पनि उत्तिकै चलायमान भएका छन । यही बीचमा आज रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका माओबादी नेता जनार्दन शर्मा चढेको गाडिलाई लक्षित गरी बम हानियो । त्यसलाई नै आधार मानेर सुरक्षामा प्रश्न उठाईयो । त्यसको जवाफ दिंदै
चुनावका लागि राज्यका चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान निकाय सक्रिय छन् । ती निकायले जिल्लाहरुलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा रणनीति तयार गरेर लागु गरेको छ ।
निर्वाचनको समयमा सेना परिचालन गर्न नहुने आवाज पनि उठ्ने गरेको छ । तर मतदाताले बिनासंकोच, निडरताका साथ आफ्नो मत दिने वातावरणकै लागि जिम्मेवारी पूरा गर्ने सेनाको प्रतिवद्धता छ ।

निर्वाचनसंग जोडिएर सुरक्षा मात्रै नभएर आर्थिक पारदर्शिताको बिषय पनि आउँछन । दल र उम्मेदवारले चन्दा आतंक मच्चाउने गरेर भनेर निजी क्षेत्रले आलोचना पनि गरेका छन । नेपालमा निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको छ । त्यसको नियन्त्रणका लागि सरकारलाई चनाखो हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारलाई सचेत गराएको छ ।सरकार पनि निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता गरिरहेको छ । दल र उम्मेदवार सिद्धान्त र निष्ठामा इमान्दार रहने अनि मतदाता पनि डर र प्रलोभनमा नपर्ने हो भने मात्रै निर्वाचनको मर्म कायम रहनेछ ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv