निर्मला हत्या प्रकरण: अधिकारकर्मी चन्द र पत्रकार विष्टको दोहोरी के हो ?

बुधबार, पुस ४, २०७५

loading...

- पदमराज भट्ट



- पदमराज भट्ट

कञ्चनपुर । गत साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी १३ बर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुर सहित देशभर आन्दोलन जारी छ। निर्मला हत्या प्रकरणमा सप्रमाण नष्ट गरेर दोषीलाई उम्काउन लागेको भन्दै प्रहरी प्रशासन र सरकार विरुद्ध महिला अधिकारकर्मीहरुको अगुवाईमा कञ्चनपुरबाट शुरु भएको आन्दोलन देशभर फैलिएको हो।

आन्दोलनका क्रममा कञ्चनपुरमा प्रहरीको गोली लागेर स्थानीय सन्नी खुनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते समेत भए। हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरिक्षक दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदिश भट्टलाई जागिरबाट हटाइसकेको छ भने धेरै प्रहरी अधिकारीहरुलाई निलम्बन गर्दै उनीहरुमाथि समेत अनुसन्धान जारी राखिएको छ

प्रहरीले पछिल्लो पटक निर्मलाको हत्या आरोपमा दुई जना युवालाई पक्राउ गरेको छ। निर्मला हत्या प्रकरणसँग जोडिएको एउटा विवाद पछिल्लो समय निकै चर्चामा आएको छ। त्यो हो  ।  पत्रकार राजेन्द्र विष्ट र आन्दोलनको अगुवाई गरिरहेकी अधिकारकर्मी शारदा चन्द बीचको दोहोरी।

पत्रकार विष्टले अधिकारकर्मी शारदा चन्दले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट लगायतका अधिकारकर्मीहरुलाई पठाएका म्यासेजहरु सामाजिक सञ्जाल फेसबुक मार्फत बाहिर ल्याएका छन्।

केही समय पहिले अधिकारकर्मी शारदा चन्दको भुमिका शंकास्पद देखिएको भन्दै फेसबुकमा लेखेका पत्रकार विष्टले सोमबार फेसबुक मार्फत शारदाले एसपी विष्ट र अधिकारकर्मीलाई पठाएको म्यासेज सार्वजनिक गरेपछि दुवैजना बीचको विवादले नयाँ माेड लिएकाे छ ।

आफ्नो बारेमा अपवाह फैलाएको भन्दै विज्ञप्ती जारी गरेरै माफी माग्न भनेकी अधिकारकर्मी चन्दले पत्रकार विष्ट विरुद्ध विद्युतीय कारोवार ऐन अन्तरगत मुद्दा दर्ता गरेकि  छिन्। विष्टले सार्वजनीक गरेका म्यासेज र कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको भनाईलाई आधार मान्ने हो भने अधिकारकर्मी शारदा चन्दले राजनीतिक दवावमा परेर आन्दोलनको नेतृत्व गरेको देखिन्छ।

किनकी पत्रकार विष्टले शुरुमा फेसबुकमा लेखेको स्टाटसको आशय चन्दले काँग्रेस नेता रमेश लेखकको निर्देशनमा आन्दोलन गर्नुपरेको देखिन्छ। काँग्रेस निकट मानिने अधिकारकर्मी चन्दले तत्कालीन एसपी दिल्लीराज विष्टसँग समेत आफू बाह्य दबाबकै कारण आन्दोलन गर्न बाध्य भएको भनेको खुलेको छ।

अधिकारकर्मी चन्दले ‘विगतदेखी नै लैङ्गिक हिंसा विरुद्ध लड्दै आएको भन्दै यदि काँग्रेस पार्टी वा नेता रमेश लेखकको निर्देशनमा आन्दोलन गरेको भेटिए समाजले गर्ने जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताईन्।

चन्दले एसपी विष्टलाई पठाएको एउटा म्यासेजमा बाहिर केही व्यक्तिहरु प्रहरी र जनताको बीचमा व्यापक छरिरहेको कुरा उल्लेख छ। आखिर हत्या जस्तो संवेदनशील विषयमा भ्रम फैलाउने व्यक्ति को थिए ? भन्ने प्रश्न पनि जटिल बनेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata