एन्जीओ–आइन्जीओका विद्धानहरु, जसलाई नम्र विन्तीले ब्युझाउँन सकिदैन

शनिबार, चैत्र १७, २०७४

loading...

- सरोजदिलु विश्वकर्मा



- सरोजदिलु विश्वकर्मा

युवा संघको साढे सात वर्ष, भागः नौ
मेरो विभागीय काम–कारवाहीसंगै मलाई दिएको संस्थाको जिम्मेवारीलाई समेत मैले सकेसम्म इमान्दारी ढंगले निभाउने प्रयाश गरँे । मैले आफूलाई दलित आन्दोलनमा छुट्टै र विद्रोही ढंगले जसरी स्थापित गरेँ, दलित साहित्यमा युवा ब्यक्तित्वको रुपमा जसरी उभ्याउन सकेँ, त्यसरी नै युवा संघमा पनि छुट्टै पहिचानसहित स्थापित गर्नुथियो । म सफ्ट तर यथास्थितीभन्दा फरक धारको मानिस भएर युथफोर्सको लिडर बन्न सक्दिन थिएँ । पैसाले कार्यकर्ता किनेर वा तिनलाई खान–दान दिएर दानवीर बन्न पनि सक्दिनथिएँ । दयालबहादुर शाहीजस्ता विद्धानहरु पार्टीको शिकार भइरहेको समयमा लेखनकलाको युवासंघको राजनीति कुनै अर्थ थिएन । त्यसर्थ पनि मेरो लागि एउटा न एउटा इस्यु चाहिएको थियो । तदनुरुप मैले एन्जीओ र आइन्जीओमा भइरहेको डरलाग्दो स्वैत भ्रष्टाचारका विरुद्ध आफूलाई उभ्याउनु पर्छ भन्ने अठोटमा पुगी लोहा लोहेको काट्ता है भनेजस्तै संस्थामार्फत नै तिनीहरुमाथि जाइलाग्ने रणनीति लिएको थिएँ । यद्यपि, विदेशी दाताहरुले राजनीतिक नेता, कार्यकर्ता पत्रकार र एन्जीओहरु, सामाजिक संघसंस्थाहरु सवै किनिरहेका थिए, अझै पनि त्यसै गरिरहेका छन् । तिनीहरुबाट पालितपोषित संस्थाका स्टन्टमेनहरु समेत तिनको घेराबाट उम्किन नसक्ने गरी बन्दी बनाइएका थिए, छन् । तिनीहरु नै फेरी सवैभन्दा बढी क्रान्तिका कुरा गरिरहेका हुन्छन्, परिवर्तनका वाहक, संरक्षक भनाएर आफूलाई प्रचार गरिरहेका हुन्छन् । तिनीहरुको आन्द्राभुँडी मलाई थाहा थियो । त्यसैले तिनका विरुद्ध खह्रोरुपमा जाईलाग्नै पर्दथ्यो । त्यसका लागि पनि युवासंघलाई अगाडि उभ्याउन चाहन्थे ।

नभन्दै महेशजीले शीर हल्लाएपछि मलाई सजिलो भएको थियो । महासचिव निरज कमरेड त त्यसको परिकल्पनाकार नै थिए । दुवै समुहको समर्थन भएपछि मलाई सजिलो भयो । यद्यपि, ठूलो संगठनभित्र शंका–उपशंका, र मैले गरेको कामको प्रतिफल खोज्ने त हुन्छन् । तिनले भने युथ मिशनको टिमलाई त्यति मनपराइरहेका थिएनन् । टिमभित्रसमेत थोरवहुत सवैमा स्वार्थ थियो । कसैलाई संगठनको काममा सहयोग प्राप्त गर्नुथियो, कसैलाई पैसा कमाउनु थियो, कसैलाई अर्को चुनावका लागि कार्यकर्ता वीचमा आफूलाई उभ्याउन थियो त कसैलाई मोजमस्तीको चाहना थियो । त्यसका वावजुद हामीले संस्थालाई शुरुमा वैचारिक र अन्ततः हस्तक्षेपकारी ढंगले अगाडि बढाउने रणनीति लियौं ।

केन्द्रिय कमिटीको तेश्रो वैठक पोखराको सिम्लेमा भब्यताकासाथ बस्यो । हाम्रो कार्यकालमा बसेको यो नै शालिन, सभ्य र भब्य बैठक हो । साथीहरुको भनाईअनुसार त्यस्तो बैठक युवासंघको इतिहासमै पहिलोपटक थियो । हामी पछि त संघको सामान्य बैठक नै बस्दैन । सो वैठकको ब्यवस्थापनका लागि तत्कालिन सचिव राजीव पहारी धन्यवादका पात्र छन् । साच्चै सो बैठकमा नै मैले पहिलो चोटी युवासंघ सामुहिक परिवार भएको महसुश गरेँ । हामीले अध्यक्षलगायतका पदाधिकारीलाई आफ्नो अभिभावककारुपमा देख्यौं । सो बैठकले युवासंघको गुटलाई करिवकरिव इतिहास बनाइदियो । वैठकले धेरै केन्द्रीय सस्दयहरुलाई खार्यो पनि, अझ तिनलाई कटिवद्धसमेत बनायो । त्यस वैठकले मुलुकको परिवर्तनसंगै विदेशी संघसंस्थाको चलखेल बढेको र तिनमा उच्चरुपले भ्रष्टाचार र अनियमितता भएको, त्यसविरुद्ध युवासंघ खह्रो ढंगले उत्रिनुपर्ने निर्देशन दियो ।

पोखराबाट फर्किएपछि नभन्दै उपाध्यक्ष सत्यनारायण यादवको संयोजकत्वमा एक पत्रकार सम्मेलन गरी हामी कालावजारी, भ्रष्टाचार, अनियमितताविरुद्ध विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्ने घोषणा गर्यौं । तदनुरुप कोही ग्यास, कोही तेलमा भएको कालावजारी त कोही सरकारी कार्यालयमा हुने अनियमितताविरुद्ध लागे भने हामी संस्थामार्फत नै गैरसरकारी संस्थाहरुमा भएको अनिमिमतालाई नियन्त्रण गर्ने प्रयाशमा लाग्यौं ।

तदनुरुप आइडिया इन्टरनेशलनसंग कार्यक्रमका लागि छलफल गर्ने भनि समय मिलाउन आग्रह गर्दा खुशी चौधरी भन्ने त्यहाँका एकजना अधिकृतले हामीलाई अहिले समय छैन, एक महिनापछि फोन गर्न भने । त्यसको तुरुन्तै प्रतिकृया दिदैं महेश विष्टले हामीलाई प्रधानमन्त्रीले अहिलेको अहिले समय दिन्छन्, तिमीजस्तालाई भेट्न हामी युवासंघका नेतालाई एकमहिना कुर्नुपर्ने ? कहाँको ठूला मानिस हौं तिमीहरु ? भनेर थर्काएपछि त्यो संस्थाले हामीलाई भोलीपल्ट नै बोलायो । भोलीपल्ट लिना भन्ने विदेशी कन्ट्री डाइरेक्टरले हामीसंग न्याऊँन्याऊँ गर्दै बोलिन् र सकेको सहयोग गर्ने वचन दिईन् । त्यसैगरी हामी डिएफ्आइडीको विचौलिया भई नेपालका एन्जीओहरुलाई सहयोग गर्ने संस्था इएस्पीमा गयौं । त्यहाँका हाकिमहरुले पहिले त हामीलाई सम्झाएर–बुझाएर टार्ने प्रयाश गरे । नेपालका धेरै संघसंस्थाहरुका मुखिया र सरदारका रुपमा चिनिने, जसको नाम सुन्नासाथ एन्जीओहरु डराउँछन्, ‘उहाँ त महान मानिस हो, हाम्रो त देउतै हो’ भन्छन्, तिनीसंग छलफल भयो । उनले हाम्रा कुरा सुन्नेभन्दा आफू ठूलो मानिस भएको परिचय दिने प्रयाश गर्दा ‘तिमीजस्ता दलालहरुले हामीलाई सिकाउने ?’ भन्दै सहकर्मी महेश विष्टले चियाको तातो गिलासले उनलाई झण्डै हाने । त्यसपछि उनी थरथर काप्दै हामीसंग हात जोडेर भने– ‘मारे मार्नुस्, कुटेकुट्नुस्, मेरो हातमा भएको अधिकार यति हो ।’ अर्का एकजना राणा थरका अधिकृत टोयलेट छिरेको फर्केर भित्र पसेनन् । त्यो घट्नालाई पार्टी सचिव युवराज ज्ञवालीका छोरा प्रकाश ज्ञवालीले मध्यस्थता गर्दै टुंग्याए । केअर नेपालमा सावित्रा कार्की (नाम फरक परे सच्याउँला) ले पनि हामीलाई माइनर नै ठानी ब्यवहार गरिन् । महिलालाई अरुलाई गरेजस्तो ब्यवहार गर्न मन लागेन अनि उनका हाकिम सन्देश हमाललाई भेटी ठाडो स्वरले थर्काउदा सावित्राले बोलाईकन हामीसंग छलफल गरी पछि भैरहवाको कार्यक्रमका लागि सहयोग पनि गरिन् । यसैगरी बालुवाटारमा एउटा एन्डीआई भन्ने एउटा संस्था थियो, अहिले पनि होला, जसले डेमोक्रेसीका नाममा अमेरिकन पैसा ल्याई राजनीतिक पार्टीहरुलाई १५।१५ दिनमा मिठो खाजा ख्वाउने परियोजना चलाउँथ्यो, त्योसंग युवा आन्दोलनमा नयाँ ढंगले काम गरौं भनेर प्रस्ताव राख्दा क्याथेरिन भन्ने कन्ट्री डाइरेक्टरले नयाँ परियोजनालाई सहयोग गर्ननसक्ने जवाफ फकाईन् । अनि हामीले पनि ‘हामीले चाहेअनुसार काम नगर्ने हो भने तिम्रो झोला–तुन्तुरा बोकेर तिम्रै देश फर्क, होईन भने खैरियत छैन’ भनेर अंग्रेजीमै जवाफ फर्काएको एकहप्ताभित्र उनी नेपाल छोडेर गईन् । यो कुरा एन्जीओ–आइन्जीओ हेर्ने राजनीतिक पार्टीका नेताहरुसम्म पुगी हाम्रो वारेमा सोधीखोजी भयो ।
हामीले पछि थाहा पायौं, ती संस्थाहरुमा प्रत्येक राजनीतिक पार्टी नेताहरु भित्रभित्रै सल्लाहकारका रुपमा आवद्ध भइ घरमै बसिबसि मासिक २०–३० हजार भत्ता बुझ्दा रहेछन् । तिनीहरुले ती संस्थाहरुलाई आआफ्नै पार्टीका युवा कार्यकर्ताबाट हुने खतराबाट संरक्षण गरेका हुँदारहेछन् । हाम्रो गौरवशाली पार्टी एमालेका केही नेताहरु पनि त्यस्ता सल्लाहकार भएको हामीले पायौं । हाम्रो साहसिलो अभियानमा पहिलो त ती पार्टी एजेन्टहरु नै तगारो भए ।

सुतेको मान्छेलाई ब्युझाउन सकिन्छ तर आइन्जीओ र एन्जीओहरुका विद्धानहरु, जो निदाएको नाटक गर्ने कलाकारहरु हुन् । तिनलाई नम्र विनतीले ब्युझाउँन सकिदैन, तिनलाई ब्युझाउँने तरिका दुइवटा मात्र हुन्छः एक– राज्यको दरिलो कानुन र दोश्रो मुंग्रे कारवाही । संसदमा बसेका विधायकहरुले कानुन बनाएर यिनलाई अंकुशे लगाउनको साटो ‘मलाई विदेश लैजा,’ ‘भत्ता दे’ भन्दै तिनका भोजभतेरमा दही–चिउरा खाँदै हिड्न थालेपछि हामीले मुंग्रे कारवाही गर्नुको विकल्प थिएन । तर २।४ ठाउंबाट मिठो खाने–खुवाउने र भुईंमा टेकेर हिड्नै नपर्ने श्रोत जुट्न थालेपछि हामी पनि लोभियौं । विदेशी दाताले दिएको पैसाले गर्दा हामी वैचारिकरुपमा समेत स्खलित हुनथालेका थियौं । स्वभावतः युवा नेताहरुलाई हवाईजहाजमा चढाउदै कहिले पूर्व, कहिले पश्चिम लगी स्टार होटलमा कार्यक्रम गर्न थालेपछि युवासंघमा पनि हामीप्रतिको चासो बढ्यो । कसैले २ हजार कमाएको देख्यो भने त्यसले त फलानो ठाउंमा थर्काएर २ लाख पो झार्यो भनेर हल्ला गर्ने युवासंघभित्रको एउटा जमात्ले हामीलाई पनि छोडेन । लौ युवासंघको नाममा थर्काउदै करोडौं कमाए भनेर संगठनभित्र कुचर्चा हुनथालेपछि हाम्रो उत्साह विस्तारो हराउँदै गयो । अझ युवासंघभित्रको गुटको अवशेषले हामीले असहयोग गर्नथाल्यो । निरजजीलाई अतिथि बनाउदा महेशजीको टीमभित्र असन्तुष्टी बढ्ने, महेशजीलाई अतिथी बनाइलैजादा निरजजीको टीमलाई असह्य हुने कृया–प्रतिकृयाहरुले युथमिशनको टीमसमेत विभाजीत मानसिकता पुग्यो ।

366 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank