टिभीमा चिरिच्याट्ट, कोठामा धुलो-मैलो

बोल्ने, देखाउने र लेख्नेको झडपमा को-को घाइते ?

शनिबार, असार ३, २०७४

loading...

- संझना पौडेल



- संझना पौडेल

हेलो दाइ नमस्कार ।
नमस्कार सम्झना बैनि के छ खबर ?
ठिक्छ तपाइको ?
मेरो पनि ठिक छ, कता हुनुहुन्छ ?
म अफिसमा छु ,अनि तपाइ ?
खुब मज्जा छ है ?
किन र दाई ?
के हुनु अफिस गयो समाचार पढ्यो बस्यो ,निकै सजिलो छ नि हैनर ?

वाइयाद
नाम नखुलाउ एकजना चलेकै पत्रिकामा काम गर्ने पत्रकारसँगको कुराकानि हो, उहाँले बोल्ने काम भनेर हामि समाचार वाचन गर्ने अनि रेडियोमा काम गर्नेहरुलाई चिया पसलमा गएर फलाकेको जस्तो सोच्नु भएछ । अनि बोल्नेको काम मात्र बोल्ने रे त्यसभन्दा अगाडि लेख्ने चाहिँ को त ?नलेखिकन हामिले के पढ्ने हो र ? आफुलाई खुबै बरिष्ठ ठान्ने यस्ता ब्यतिहरुमा उहाँ मात्रै भने पक्केपनि हैन ।

अहिले संञ्चार जगतमा कहलिएका छापा माध्यम र बिधुतिय माध्यमबीच तिब्र प्रतिश्प्रधा भैरहेको छ । छापामा गर्ने ले रेडियो टेलिभिजन र अनलाईनमा काम गर्ने पत्रकारलाई नगन्ने, रेडियोमा काम गर्ने संञ्चारकर्मीले छापाको लाई नगन्ने परिपार्टि आजभोलि मार्केटमा छ ।  प्रधानमन्त्री सम्म राम्ररी उच्चारण गर्न नआउनेहरु टिभिको सिक्रनमा आफुनो थुतुनो बेचेर खाइरहेका छन् । थोपडा देखाएकै भरमा मै हु भने भावना उनीहरुमा छ । तर विचराहरुलाई मालिकले सोसिरहेको पत्तै हुन्न बिषेष गरी केही बाहेक अधिकांस थुतुनो देखाउनका लागि महिला पत्रकारहरुको तलब बिना काम गरिरहेछन् । अवस्था देख्दा दुख लाग्छ टिभिमा साडिमा र ब्लाउजमा सजिनेहरुको कोठामा फोहोरमैलो र दुर्धन्ध फैलिरहेको देखेको छु , यति सम्मकि जहाँ खानको लागि चामलको गेडो तरकारी ओइरिने तेल सम्म नहुदाँ कसरी रेस्टुरामा मटन मम खाएको होला देख्दा पनि लाज लाग्छ ।

उनीहरुको थुतुनो देखाउने काम सकिएपछि सायद ठुलै होटलतिर पार्टी हुन्छ भन्दा मनासिव नहोला हरे फेरी त्यस्तैको बिकाउ छ आजभोलि फलानो टिभिमा भनेसि वाहिवाहि छ । कठै अवस्था देख्दा दया लाग्छ । यस्ताकेही महिला पत्रकारहरुले गर्दा राम्राहरुको पनि अपमान हुन भएको छ । फेरी टिभिमा समाचार वाचन गर्नेले केवल वाचन मात्रै गर्ने हो यति सम्मकि इडिटरले म फलानोको नमस्कार समेत लेखेर पठाउन विचराहरु कहिले अगिल्लो बुलेटिनको साथिको नाम स्क्रिनमा रहेछ भने म फलानोको नमस्कार भनेर अर्काको नाम सम्म भन्न बेर छैन ,मैले यो केही संख्यामा रहेका त्यस्ता पत्रकारलाई भनेको हुँ ताकि कान्तिपुरको समा दिदि , नेपाल टेलिभिजनको अनिता बिन्दु , न्युज ट्वान्टि फोरको रवि लामिछाने , एभि न्युजको गौतम रेग्मि लगाएत दर्जनौं प्रचुर सम्भावना र ट्यालेन्ट भएकालाई भने पक्कै भनेको हैन है ।

टिभिको तुलनामा रेडियोमा काम गर्नेका अल्लि कम होला अह हैन उनिहरुको पनि आफ्नै फ्यानहरु छन् । ओहो दाई,आँहा दिदि तपाइको रेगुलर फ्यान म । ओ माइगट तपाइको आवाजत कुनै शब्द छैन बयान गर्नलाई । तपाइको समाचार आउदा त म खान थालेको छु भनेपनि उठेर बस्छु ,अनि सकिएकि खान्छु । तपाइको जस्तो भ्वाइसत कसैको छैन मेरो भ्वाइस क्वीन हो हजुर भन्नेहरु पनि नभएका र नभेटिएका भने पक्कै होइनन् । त्यसो रेडियोमा साहितिक कार्यक्रमहरुको झन फ्यानहरु निकै क्रेजि हुन्छन । यति सम्मकि उनीहरु मर्न पनि पछि पर्दैनन् । टिभिको तुलनामा रेडियोमा आवाज मात्र जान्छ यस्मा फेस जस्तो भएपनि हुन्छ थुतुनो बिकाउ नहुने भएकाले यस्मा कम गर्नेहरु ट्यालेन्टनै हुनैपर्छ । फेरी टिभिमा जस्तो धेरै सामानहरु नचाहिने हुदाँ खासै खर्च हुन्न त्यसैले पनि रेडियो हाउसहरुले राम्रै तलब दिन्छ जुन एक संञ्चारकर्मीलाई आफ्नो गुजार चलाउन पुग्छ ।

उसोत आजभोलि छापा माध्यमकालाई यो भ्रम छ कि हामि जति राम्रो समाचार कसैले दिन सक्दैन । हामि जति गहिराहिमा रेडियो अनलाई पुग्नै सक्दैन । विश्वसनिय र भरपर्दो समाचारका स्रोतहरु भनेका हामि मात्रै हौं । हामि नबिराई गल्ति नगरी समाचार बेच्छौ हामि लामालामा समाचारहरु पाठक माझ पस्कन्छौं ।
अन्तमा
प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता ।  नेपाल सरकारले छापा माध्यमलाई मात्र प्राथमिता दिदां विद्युतीय सञ्चार माध्यम पछाडी परेको रेडियोकर्मीहरुले बताएका छन् । धेरै सञ्चारमाध्यमहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको र बजार सांघुरो भएकाले सरकारी सहयोगको आवश्यकता रहेको छ ।

सरकारले पनि राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्नु पर्दछ । समय सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो हो यो मेरो दावा हो । बिद्युतीय र छापा माध्यम दुबैलाई संविधानले समान हैसियत प्रदान गरेको भएपनि ब्यवहारमा बिद्युतीय सञ्चार माध्यमले छापा माध्यमले भन्दा अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्यो सरकार । छापा माध्यम र बिद्युतीय सञ्चार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनमा ठूलो बिभेद रहेको छ ।

यसको लागि लोककल्याणकारी विज्ञापन समानुपातिक तवरबाट बितरण गर्नु आजको आवश्यकता हो । राष्ट्रिय आम सञ्चार नीति २०७३ ले रेडियो फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका रुपमा बाँडफाँड गरेको अवस्थामा गैर नाफामूलक उद्धेश्यले सञ्चालित सामुदायिक प्रसारणलाई परिभाषित गरी उदेश्य स्थायित्व र विषयबस्तुका आधारमा बर्गिकरण गरी मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने भनिएको हुँदा यसको अविलम्ब कार्यान्वयन हुनैपर्छ । पौडेल नेपाल एफएम नेटवर्कको समाचार वाचिका हुनुहुन्छ ।

1183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv