म अनि काठमाण्डौ

शनिबार, चैत्र १२, २०७३

loading...

- मणिराम शर्मा



- मणिराम शर्मा

यी सब कुराको बेवास्ता गर्दै मेरी आमा घ्यूको टिन बोकेर बजार पुग्नुहून्छ र भन्नु हुन्छ, ‘लौ आयो हजुर गाउँको मिठो घ्यू !’ बजारका मान्छेहरु कुनै कसुर नगरी घ्यू किन्छन् । सुनौलो भविष्यको एउटा कल्पना गर्दै मेरी आमा घर पुग्नुहुन्छ । घ्यू बेचेको पैसाले एउटा चुरा पनि नफेरेर त्यो पैसा के गर्नु हुन्छ ? थाहा छ कसैलाई ?


जलजला र सिस्नेको छातिमा छ, मेरो गाउँ । दश वर्षे जनयुद्धको महान सपना पुरा गर्न परेड खेल्ने रणमैदान हो यो वस्ती । आमा बाबा दिनभर मेलापातमा, अनि भाई बहिनी स्कूल तिर व्यस्त । कति दुःख कष्ट सहेर मेरा आमा बाले मेरा लागि यत्रो दुःख गर्नु भएको छ ।

आमा सधै भैसीको स्याहार गर्नु हुन्छ । साँझ विहान दुध दुहुनु हुन्छ । भैसी दुहेर कराईमा दुध उमाल्नुहुन्छ  । तर एक बटुको पनि नखाई त्यो दुध ठेकीमा राख्नु हुन्छ । त्यही दुध दही बन्छ । त्यो मिठो दही पनि नचाखी मोही पार्नु हुन्छ । मोहीबाट आमा घ्यू बनाउनु हुन्छ ।

घ्यू आफै स्वादिलो र पोसिलो चिज पनि हो । यी सब कुराको बेवास्ता गर्दै मेरी आमा घ्यूको टिन बोकेर बजार पुग्नुहून्छ र भन्नु हुन्छ, ‘लौ आयो हजुर गाउँको मिठो घ्यू !’ बजारका मान्छेहरु कुनै कसुर नगरी घ्यू किन्छन् । सुनौलो भविष्यको एउटा कल्पना गर्दै मेरी आमा घर पुग्नुहुन्छ । घ्यू बेचेको पैसाले एउटा चुरा सम्म नफेरेर त्यो पैसा के गर्नु हुन्छ ? थाहा छ कसैलाई ?

उहाँ जोसिदै भन्नुहुन्छ, ‘यो घ्यू वेचेको पैसाले मेरो काठमाडौँ पढ्न गएको छोराले क्याम्पसको शुल्क तिरोस, त्यो पैसाले काठमाडौँ गएकी छोरीले ट्युशन पढोस् । यो पैसाले मैले यहाँ गुन्यू, चोली नकिनेर त के हुन्छ र ? मेरा छोरा छोरीले त्यो ठूलो नामी शहर काठमाडौँँ पढेकै छन् । यती मात्र कहाँ हो र ! मेरा छोरा छोरीको सुनौलो भविष्यको लागि यी पाखुराहरु चली नै रहने छन ।’ आमाको यो अभिलाशा प्रति म जस्ता कैयन छोरा छोरीहरु अप्ठेराको आहालमा बिवश छन् ।यो काठमाडौँँमा । मात्र यो देशको चाला-मालाले ।

जब साँझ पर्छ, एउटा छोरा, छोरी मात्र प्रतिकुलतामा बाँचिरहे छन् । हुन त हाम्रो देश नेपाल अपार सम्भावनै सम्भावनाको देश हो । तर भनेर मात्र नहुदो रहेछ । यहाँ हजार झरनाहरु आफै छचल्किरहेछन । लाखौँ खोला नालाहरु बेकामै छन् । तुलना गर्ने हो भने यहाँको जल श्रोतले देश पाँच महिनामा बेलायतको हैसियत बटुल्न सक्छन् । दिन दुई गुणा र रात चार गुणा विकास गर्ने विकासको स्थान बन्न सक्थ्यो यो देश । म जस्ता लाखौ छोरा छोरीहरु देश विकासको योगदान चम्किलो लहरमा हुन्थ्यौ यतिखेर । विश्व समुदायसंग टक्करबाजी गरी रहेको हुथ्यौँ हामी विद्यार्थी जगत । तर सम्पूर्ण सपना र आशाको केन्द्र धिप-धिपे उज्यालोको भरमै बाँचिरहेको छ ।

विद्यार्थी राष्ट्रका गहना हुन । राष्ट्र निर्माणमा उनिहरुको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी विनाको राष्ट्र मरेतुल्य बन्छ । जब देशमा अशिक्षा र सामाजिक विकृति पैदा हुन्छ, तब विद्यार्थी राष्ट्रको एक पहरेदार भएर खडा हुन्छन्  । कला साहित्य र संस्कृतिको जगेर्ना गर्न विद्यार्थी सदैब अग्रसर रहेका छन् । विश्वको राजनीतिक सफलता देखि हरेक सफलताको पछाडि विद्यार्थी जोडिएका छन् । नेपाली राजनीतिक इतिहासमा पनि यसको प्रमाण जिवितै छ । शान्ति पुनः स्थापना र नयाँ संविधानको प्रभावकारी कार्यान्वयनमा विद्यार्थीको भूमिका अझै आवश्यक छ ।

विश्व इतिहासमा नेपाली झण्डा फहराई रहने नेपाली युवा विद्यार्थी जगत भित्र किन बाधै बाधाको साङगलोमा बाँधिएको छ ? हामी कलमले विश्व हल्लाउँछौँ । हामीलाई पढ्न देउ विद्यार्थी इतिहासको दुःखेसो पोख्दै गर्दा यी सामान्य समस्याले म जस्ता विद्यार्थी अलमलमा छन । यति मात्र हो र । यस्तै गरिवी, बेरोजगारी, भ्रष्ट्राचार, घुसखोरी यसरी बढ्दै जाने हो भने मेरो घ्यू विक्री गरेर मलाई काठमाडौँ पढन पठाइएकी आमालाई के उत्तर दिने ? सोही बेला झ्याप्प फोनको घण्टी बज्छ । सायद आमाको हो की ? म सिरानीमुनी रहेको फोन छाम्दै आमाको सपना सम्झिदै भन्छु, ‘हेल्लो आमा !’

[email protected]

1858 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank