मोदी जनकपुर अभिनन्दनका गम्भिर सवाल : म जबाफ चाहन्छु सरकार !

शनिबार, बैशाख २९, २०७५

loading...

- अग्नि पुञ्ज



- अग्नि पुञ्ज

१. प्रदेश नम्बर दूई मा मोदीको स्वागतको लागि र अभिनन्दनको लागि त्यत्रो पैसा कहाँबाट आयो ?

२. प्रदेश मन्त्रीहरुले तलब खान मुस्किल भैरहेको र केशब स्थापितले हेटौडामा लोखर्के गनेर बसिरहेको अवस्थामा देशको हो भने त्यत्रो रकम खर्च गर्न जरुरि थियो?

३. प्रदेश मुख्यमन्त्रीले बोल्ने भाषणको ड्राफ्टलाई परराष्ट्र मन्त्रालय वा संघीय सरकारको क्याबिनेटले हेर्नु पर्छ कि पर्दैन?

modi lai sammanभारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

४. लालबाबु राउतले एता भारतीय हस्तक्षेपको माँग गर्ने, उता भाजपाका सांसदले जनकपुरको भुमि फिर्ता लिनुपर्ने भनि आवाज उठाउने र सोहि दिन मोदीजीले घुमाउरो ढंगमा हिन्दि भाषालाइ नेपालको राष्ट्रिय भाषा घोषणा गरिनुपर्ने कुरा व्यक्त गर्ने, के यो सबै संयोग हो ?

५. भारतीय प्रधानमन्त्रिले नेपाल सरकारलाई सहयोग घोषणा गर्ने हो कि प्रदेश सरकारलाई ? परराष्ट्र मन्त्रालयले के हेरेर बसेको?

६. प्रदेश सरकारलाई मोदीद्वारा गरिएको आर्थिक सहायताको रकम सिधै प्रदेश सरकारलाई जाने हो कि केन्द्रिय सरकारलाई प्रदान गरि केन्द्र सरकारले प्रदेश सरकारलाई सहयोग गर्ने हो?

७. स्वतन्त्र मधेस लेखिएको ब्यानर नियतबस नै किन प्रदर्शन गर्न दिइयो? किन निगरानी गरिएन?

८. के यो तरिकाले संघीय पद्दति टिक्ला/?  स्थिति यस्तै रहने हो भने ढिलो वा चाँडो, देश संघीय संरचनाबाट पछि फर्कन अर्को आन्दोलनमा जानेछ |

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank