ध्यान र प्रेमलाई बाँढ्दै नेपालसम्म स्वामी अशोक भारती

बिहिबार, चैत्र २९, २०७४

loading...

- बविता ढकाल



- बविता ढकाल

सेतो लामो कपाल जसलाई सरक्क कोरेर पछाडी बाँधेका छन्, त्यस्तै सेतै लामो दारी । झट्ट हेर्दानै सन्त जस्तै देखिने उनी एक महान सद्गुरुका शिष्य हुन् । उज्यालो र हंसिलो अनुहार मानौं उनलाई कहिल्यै कुनै पीडाले नछोए जस्तो । कसैले प्रश्न गरिहाले पनि शालिन र भद्रशैलीमा हाँसेरै जवाफ दिने उनको बानी । उनले लगाउने एकै खालको कपडा चाहे त्यो जुन सुकै रंगमा होस् । उनै व्यक्ति जसलाई स्वामी अशोक भारती (पुना) भनेर धेरैले चिन्दछन् । भारतको अमरापुरी पुनामा सन् १९४७ मा जन्मिएका उनी नेपाललाई औधी माया गर्छन् ।

swami jee

उनी भन्छन्, ‘नेपालको माटो यती धेरै उर्वरछकी यहाँ विउ रोप्न सके मात्रै पनि उब्जाउ सम्भव छ ।’ उनले नेपाली भूमि उर्बर र उब्जाउ गर्न सहज छ भनिरहँदा कतिलाई लाग्दो हो कृषि प्रधानदेश नेपालको बारेमा उनले भनिरहेका छन् तर उनले कृषि उपजलाई होईन ध्यानको उपार्जनमा नेपाली माटो मलिलो छ भन्न खेजेका हुन् । ‘नेपाली भित्र अथाह प्रेमको सागर छ’ भन्छन् उनी । पहिलो पटक नेपाल आएका बेला मैले उनलाई भेट्ने मौका पाएँ । आफ्नो गुरुप्रतिको प्रेमलाई देखेर म भावविहोल भएको थिएँ । ओशो तपोवन काठमाडौंमा फेब्रुअरी १३ अर्थात् फागुन १ गते महाशिवरात्रीको अवसरमा ओशो ध्यान सिविरमा, सिविर सञ्चालनार्थ नेपाल आएका स्वामी अशोक भारती मात्र गुरु प्रतिको भक्ति, प्रेम र ध्यानको माध्यमलाई विश्वरभर फैलाउँन चाहन्छन् । जब गुरुको प्रेमको कुरा आउँछ तब उनको आँखामा हरक्षण श्रद्धा र प्रेमका आँशु छचल्किन्छ । स्वामी अशोक भारती भन्छन्, ‘विश्वमा ध्यान र प्रेमको संगित फैलाउँनु छ । प्रेम र ध्यान विना संसार अन्धकारमय छ ।’

२० औं शताब्दीका महान आध्यात्मिक गुरु ओशोले आफु जिवित रहुन्जेल ध्यान र प्रेमलाई फैलाउँन विशेष जोड दिएका थिए । ओशोले भनेका छन्, ‘ध्यान छ त धन छ ।’ ध्यान भन्ने वित्तिकै मानिसहरु कि त के को ध्यान गर्ने भन्नेमा अलमल्लमा पर्छन कि त आँखा चिम्लेर एक आधि घण्टा आशन जमाएर बस्ने भन्ने बुझ्छन । तर सदगुरु ओशोले भनेका छन्, ‘ध्यान भनेको एक मात्र एउटा यस्तो कार्य हो जो हरेकपल होसका साथ गरिने क्रियामा पर्छ । जस्तै होसपुर्वक खाना खाने, होसपुर्व हिड्ने लगाएत हर कार्य जो होशपुर्वक गरिन्छ ।’ सदगुरु ओशोको यही ज्ञानलाई स्वामी अशोक भारती विश्वभर फैलाउन चाहान्छन् । सदगुरु ओशोका प्रिय शिष्य मध्य एक स्वामी अशोक भारती एक मात्र यस्ता शिष्य थिए जो ओशोको हरेक प्रवचन भन्दा पहिला उनलाई गीत गाउँन अनुमती थियो । स्वयं ओशो आफ्ना शिष्य भारतीलाई गीत गाउन लगाउँथे ।

swami-bharati

स्वमी भारतीलाई सद्गुरु ओशोबाट अभूतपूर्व सौभाग्य प्राप्त छ । आोशोसंग १९६६ मा जोडिन पुगेका उनलाई ओशोले १९७२ मा माउण्ट आबुमा दिक्षित गरेका थिए । जब स्वामी भारती ओशोबाट दिक्षित भए, त्यसपछि उनी पुरै भारतमा आफ्नो गुरुको ज्ञान र ध्यानलाई बाढ्न हिँडे, त्यो क्रम अहिलेपनि जारी छ । स्वामी अशोक भारती ती दिन सम्झिदै भन्छन्, ‘त्यो क्षण मेरालागि अदभूत थियो जुनवेला मेरो गुरुको सामु मैले गीत गाउँने सौभाग्य पाएं । त्यो १९८६ को कुरा हो । जब दिनको ३ बजेको थियो, मेरो गुरुको सुत्ने कोठामा मलाई बोलाउँनु भयो र त्यही समयमा मैले एउटा गीत गाए त्यसै बेलामा ज्योतीको हस्तान्तरण भयो । त्यही क्षण मेरो अनन्तकालदेखि निभेको दियो बल्यो । त्यसपछि मलाई उहाँले महिना दिनसम्म आफ्नै सामिप्यमा रहेर गीत गाउने अवसर प्रदान गर्नुभयो । सदगुरु ओशोले गूरु शिष्यको यो मिलनलाई आफ्नो धेरै प्रवचनमा उल्लेख गर्नु भएको

छ ।’

ashok-

यिनै अशोक भारती विश्वभर प्रेम र ध्यानलाई फैलाउँन चाहान्छन् । उनी भन्छन्, ‘ध्यान यो जीवनको सबैभन्दा मुल्यवान चिज हो ।’ केही समय अघिमात्रै नेपालमा आएर भारत फर्केका स्वामी भारती सदगुरु ओशोको त्यही ज्ञानलाई नेपालीमाझ पनि बाड्न चाहन्छन् । त्यसैले बुद्धपूर्णीमामा उनी फेरि नेपाल आउँदैछन् । गौतम बुद्धको जन्मस्थल लुम्विनीमा रहेको ओशो जेतबनमा स्वामी अशोक भारतीले ध्यान सिविर सञ्चालन गर्दैछन् । उनको लक्ष्य भनेको हर कोही दुःखको पीडाबाट मुक्त होउन् । त्यसको लागि ध्यान अपरिहार्य छ भन्ने मान्दछन् उनी । प्रेम र ध्याननै त्यो मार्ग हो जो कोही पनि यो संसारिक पीडाबाट मुक्त हुनसक्छ । यसैबीच यसैवर्षदेखि नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस पनि मनाउदैछ ।

शरीरको पीडा ठिक पार्ने कयौं उपाए हुनसक्छन् तर मनको पीडा ठिक पार्ने ध्यान भन्दा अरु कुनै औषधि छैन । त्यसैले अहिले शरीरभन्दा मनलाई निरोगी राख्न अनिवार्य भइसकेको छ । अहंकारले गर्दा हामी एक अर्काको दुश्मन छौं । अहिले अहंकारले गर्दा परिवारमा मेलसम्म छैन । र त्यो अहंकारलाई परास्त गर्ने एउटै उपाय हो ध्यान । त्यही औषधीरुपी ध्यानलाई फैलाउँन स्वामी भारती फेरि एकपटक नेपाल आउन लागेका हुन् । जुन ध्यान सिविर यही बैशाख पूर्णीमाको अवसर पारेर लुम्विनीस्थित ओशो जेतवनमा सञ्चालन हुँदैछ ।

1795 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank