जसले आफैलाई जलाएर अरुलाई प्रदीप्त गर्यो !

सोमवार, फाल्गुन २१, २०७४

loading...

- टंक कार्की



- टंक कार्की

फागुन २१ को संदर्भमा
मम बत्ति जसले आफैलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्यो !

उनीहरु ‘नेता’ बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो | उनीहरु त सामाजिक मिशनमा थिए | उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ | अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड बहुमत हिस्सा शक्तिको सोपानमा फगत करिया हुन अभिसप्त थियो – मुलुकको राजनीति, अर्थतन्त्र र संस्कृति सत्ताधारीको हित र मर्जी अनुसार चल्नु पर्थ्यो |

त्यसमा ‘म’ ‘मलाई’ मेरो गुट’ मेरो मान्छे’ थिएन | जे थियो ‘मिशनका हामी’ थियो र त्यो हामी हरेक ‘नेता’ ‘कार्यकर्ता’को स्वत्व र अस्मिताको रक्षा गर्थ्यो |

त्यसले यस प्रणालीलाई ‘अजेय’ किल्ला बनाउन राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई राजाको कमाण्डमा एकीकृत त गर्यो नै भिन्न राजनीतिलाई वर्जित गर्न ‘निर्दलीय पंचायती पंचायती व्यवस्था’ थोपरी दियो | त्यसो त यसको सुरुवात नै जन निर्वाचित सरकारलाई अपदस्त गरी सवका सवलाई खोर बाख्री खोर गर्दै र बालबाल बचेकाहरु ‘डाडो काट्न’ विवस पारेर सुरु गरिएको थियो | भित्र आफै कम्जोर थियो त्यो र ‘शीत युद्ध’का शक्ति संग चलखेल गर्दथ्यो |

उनीहरुले ठाने यसलाई नबदली सवल, समुन्नत र स्वतन्त्र राष्ट्र निर्माण गर्न सकिदैन | बदल्नु भनेको टालटुल गर्नु होइन | त्यसैले उनीहरुले क्रान्तिको शंखनाद गरे – त्यो पनि माथिबाट होइन तलैबाट हस्तक्षेप गरेर | त्यसको निम्ति ‘स्थानीय सत्ता’ कब्जा गर्ने रणनीति अख्तियार गरे, भूमिहीन गरिब किसानलाई भर गरे र स्थानीय ‘वर्ग शत्रु सफाया’को अभियान संचालन गरे | नक्सलबाडी आन्दोलनको ‘बसन्तको मेघ गर्जन’ र चिनियाँ ‘सांस्कृतिक क्रान्ति’का प्रभाव पनि थिए उनीहरुमा |

त्यसको ठीकै कोणबाट आलोचना पनि नभएको होइन | पछि गएर आन्दोलन भित्रैबाट सच्याइयो पनि | तथापि उनीहरुको निष्ठा र ईमानमा उनीहरुको राजनीति, सिद्धान्त र दर्शनमा विमति राख्नेहरुले पनि शंका गरेनन् बरु उल्टै उनीहरुको स्पिरिटको मुग्ध प्रशंसा गरे | उनीहरुले जे गरे सामुहिक र संस्थागत निर्णय लिएर गरे | सामाजिक मिशनले उनीहरुलाई यति निर्भिक र समर्पित बनायो कि उनीहरुलाई बन्दी बन्दा दिईएको पाशविक यातना त के कुरो गोलीका पर्रा छातीमा छुट्दा पनि उनीहरु क्रान्तिको रणघोष गर्न कत्ति हिचकिचाएनन् | उनीहरुले अख्तियार गरेको सामाजिक मुक्तिको तागत गद्दीमा होइन, सम्भ्रान्तहरु संगको हातेमालो या मुलाहिजाबाट होइन शोषण र उत्पीडनमा परेका निमुखा जनको घर दैलोमा, खेत खलियानमा र झुपडी बस्तीमा गएर जागृत, संगठित र आन्द्लोलित गर्नमा थियो |

उनीहरुमा जे थियो त्यसमा ‘म’ ‘मलाई’ मेरो गुट’ मेरो मान्छे’ थिएन | जे थियो ‘मिशनका हामी’ थियो र त्यो हामी हरेक ‘नेता’ ‘कार्यकर्ता’को स्वत्व र अस्मिताको रक्षा गर्थ्यो | न तलका कारिन्दा थिए न त माथिका बाबु साहेव | सरल थिए फारुतिनो थिए | उनीहरुको यो समर्पण र तरिका परिवर्तन र प्रगतिको मुखापेक्षी युवा तथा विद्यार्थीहरुको ठुलो प्रेरणा बन्यो | नेपाली राजनीतिमा उनीहरुले सुरु गरेको त्यस अभियानलाई ‘झापा विद्रोह’ भनेर चिनिन्छ |

आजकै दिन, २०२९ साल फाल्गुन २१ गते त्यस विद्रोहका अग्रणी नेता – नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी , कृष्ण कुइकेल र नारायण श्रेस्ठलाई झापाको सुखानीमा लागेर तत्कालिन राज्यले निर्ममतापूर्वक हत्या गर्यो | उनीहरुकै सहादतको बलमा नेकपा (एमाले) बन्यो | आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित छ | यसमा उनीहरुको योगदान अविस्मरणीय छ | उनीहरुको सपनाको सवल, समुन्नत र स्वतन्त्र राष्ट्र बनाउनको निम्ति आजको संघीय लोकतान्त्रिक गणतन्त्रले आधार दिएको छ | त्यसो त प्रणाली आफैमा पर्याप्त न हुने रहेछ | हाम्रो सामाजिक भागोलिक यथार्थमा प्रणालीसंग संगति राख्ने संरचनात्मक सुधारको अभिभारा हाम्रो काँधमा छ |

सामाजिक विभाजन र असन्तुलित विकासले हामीलाईलाई विकासर र समृद्धिमा यसरी लाग्न भनिरहेको छ ताकि त्यो ‘राजनीति, नोकरशाही तथा व्यवसायिक पुँजीको माखे साङ्ग्लो’बाट बाहोर निस्केर सिमान्त वर्गको पहुँचसम्म पुगोस | हामी अन्तर्राष्ट्रिय समुदाय बीच आफ्नै बुँतामा सिधा खडा हुन सकौं, सबैसंग मित्रता बनाई राखौं तर आफ्नो अस्मिता र स्वतन्त्रताको मुल्यमा होइन |

हाम्रा यी अभिष्टसंग मेल खाने नव जागरण हाम्रो सांस्कृतिक अभियान बनोस | त्यसको निम्ति गतिलाई तीव्र बनाउने हो भने उत्तिकै निष्ठा, ईमान र स्पिरिट चाहिन्छ नै | अझ, मिशन बिर्सेकाहरु र शहीदहरुले बनाएको गुढमा कोरल्लिएका ‘कोईली’बाट आन्दोलन र सामाजिक मिशनलाई जोगाउनु पनि उत्तिकै जरुरी छ | जसले आफ्नो जीवन आहुति गरे हामी बाँचेकाहरुले कम्तिमा पनि उनीहरुलाई सम्झेर आ-आफ़्नो ठाउँबाट सकेको योगदान गर्न सकौं ! हाम्रा जिम्मेवारी बाँकी छन् :

आरु ढकमक्क फुलेको बेला
एक दिन रानी चरी डाली डाली नाचेको बेला
तिमीले कर गर्यौ,”आज यतै बस न :
किनकी तिम्रो घोडा लखतरान भा’को छ |”
मैले भने, “म जानै पर्छ
किनकि मेरा रेशम किरा भोकै छन् |’
(चु ये, चीनकी छिन बंश(२६५-४२०)की कवियत्री |)

अमर शहीदहरु ! श्रद्धा सुमन ! लाख लाख वन्दना !!

425 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank