नेपाल कि सेकुवा ? 

संस्मरण 

बुधबार, फाल्गुन ९, २०७४

loading...

- डा. रवीन्द्र समीर



- डा. रवीन्द्र समीर

दिउँसोको २ बजेको छ।

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु। बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु। मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन्। छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन्। थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर िनवीनता, उत्सुकता र अनिश्चितताको क्रिम पोतेर।

‘नमस्ते ∕ सवस्डी खप् !’ गलामा खादा ओडाइदिँदै हातमा भएको फूलको गुच्छा दिएर उनीहरूलाई स्वागत गर्छु म। उनीहरूको अनुहारमा पोतिएको अन्योल र अनिश्चितताको रंग एकाएक गायब हुन्छ। “प्रो बिअ !” प्रानीले उसको मित्रसँग परचिय गराउँछे। “आर यू डियर रवीन !” बिअले पूर्वपरििचतझैँ मेरो परचिय मलाई दिन्छे।

ट्याक्सी चालकसँग सात सय रुपियाँबाट मोलमोलाइजा गरी बल्लतल्ल म तीन सयमा कुरा मिलाउँछु र उनीहरूलाई ट्याक्सीमा राख्छु। ट्याक्सी गुड्ने बेलामा चार/पाँच जना मुसदन्डे ठिटाहरू आएर हामीलाई बाहिर निस्कन आदेश दिन्छन्। म स्तब्ध हुन्छु। एकैछिन हामी बसेको ट्याक्सी ड्राइभर र उनीहरूबीच चर्काचर्की पर्छ। मेरा पाहुनाहरूको मुहार पुनः कृष्णाभ हुँदै जान्छ। त्यो ट्याक्सीवाला युनियनसँग सम्बद्ध होइन रहेछ, युनियनवालाहरूले हामीलाई अर्को ट्याक्सी देखाउँछन्। “उफ! प्रथम ग्रासे मक्षिकापातः !”

म अपमानबोधले पानीपानी हुन्छु। “के भयो ?” हामीबाट केही गल्ती त भएन रवीन ?” उनीहरू बिलखबन्दमा परे। “हाम्रो गल्ती होइन, उनीहरूको प्राविधिक गडबडी हो,” फेर िओरालेर अर्को ट्याक्सीमा बसाउँदै मैले मनमनै भनेँ, यो हाम्रो लोकतन्त्रको स्थापित समस्या हो। विमानस्थलबाट होटलतर्फ लाग्दा हाम्रो सडकको अवस्था देखेर मेरो छाती चरक्क चिरएिर आयो।

कस्तो कुरूप सडक, कुरूप पेटी, खाल्डैखाल्डा भएको मानौँ सडक नभएर कुनै खण्डहर हो, जहाँ वर्षौंअघि मानिसहरू बस्थे। त्यस्तै कुरूप बालुवा, इटा र गिट्टीका थुप्रा, असरल्ल फोहरको डंगुर, अव्यवस्िथत सहरीकरण, कुरूप फुटपाथे पसल, पिनासले पनि हार खाने दुर्गन्ध, वषर्ातमा हिलो र गर्मीमा धूलोको चक्रीय साम्राज्य, थोत्रा गाडीहरूको कालो मुस्लो, कर्णपटल फुट्लाजस्तो ध्वनि प्रदूषण… हरे ! सुन्दर शान्त पर्यटकीय देशको राजधानीको यो बेहाल, म ती विदेशीहरूका सामुन्ने लाज र ग्लानिले रातो भएँ।

होटलमा पुर्‍याएर पूर्णताजगी भएपछि मैले उनीहरूलाई साँझपख विदेशी पर्यटकहरूको मुटु भनिने ठमेल घुमाउन लगेँ। ठमेलमा थुपि्रएको नाकै खाने फोहरको डंगुरले म पुनः अपमानित भएँ। उनीहरूले फोहरको पहाड र खाल्डाखुल्डीलाई नदेखून् र तिनमा नठेसिऊन् भनेर आकाशतिर हेर्दै उनीहरूलाई अग्ला घरमा टाँगिएका होर्डिङ् बोर्डहरूतिर मात्र ध्यान केन्दि्रत गराउँदै हिँडे। बाठो म मात्र छु र ? अर्को बिहान उनीहरूलाई लिएर म स्वयम्भूको डाँडोतिरलाँगे केही नौलो कुरा देखाउन सकिन्छ कि भन्ने सुरले।

विदेशी पर्यटकहरूलाई एक सय रुपियाँको टिकट रहेछ। काउन्टरको झ्याल खुला थियो तर टिकट दिने मान्छे थिएनन्। पैसा तिर्न पाँच मिनेट कुर्‍यौँ तर पनि टिकट काट्ने कारिन्दो आएन र हामी लाग्यौँ उकालो बिनाटिकटै। विदेशतिर राज्यले स्वदेशी तथा विदेशी आगन्तुकहरूबाट अनिवार्य रूपमा टिकट लिएर उक्त ठाउँको आकर्षक व्यवस्थापन गरेको हुन्छ, हाम्रो देशमा टिकट पनि काट्न नपाइने ?

स्वयम्भूको शिखरबाट उनीहरूले सयौँ तस्बिरहरु  खिचे, चारै दिशाबाट काठमाडौँलाई हेरे अनि बुद्धको गुम्बामा पूजा गरे, म सन्तुष्ट भएँ, हृदयमा एक किसिमको गौरवबोध भयो। दिउँसो उनीहरूलाई छाउनीको संग्रहालय, पाटनको कृष्णमन्दिर परसिर घुमाएर लगेँ कीर्तिपुरस्थित ‘मिनी लुम्बिनी’मा। त्यहाँ उनीहरू थाई भिक्षुलाई भेटेर निकै पुलकित भए, प्रार्थना गरे, भेटी चढाए, थाई भाषामै मजाले कुरा गरे, थाई शैलीमा नै हाँसे, म पुनः पुलकित भएँ।

साँझ, नयाँसडक, वसन्तपुर, हनुमानढोका, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा घुमाएँ अनि जमलस्िथत दोहरी रेस्टुराँमा लगेँ। अर्को बिहान ट्याक्सी रजिर्भ गरेर हामीहरू नगरकोटतिर लाग्यौँ। शिवरात्रिका दिन परेकाले बाटोमा सयौँ डोरी र बाँसका तगाराहरूलाई सिक्का र नोटले पन्छाउँदै अगाडि बढ्यौँ। भक्तपुरबाट नगरकोटतिर लागेपछि नागबेली सडक, पुराना कलात्मक बस्ती, गुराँसका पोथ्राहरू र वरपिर िदेखिने हरयिा लोभलाग्दा डाँडाहरूलाई नयनपटल र तस्बिर-यन्त्रमा राख्दै ११ बजे नगरकोट पुग्यौँ।

नगरकोटस्िथत रसिोर्टको क्षितिजमा मुस्कुराइरहेका हिमाल, सिररिी चलेको चिसो बताससँगै मीठो कफी सुक्र्याउँदै गफिँदा हाम्रो थकान हामीबाट बिदा भइसकेको थियो। “त्यो माउन्ट एभरेस्ट हो सर !” होटलको वेटरले उनीहरूलाई उत्तेजित बनायो। धेरैबेरसम्म सगरमाथामा आँखा टाँसेर निःशब्द बोलिरहे, उनीहरू। शुद्ध नेपाली खाना खाएपछि हामीहरू नगरकोटस्िथत टावरको टुप्पोमा पुग्यौँ र तल हेर्‍यौँ। आहा ! कति सुन्दर हाम्रो नेपाल !

दिउँसो भक्तपुर दरबार क्षेत्रतिर लाग्यौँ। बाहिरका पर्यटकहरूले १० डलरको टिकट काट्नु पर्दो रहेछ। मैले जासुसी गर्न उनीहरूलाई ‘भुटानी हौँ भन’ भनँे। टिकट काउन्टरमा बसेको कर्मचारीले भुटानको राजधानी, राजधानीको नाम र उनीहरूको थर सोध्यो, उनीहरू लाजले निहुरीमुन्टी भए, म गौरवान्वित भएँ। कमसेकम पेसागत इमानदारी त देखियो यो कारन्िदाको। भक्तपुरको टिकट काउन्टरमा टिकट लिएर भित्र प्रवेश गरेपछि हामीहरू भक्तपुरका दरबारहरू, मन्दिरहरू एवं गल्लीहरू चहार्‍यौँ। सफा चौर, सफा बाटो, पुरातन कलात्मक वस्ती, मलाई भन्न मन लाग्यो, कमरेड रोहित जिन्दावाद !

उनीहरूको भोलिपल्ट र्फकने कार्यक्रम भएकाले हामीहरू उपहार सामग्री किन्न गयौँ ठमेलतिर। उनीहरूले धेरै माल-सामान किने, मैले पनि प्रानीको बहिनीलाई स्वयम्भूको मूर्ति र ज्वाइँलाई सानो चिटिक्कको नेपाली खुकुरी किनिदिएँ। म थाइल्यान्ड भ्रमणमा रहेका बेला उनीहरूले चाओ पराया रभिरको जहाजमा आतिथ्यपूर्ण डिनरको व्यव्स्था गरेका थिए, त्यो झझल्कोमा भावुक भएँ म। सामान किनेर फर्किंदा ठमेल बिहानको ठमेल थिएन, अघिका साइनबोर्ड थिएनन्। सावर डान्स रेस्टुराँ, ब्लू डान्स एन्ड वार… यस्तै यस्तै रात्रिनाम थिए, ठमेल बजारमा। केटीहरू केटातर्फ हेरेर सुसेलिरहेका थिए, केटाहरू केटीतर्फ हेरेर सुसेलिरहेका थिए।

त्यो सुसेलीमा यौन विम्ब थियो, यौन अपिल थियो र थियो यौन मार्केटिङ्। कुकुरको भुकाइ, डान्स रेस्टुराँको चर्को आवाज, सडक बालबालिकाको मगन्ते कुइँकुइँ, प्रहरी र यौन व्यवसायीहरूको लुकामारी ‘बिचरा बूढो ठमेल, चाउरी परेका गाला मुसार्दै मुख बंगाइरहेको थियो- यो ‘ओपन सेक्रेट’ कहिलेसम्म ? दुनियाँ घोषणा गर्न तँछाडमछाड गर्ने नेताहरूले ‘रेडलाइट स्वायत्त गणराज्य’ घोषणा गरे त यो लुकामारी बन्द हुन्थ्यो नि !

होटलमा फर्किएपछि उनीहरूले आँखा चिम्लेर बुद्धको ध्यान गर्न थाले। म पनि ध्यानस्थ भएँ र हाम्रा देवताहरू- माओवादी, कांग्रेस, एमाले, मधेसवादी, राजावादीलगायत सबै नेताहरूप्रति नतमस्तक भएँ, “हे मेरा देवगण ! हजुरहरूको अपार कृपाले यो तीन दिन बन्द भएन, यहाँहरूलाई कोटि कोटि प्रणाम ! हे मेरा ब्रह्मा, विष्णु, महेश्वर ! यहाँहरूको कृपाबिना न हामीले सास फेर्न सक्छौँ, न हातमुख जोड्न सक्छौँ ! हजुरहरूको सानो आदेशले हाम्रो देशमा बहेको हावा पनि टक्क रोकिन्छ, सडकमा आगोको मुस्लो बल्छ, लाठी, खुकुरी तथा बन्दुक बोकाएर हामीलाई नै ठोक्न तयार बनाउँछौ।

यस्ता देवगणको स्तुति हजार जिब्रा भएका शेषनागले त गर्न स्ाक्दैनन् भने हामी निरीह जनताले के सकौँला र प्रभु ! हजुरहरूले यो अनाथको अन्तरआत्माको पुकार नसुन्ोको भए मेरा पाहुनाहरूले तीनै दिन एयरपोर्टनजिकका होटलहरूमा सेकुवा चपाएर आफ्नो देश फर्किने थिए अनि उनीहरूका साथीहरूले ‘नेपाल कस्तो लाग्यो ?’ भनेर प्रश्न गर्दा उल्टै प्रतिप्रश्न गर्ने थिए होलान्, ‘नेपाल कि सेकुवा ?

416 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank