तस्विर पछाडीको सम्भावित ब्यथा

बिहिबार, साउन १७, २०७५

loading...

- मनोरञ्जन मल्ल ठकुरी



- मनोरञ्जन मल्ल ठकुरी

यो सामाजीक संजालले आजकाल प्राय सबैलाई असामाजिक बनाउदै छ । साथमा स्मार्ट फोन र फेशबुकमा १५०० माथीको साथीहरु भएपछि त चर्चित रिपोर्टर र फोटो पत्रकार बन्ने धुन सबैलाई चढेको छ । कसरी हुन्छ भाईरल बन्ने धुन सबैलाई चढेको छ । केहि समय अगाडी भारतको कुनै शहरमा एकजना असामान्य मानिसले छतमा चढेर विजुलीको हाईभोल्टेज लाईनमा समातेर आत्महत्या गरेको भिडियो पनि निकै भाईरल भएको थियो । ती मानिसले  असामान्य ब्यबहार देखाउदै तारमा समाउन जादा समेत तल बस्ने मानिसहरु तमासे बनेर उक्त हर्कतको भिडियो खिच्नमा ब्यस्त भएको देखिन्थ्यो ।

कसैले पनि उक्त मानिसलाई बचाउनको लागी हल्ला गर्नु बाहेक कुनै कसरत गरेको देखिएन । सामाजिक संजालमा पोष्ट गर्नका लागी भिडियो लिनु भन्दा बरु उक्त मानिसलाई सडकमा भएको ढंगा वा अन्य केहि बस्तुले लाग्नी गरि हिर्काको भए कमसे कम उक्त मानिसको ज्यान त जाने थिएन ? घाईते हुन्थ्यो होला तर त्यसरी करेन्टबाट मर्नु चै पर्दैनथ्यो । यस्ता घटनाहरु धेरै छन् ।  आहतमा परेकाहरुलाई राहत गर्नुको सट्टा फेसबुकको लागी सामाग्री संकलन गर्नमै तल्लिन हुन्छन मानिसहरु । यसको विभिन्न मानसिक र सामाजिक कारणहरु होलान । किन यस्तो हुदैछन मानिसहरु ? कहिले काहि त कसैको एउटा सनकको भरमा यो यस्तो फलानो उस्तो भनेर सामाजिक संजालमा तस्विर वा समाचार पोष्ट गर्दा सम्बन्धित मान्छेको चरित्र हत्या भएर विक्षिप्त भई आत्महत्याको बाटो समेत रोजेको प्रशस्तै उदाहरणहरु छन ।

अझ यथार्त कुरा नबुझी कमेन्टमा गाली गलौज गर्नेहरुको ठुलै भिड पनि यहाँ टन्नै छ । त्यसरी सामाग्री पोष्ट गर्नेहरु र उक्त सामग्रीमा कमेन्ट गरेर शेयर गर्नेहरुले आफुलाई एकदम राष्ट्रवादी वा सामाजीक अभियन्ता वा सामाजिक सचेतना बाहक सम्झेका होलान तर उनीहरु पनि बास्तवमा त्यहि श्रेणीका जनता हुन । जो सोच बदलौ देश बदलिन्छ भनेर खोक्छन तर आफ्नो सोच बदल्न कहिले पनि चाहदैनन । हालैका दिनमा एकजना महिलाले खानेपानीको जार को पानीले गोडा पखालेको तस्विर निकै चर्चित बन्यो । ती महिलालाई बुद्धि नभएकी गैह्र जिम्मेवार समेत भनियो । उक्त तस्विर र तस्विरसंगै लेखिएको क्याप्सनको मुनितिर यति तल्लो स्तरको कमेन्टहरु समेत पाईयो कि ति महिलाले साँच्चै नै अक्षम्य अपराध गरेकि हुन र उनलाई कार्वाही गर्नै पर्दछ ।

त्यस प्रकारको समाचार प्रकाशनले ती महिलालाई कस्तो मानसिक असर पर्यो होला ? तिनका आफन्तहरुले कस्तो नजरले हेरे होलान ? टोल छिमेकका तिनि कसरी हिडिन होलान ? कसैले यस कुराको कुनै चासो नै राखेनन् । जसले उक्त तस्विर पोष्ट गर्यो उसले आफुलाई निकै महान सामाजिक अभियन्ता मानेको होला तर ति महिलाको जिवनमा के हुन्छ होला भनेर बुझ्न चै सकेन ।

 ती महिलाले गोडा धुनुको पछाडी केहि सम्भावित कारणहरु यसरी केलाउन सकिन्छः

१) उनी कतै काममा जान लागेकी हुन वा कुनै आफन्तलाई भेटनको लागी जान लागेकी हुन ।
२) राजधानीको सडकको हालत कस्तो छ त्यो सबैलाई थाहा छ । ठाउ ठाउमा फोहोरहरु समेत नगरपालीकाले उठाउन सकेको छैन ।
३) बाटोमा हिड्दा उनको गोडा कुनै नालीमा डुबेको पनि हुनसक्छ । उनको गोडाले दुर्गन्धित फोहोर कुल्चेको पनि हुन सक्छ वा कुनै सवारीले उनको गोडामा पर्ने गरि हिलो छ्यापिदिएको पनि हुनसक्छ ।

४) सबैलाई थाहा छ राजधानीमा कहि पनि सार्वजनिक पानीको धाराहरु वा पानीको श्रोत छैन । गोडामा लागेको हिलो पखाल्न पानी किन्नको लागी कहि कतै उनीसंग २५ रुपैया पनि थिएन कि अनि बाटोमा उन्ले जारमा पानी राखेको देखिन् अनि पखालिन् । यसमा उनको कुनै गल्ति गरेको जस्तो त लाग्दैन ।
समस्या सबैलाई पर्छ ।

त्यहाँ जो मानिस भएपनि हिलो गोडा लिएर वा जुत्तामा फोहोर बनाएर कोहि पनि हिड्दैन । ठाउ ठाउमा सुविधा सम्पन्न राम्रो पानी सहितको सार्वजिनक शौचालयको ब्यबस्था भएको भए र विभिन्न स्थानमा विदेशमा जस्तै पिउने पानीको धाराहरु भएको भए¸ शहरका सडक चिल्ला र चम्किला भएको भए¸ महानगरपालीकाको काम एकदम चुस्त भएको भए ति महिलाले त्यसरी जारको पानीले गोडा पखाल्ने थिईनन । ती महिलाले अन्जानमा सानो गल्ति गरेकि हुन तर उनले यति गरेको कुरालाई यसरी उन्को चरित्र नै हत्या हुने गरि सामाजिक संजालमा पोष्ट गर्नु चै अपराध नै हो ।

यो सामाग्री पोष्ट गर्नेलाई म केहि प्रश्नहरु सोध्न चाहन्छुः
के तपाई सधै जेब्रा क्रशबाट मात्र बाटो काट्नु हुन्छ ? के तपाईले बाटो काट्ने क्रममा बालबालीका¸अपांग वा बृद्ध बृद्धाहरुलाई देख्नु भयो भने हात समातेर बाटो कटाईदिनुहुन्छ ? सडक किनारामा कहि कतै फोहोरहरु देख्नुभयो भने उठाएर फोहोर फाल्ने ठाउमा राख्नुहुन्छ ? तपाईको छिमेकमा वा कहि कतै कसैले विजुली चोरी गरेको देख्नुभयो भनेर उजुरी गर्नुहुन्छ ? तपाईले पिउने पानी भनेर लेखेको धारा ईनार वा अन्य स्थानमा मुख धुने वा कपडा धुने वा नुहाउने काम गर्नु भएको छैन आजसम्म ?  आदि आदि।

तपाई यहि साच्चै नै सामाजिक अभियन्ता हुनुहुन्थ्यो भने वा सामाजिक सचेतना फैलाउन चाहनुहुन्थ्यो भने तपाई ति महिलाको तस्विर लिन हैन¸ उन्लाई यो पिउने पानी हो यसरी दुरुपयोग गर्न हुदैन भनेर सम्झाउ तिर लाग्नुहुन्थ्यो । यसो गर्दा तपाईहरु दुबैको चरित्र सफा हुने थियो तर तपाईको यो सचेतक बन्ने चाहनाले उक्त महिलाको त चरित्र हत्या नै भयो नि !

332 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank