कता जादैछ हाम्रो समाज ?

शनिबार, मंसिर २५, २०७३

loading...

- मुरारी ढुंगेल



आधुनिकताको नाउँमा हुने गरेको सामाजिक विकृति , विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ ।आजका जल्दाबल्दा युवा तन्नेरीहरुमाझ देखीएको आधुनिकताले समाजको रुपरंगमै गलत प्रकारको परिवर्तन देखिन थालेको छ जसले समाजलाई कतै अवनतिको भर्र्याङ् तिर त डोर्‍याइ रहेको छैन रु प्रश्न गहन बन्दै गएको छ। समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामी भन्दा फराकिलो फड्को मारेको पाइन्छ ।उनीहरुको विकासको अनुशरण अथवा नक्कल गर्ने परिपाटी विकाशोन्मुख देसमा बढी पाइन्छ । पश्चिमी मुलुकहरूको शिको सिक्दै नेपाली समाजमा पाच्य९अपाच्य संस्कृतिको नाउँमा भित्रीएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउने हो भन्ने चिन्ता बढ्दो छ ।संस्कृतिले समाजलाई टोर्याइ गति दिइरहेको हुन्छ ।हामीले आफ्नो संस्कृति बिर्सदै जानी नजानी अरुको संस्कृतिको शिको सिक्दै वा नक्कल गर्दै गैरहेकाछौ। यो कति फलदायी हुन्छ रु आजका युवा पुस्तामा तुलनात्मक रूपमा अरुभन्दा बढी  पश्चिमा अनुशरणले जरा गाडेको पाइन्छ, जुन डरलाग्दो रूपमा शहर हुदै गाउँ भित्रने गर्छ ।

हाम्रो समाज आवश्यकता भन्दा अधिक शिकोले समाज विकृत बन्दै गइरहेको छ ।समाजलाई असुहाउँदो बिदेशी नक्कलले हामी विकासको दौरानमा अविकास तिर त जादै  छैनौं रु हामीले शुक्ष्म रूपमा हेर्नुपर्ने जरुरी भइ सकेको छ ।समाजमा एक ब्यक्तिबाट अर्कोलाई, एक परिवारबाट अर्‍को परिवारलाई गरिने सरसहयोग हराउदै गएको छ ।समाज दिनानुदिन स्वार्थ बन्दै गैरहेको छ ।समाजमा परोपकारी भावनाको अभाव खड्कीन थालेको छ ।

सामाजिक शिक्षाको अज्ञानता तथा अभावको कारण नेपाली समाज विकृतिको चुङुलमा फस्दैछ । विज्ञानको विकासको क्रम संगै विकास भएको संचार जगत, मिडिया, दुर संचार, मोबाईल फोन, ईन्टरनेट , सामाजिक संजाल भित्रका फेस बूक, टुइटर, ह्यटसप जस्ता विषयको विकासले समाजको लगामलाई कता हिडाउदै छ रु हामीले सोच्ने बेला भएन र रु सामाजिक संजालहरुको गलत प्रयोगलाई निरुत्साहित गर्न पहल कदमी कसले लिने रु  सामाजिक सञ्जालको लोकप्रीयतासँगै यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । पङ्तिकारको आसय त्यो हो जसले सामाज विकासलाई आवश्यक र सहि रूपमा डोर्‍याउन सकोस, समाजलाई विकृति तिर नपुर्‍याओस।यस्तो प्रकारको शिक्षा केवल सामाजिक शिक्षामा मात्र पाइन्छ ।आजै घर९घरमा सामाजिक शिक्षाको महत्वलाई बुझी त्यस भित्रको ज्ञानलाई ब्यक्ति ब्यक्तिमा पुर्याउनु पर्छ नत्र समय धर्किन सक्छ ।भोलि हामी पश्चतापमा पिरोलिनु शिवाय अर्को विकल्प नहुन सक्दछ ।

नेपाल जस्तो गरीब मुलुकमा निवास गर्ने हामी गरीब जनताले विकासको चरम अवस्थामा पुगेका देशहरुको शिको गर्दै गरिएको नक्कल मिश्रित जीवनशैलीले हामी कता तिर लम्कदैछौ भन्ने कुराको हेक्का राखिनुपर्छ । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवस्य फलदायी हुदैन ।संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावको कारणले प्रभावित हुन्छ ।आज हाम्रो नेपाली समाजमा अरुको अनुशरण गर्ने प्रवृत्तिले हामी तथा हाम्रो समाज ग्रसित छ ।

सामाजिक शिक्षा त्यो शिक्षा हो जसले आफ्नो हावापानी, माटो सुहाउँदो शिक्षाको अनुशरन गर्न सिकाउछ । त्यस्ता आचरण हुने ब्यक्तिको परिकल्पना गरेको हुन्छ, जो समाज प्रति सधै समर्पित रहन्छ । बिश्वको कुनै पनि विश्वविद्यालयको किताबमा समेटिन नसकेको शिक्षा समाजले दिने शिक्षामा पाइन्छ  ।समाज ज्ञानको बृहत भण्डार हो यसबाट लिन सक्नु पर्दछ । घर भित्रको परिवार, परिवार९परिवारबाट निर्मित समाज नै त्यस्तो ज्ञानको भण्डार हो जुन ज्ञान वांढेर कहिलै रित्तिदैन ।आफ्ना अभिभाबक तथा बाबु आमाले दिने शिक्षा ठुला९ठुला कलेजका प्रोफेसरहरुको शिक्षा भन्दा कम हुदैन ।आजकल विविध कारणले अभिभावक  बेफुर्सदिलो बन्नु परेको छ । बालबालिकालाई समय दिन सकिरहेको छैन । अभिभावकले आफ्ना छोराछोरीलाई केवल विध्यालयको औपचारिक शिक्षा प्रदान गराइरहेका छन रु के विध्यालयको किताब भित्र सम्पुर्ण कुरा समेटिएको छ त रु बिध्यालयले प्रदान गर्ने शिक्षा भित्र सम्पुर्ण कुरा समेट्न सकिएको छ त रु अवस्य छैन । कहिलेकाही सुनिने गरिन्छ ूफलानो त्यत्रो पढेलेखेका मान्छे, खै किन हो त्यसले मति बिगारेछ यसो गरेछ उसो गरेछ आदिू विश्वविद्यालयको पढाईलाई अर्थात उसको शरृटिाफिकेटलाई  तुलना गरिन्छ तर त्यो युनिभर्सिटीको ज्ञान भन्दा समाजले दिने शिक्षा सयौं गुणा ठुलो तथा प्रभावकारी हुन सक्छ ।समाजले ब्यक्तिलाई डोर्‍याएको हुन्छ नकि ब्यक्तिले समाज डोर्‍याउछ ।यसर्थ पनि सामाजिक शिक्षा आजको सबै भन्दा प्रभावकारी शिक्षा हो , हामी सबैले यसको महत्वलाई हृदयगम गर्न सक्नु पर्दछ।

समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नु पर्छ , परिधि उलंघन गर्ने ब्यक्ति समाजमा कलन्कित हुन पुग्छ । समाजले निर्माण गरेको गोरेटोमा हिंड्न नजान्ने ब्यक्ति कलङ्कित हुन पुग्छ । किताबमा पढ्न नपाइने ज्ञान समाजको किताबमा लेखिएको हुन्छ त्यसलाई पढ्न सक्नु पर्दछ, पढाइन सक्नु पर्दछ । पाठ्य पुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टट्कारो आवश्यकता हो ।सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ।यि र यस्ता प्रवृत्ति को विकासले भोलीको नेपाली समाज कस्तो होला रु सामाजिक जिम्मेवारी बोध हराएको समाज कस्तो होला रु एउटा मोबाईलर ल्यापटपमा घन्टउ घोत्लिन्छ नजीकको ब्यक्ति संग उसलाई बोल्ने फुर्सद सम्म हुदैन । यि र यस्ता उदाहरण हाम्रो सामु प्रसस्त छन । यो कुरालाई बेलैमा शुक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठुलो समस्यामा पर्ने निश्चित छ ।ब्यक्ति, राज्य पक्ष तथा सरोकार वाला निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments