खाली ओछ्यानले हराएको जीवन

सोमवार, माघ ६, २०७६

loading...

- मशरत जाहरा



म श्रीनगरको पुरानो सहरमा जन्मे र हुर्केको थिएँ, जहाँ म प्राय: भारतीय सुरक्षा फौज र कश्मीरी आन्दोलनकारीहरू बीच सडकमा झगडा भएको देख्थें। मेरो छिमेकमा भएका विरोधलाई कभर गर्न आएका फोटोग्राफरहरू सधैं पुरुषहरू नै हुने गर्थे। जब जब म तिनीहरूलाई देख्छु, म आफै जस्तै ती कल्पना गर्थें । उनीहरू  ती दृश्यहरूको तस्वीर हामी समक्ष लिन्थे।

सन् १९९० को शुरुमा कश्मीरमा भारतीय शासनको विरूद्ध सशस्त्र विद्रोह शुरु भयो। त्यसपछिको  रक्तपात र अधिकार    प्राप्ति उल्लेख गरिएको दस्तावेजमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको छ।

विगत तीन दशकहरूमा कश्मीरी पत्रकारिता भारत सरकारलाई चुनौती दिने सबैभन्दा कडा संस्थाको रूपमा देखा परेको छ । कश्मीरी पत्रकारहरूले यस कथालाई जीवित राख्न अथक प्रयास गरिरहेका छन् ।

मलाई लाग्छ कि मेरा सबै चित्रहरूले मेरो जन्मभूमिमा दिनप्रतिदिनको जीवन झल्काउँछन्। हाम्रो जस्तो द्वन्द्वको क्षेत्रमा, प्रत्येक चित्रले आफ्नै तरिकाले यो सुन्दर हिमालयन परिदृश्यमा पनि कश्मीरको त्रासदीको वर्णन गर्दछ।

तर मेरो लागि फोटो जर्नलिस्ट बन्न यो सजिलो विकल्प थिएन। म एउटा परम्परावादी मुस्लिम परिवारमा हुर्केको हुँ । मेरो बुबा ट्रक चालक हुनुहुन्छ र मेरी आमा गृहिणी। मेरा अभिभावकहरू मैले विश्वविद्यालयको डिग्री हासिल गरौँ भन्ने चाहनुहुन्छ, जसले  सरकारी जागिरको लागि बाटो खोल्छ। तर मैले उहाँहरूको चाहनालाई अस्वीकार गरे र त्यसको सट्टा पत्रकारिता स्कूल गएँ।

म फोटो जर्नलिस्ट बनेको चार वर्षपछि मेरा आमाबुबाले मेरो समर्थन गर्नु भएको छ । तर फोटो जर्नलिज्मलाई अझै पनि कश्मीरका महिलाहरूको लागि स्वीकार्य करियरको रूपमा लिइदैन किनकी यस समाजले हामी महिलालाई घरमा बस्ने वा अफिसको समयको आफ्नो पुरुषको साथसाथै काममा रहने अपेक्षा गर्दछ।

कश्मीरका महिलाहरुका आँखाबाट :

यस क्षेत्रमा एक महिला फोटोग्राफर हुनु कहिलेकाहीं निराशप्रदायक हुने गर्छ । व्यक्तिहरू मलाई हेर्छन् किनभने उनीहरू क्यामेराको साथ महिलालाई हेरेका छैनन् ।

म एकपटक सोशल मिडियाबाट पिरोलिए।  मानिसहरूले “मुखबीर” वा भारतीय सेनाका जासुस भनि बोलाए । जब मानिसहरूले मैले खिचेको बन्दुक सहितको फोटो देखे, एक महिलाले यो फोटो किन लिन्छन् भनेर उनीहरूले बुझ्न सकेनन् किनकि उनीहरूले पहिले यो देखेका थिएनन् ।

यहाँ अन्य जोखिमहरू पनि छन्। द्वन्द्वको खतराको पर्दाफास गर्नुको अलावा पत्रकारहरूलाई कुटपिट गर्ने, डराउने र हमला गर्ने गरिएको छ।

तर के कुराले मलाई यसप्रति प्रेरित गर्यो  र अझै पनि गर्छ भन्दा- पत्रकार बन्न महिलाको दृष्टिकोण प्रदर्शन गर्न आवश्यक थियो  र मैले पनि आफ्नो अन्वेषण गर्न ।

कश्मीर र अन्तर्राष्ट्रिय मिडियामा महिलाको कथाहरू र परिप्रेक्ष्यलाई धेरै हदसम्म उपेक्षित गरी पुरिएको छ। उनीहरूको बोझ, उनीहरूको लचिलोपनको बारेमा शायदै  कोहि बोलेको छ।

म महिलाको नभनिएको कथाहरूलाई उतार्न र उनीहरूसँग कुरा गर्न चाहान्छु। मलाई थाहा थियो कि मेरो छिमेकमा महिलाहरू बोल्न चाहन्थे, उनीहरू दु: ख पाइरहेका थिए तर आफ्ना अनुहार लुकाउन पर्ने अवस्था थियो किनभने पत्रकारहरू  पुरुष थिए ! उनीहरूलाई अनुहार लुकाएर बोल्दा आफ्नो आँसु देखाउन सकिरहेका थिएनन्।

एक विद्रोहीको अन्त्येष्टि : 

गत वर्ष लिइएको, यो चित्रले मलाई द्वन्द्वमा प्रियजनहरू हराउनेहरूका अथाह र मौन पीडाको बारेमा सोच्न बाध्य पार्छ।

यो फोटो सन् २०१९ मे २४ को प्रारम्भिक आँधीबेहरीयुक्त समयको हो, जब म विद्रोही सेनापति जाकिर मुसाको अन्त्येष्टिमा अन्य पत्रकारहरूसँग त्यहाँ पुगेको थिएँ ।

कश्मीरीहरूका लागि सिभिल इन्जिनियरिङ विद्यार्थी बनेको उग्रवादी काश्मीरको विद्रोहीको नयाँ पुस्ताको लोकप्रिय अनुहार थियो। उनी अन्सार गाजवात-उल-हिन्दका संस्थापक थिए, जुन एउटा विद्रोही समूह थियो जो अल कायदाप्रति वफादार रहेको थियो।

हामीले करीव ३०  किलोमिटर टाढा दक्षिण कश्मीरको त्राल जिल्लाको एउटा गाउँ नूरपोरा पुग्नुपर्‍यो। म त्यहाँ मेरो मोटरसाइकलमा सवारी गर्न तयार थिएँ तर भाग्यवस, एक सँगी पत्रकारले मलाई सवारी प्रस्ताव गरे।

रात कुहिरो, पुलिस गस्ती र सुरक्षा फोर्सले भरिएको थियो। सशस्त्र बलले गाउँमा सबै प्रवेश बिन्दुहरू बन्द गरेको थियो र पत्रकारहरूलाई भित्र पस्न दिइएको थिएन । सुरक्षा मार्गबाट जोगाउन हामीले मार्गहरू प्रायः परिवर्तन गर्‍यौं। जब हामी भीमकाय भिडलाई छिचोल्दै अन्त्येष्टिमा जाँदै थियौं।

विद्रोही मारिएको घरको सडकमा माटोको समुद्र थियो। सिमेन्ट संरचनाको जलेको अवशेषबाट धुवाँ उडिरहेको थियो । हजारौं मानिस यसको वरिपरि जम्मा भएका थिए।

केही पुरुषहरूले मलाई त्यहाँबाट जान भने। तिनीहरूले मलाई भित्र जान दिएनन। “उनीसँग शिष्टाचार हुँदैन,” मैले उनीहरूलाई  आफू एक फोटो जर्नालिस्ट भएको बताए तर उनीहरूले मेरो कुरा सुनेनन्  ।

म अहिले यी शब्दहरू उनीहरूकै विरुद्ध लेख्दै  छु, यहाँ उनीहरूले मलाई असर गर्दैनन्।

खाली ओछ्यान ;

मैले अर्को तरिका पाउन सकें। जब मुसाको ‘शव अन्त्येष्टि मैदान’मा पुगे ।  म एक अटारीमा थिएँ, उच्च कोणको फोटो शटहरूको तयारी गर्दै छतको किनारमा उभिरहेको थिएँ। नाराका साथ कराइरहेका भीडबाट आएको आवाजले मेरो क्यामेरा हल्लायो तर मैले उनको शरीरको केही फोटो लिए।

मैले क्यामरा प्याक गर्नु अगाडी हेरे, तब मैले देखे विद्रोहीको शरीर भएको खाली ओछ्यानलाई भीडले उचालिरहेको छ । मैले तत्काल  तस्वीर लिएँ।

मेरो लागि, खाली ओछ्यानको बारमा बताउनको लागि फरक कथा थियो, यसमा एक मृत शरीरको साथ भनिएको कहानी भन्दा निकै हौसिँए । सियो लडाकू  सामान्य महिला र पुरुषको बारम्बार हत्याको आरोपी थियो ।

भारतीय सशस्त्र सेनाले मारेका कश्मीरीहरूको शव बन्द शवगृहमा पुर्याइदैन। तिनीहरू नायक वा शहीद मानिन्छन् र अक्सर उनीहरूलाई धातुको ओछ्यान वा स्ट्रेचरहरूमा लगिन्छ ! अझ त्यसो हुन नसके उनीहरूलाई अस्पतालहरूबाट लिइन्छ जहाँ परिवारहरू उनीहरूको पहिचान गर्न गएका छन् – ताकि सबैले तिनीहरूलाई देख्न सकून्।

यस तस्विरले मलाई सोच्न लगाउँदछ कि कसरी यी ओछ्यानहरूले जवान मानिसहरू, आइमाईहरू, बच्चाहरू, आमाहरू, बुबाहरू, दिदीबहिनी, दाजुभाइहरूको शरीरहरू सदाको लागि जानु अघि बोक्दछन्। म ती ओछ्यानहरूमा अन्तिम पटक चुम्बन गर्न आउने परिवारहरूको बारेमा सोच्छु।

यद्यपि यस चित्रमा पुरुषहरू धेरै छन् भने, म महिलाहरू कल्पना गर्दछु – आमा, बहिनी, पत्नी वा छोरी, ओछ्यानमा हेर्दा प्रियजनले सुतिरहेकी थिई,  एक्लोपन र शून्यताले यसले ल्याउँदछ। म तिनीहरूको दुखाइको बारेमा सोच्दछु।

जीवन हरायो :

मलाई लाग्छ कि मेरा सबै चित्रहरूले मेरो जन्मभूमिमा दिन प्रति दिनको जीवन झल्काउँछन्। हाम्रो जस्तो द्वन्द्वको क्षेत्रमा, प्रत्येक चित्रले आफ्नै तरिकाले यो सुन्दर हिमालयन परिदृश्यमा पनि कश्मीरको त्रासदीको वर्णन गर्दछ। द्वन्द्वमा हजारौंको संख्यामा मानिस मारिएका छन्, जसमध्ये अधिकांश सर्वसाधारणहरू छन्।

यो तस्वीरले मलाई अगस्ट २०१७ मा मेरो पहिलो समाचार असाइनमेन्टको सम्झना दिलाउँदछ। मैले दक्षिणी कश्मीरी जिल्ला पुलवामाको बन्दुकमा मारिएका मजदूर फिरदौस अहमद खानको परिवारसँग भेट गर्नुपर्‍यो। म चिन्तित थिए कि उनको परिवारले मसँग कुरा नगर्लान वा सुरक्षा बलले मलाई रोक्नेछ। ममा कथा बताउन असफल हुने डर थियो।

तर जब मैले फिरदौसकी विधवा रुक्सानालाई भेटें, तब उनी २५ वर्ष मात्र भएकी थिइन । चाँडै उनीहरूको दोस्रो बच्चालाई जन्म दिँदै थिए । उनले मलाई अँगालो  हाली  रोईन् र मलाई आफ्नो पति गुमाएको पीडाको बारेमा बताइन। उनी बोझ बोकेर बोल्न नसकने अवस्थामा थिइन, उनले अर्को महिलासँग आफ्नो पीडा खोलिन् ।

उनको कथाले मलाई अत्यन्त दु: खी तुल्यायो, मैले यो भन्न एउटा उत्तरदायित्व महसुस गरें। मैले रुक्सानाको दुई वर्षीया छोरीलाई आफ्नो बुबाको धातुको ओछ्यानमा अँगालो हालेर रोइरहेको देखे । उक्त दुई वर्षीय छोरीले आफ्नो पिताको ओछ्यानलाई  चुम्बन  गरिन् ।  उनको अनुहार छोएर उनीहरुबाट सधैंका लागि छुट्टिनु भन्दा पहिले अर्थात अर्को खाली ओछ्यान अस्पतालतर्फ फर्कियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments