आफ्नै प्रस्ताव रद्दीको टोकरीमा फालिदा कस्तो लाग्यो निधिलाई कुन्नी ?

शुक्रबार, पुस ८, २०७३

loading...

- मुना गौतम



नेपालपाटी टिप्पणीकर्ता दिवंगत सुशील कोईराला नेतृत्वको सरकारमा विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । उनले भारतीय कम्पनीले तयार पारेको काठ्माण्डौ—निजगढ द्रुत मार्गको प्रतिवेदन र वित्तीय प्रस्तावलाई जस्ताको तस्तै स्वीकार गरी त्यस्को कार्यान्वयन् पनि त्यही कम्पनीलाई गर्न दिन हदै नाघेर प्रयत्न गरेका थिए ।

संसदको अर्थ समिति र बिकास समितिले भारतीय कम्पनीले तयार पारेको प्रतिवेदन र वित्तीय प्रस्ताव घोर आपत्तिजनक भएकोले त्यस्लाई खारेज गरी त्यो सडक नेपाल स्वयम्ले निर्माण गर्नु पर्दछ भन्ने निर्णय गरे र सोही अनुसार गर्न सरकारलाई निर्देशन दिए । तर पनि विमलेन्द्रले त्यस विपरित त्यही प्रस्तावलाई अगाडि बढाउन मरिमेटेर लागि रहे ।

यहाँसम्म कि त्यो प्रस्ताव गलत र राष्ट्रहित विपरित छ भन्नेहरुलाई उनले विकास विरोधि र द्रुत मार्ग निर्माण हुन नदिने षडयन्त्र गरेको भन्ने आरोप समेत लगाए । उनले यहाँसम्म गरे कि सुशील कोईरालाले सरकार छोड्ने निश्चित भई सकेपछि पनि यस सम्बन्धमा उनको जवर्जस्त दवाव कायम रह्यो ।

जवकि उनका कुरा स्वयम् प्रधानमन्त्री र काँग्रेसका अन्य केही बरिष्ठ नेताहरुलाई चित्त नबुझिरहेको रहेछ । त्यसैले प्रधानमन्त्रीले बालुवाटारमै बैठक बोलाए र भौतिक पूर्वाधार मन्त्रालयका वरिष्ट अधिकारीहरुलाई त्यो प्रस्तावका मुख्य मुख्य बुँदाहरुको सम्बन्धमा प्रस्तुत गर्न लगाए । प्रस्तुत भई सकेपछि त्यस्मा चर्को बहस भयो । त्यसमा स्वयम् काँग्रेसका केही नेताहरु पनि त्यसको विरुद्ध देखा परे । अन्त्यमा प्रधानमन्त्रीले त्यसलाई अस्वीकृत गरे ।

तिनै विमलेन्द्र निधि यतिखेर प्रचण्डको सरकारमा नेपाली काँग्रेसको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृह मन्त्री छन् । अर्थात उनको हैसियत अघिल्लो सरकारमा भन्दा अहिले बढेको छ । र, उनले पहिले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपाली काँग्रेसकै रमेश लेखक छन् ।

आफ्नै पार्टीका मन्त्री लेखकले त्यो भारतीय प्रस्ताव मन्त्री स्तरवाटै रद्द गरी अनुमोदनका लागि मन्त्री परिषद बैठकमा प्रस्तुत गरे र मन्त्री परिषदले मन्त्रीको सिफारिशलाई अनुमोदन गर्दै भारतीय कम्पनीको प्रस्ताव खारेज गरी त्यो मार्ग नेपाल स्वयम्ले निर्माण गर्ने निर्णय गर्यो, जवकि विमलेन्द्र मन्त्री परिषदको त्यो वैठकमा उपप्रधानमन्त्रीको हैसियतमा उपस्थित थिए ।

आफुले सवै ठिक छ, त्यसैले यस्लाई स्वीकृत गर्नु पर्दछ भनेर मरिमेटेर लागेको प्रस्ताव आफ्नै पार्टीका मन्त्रीले रद्द गर्ने प्रस्ताव प्रस्तुत गर्दा र आफै उपस्थित भएको मन्त्री परिषदको वैठकले मन्त्रीको प्रस्ताव स्वीकृत गर्दा विमलेन्द्रको अवस्था कस्तो रह्यो होला अनुमान गर्न सकिन्छ । उनमा अलिकति पनि स्वाभिमान भन्ने कुरा भई दिएको भए त्यस्तो अवस्थामा पदमा बसिरहन नसक्नु पर्ने हो । तर के गर्नु आखिर विमलेन्द्र निधि नै ठहरिए ।

884 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv