म सुकिलो कांग्रेस बन्न सकिनँ

सोमवार, जेष्ठ २१, २०७५

loading...

- दीपकराज जोशी



- दीपकराज जोशी

मेरो हजुरबुवा पदमराज जोशी तनहुँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आफ्नै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलगाउन दुःख थिएन ।

बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ । मुखियाको नाति अनि प्रधानाध्यापकका छोरो भएकाले मलाई गाउँ र स्कुलमा लाडप्यार राम्रै मिल्थ्यो । बुबा गोविन्दराज जोशीले नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति पनि गर्नुहुन्थ्यो । उहाँको आफ्नो सांगठनिक क्षमता र क्रियाशीलताले राजनीतिक हैसियत पनि कायम गरिसक्नुभएको थियो । उहाँको सांगठनिक कुशलता र लगनशीलताबाट भएभित तत्कालीन पञ्चायती प्रशासनले २०३२ सालमा त्रिभुवन मावि मानेचौकाबाट शिव मावि रिसिङ र २०३६ सालमा शिव मावि रिसिङबाट उहाँलाई सरस्वती मावि विनायक, अछाममा सरुवा ग¥यो ।

त्यसपछि बुबाले प्रधानाध्यापक र शिक्षक पदबाट राजीनामा दिई नेपाली कांग्रेसबाट आफूलाई पूर्ण रूपमा राजनीतिमा समर्पित गर्नुभयो ।२०४६ सालमा नेपालमा बहुदल आएपछि २०४८ सालमा भएको आम निर्वाचनमा बुबा गोविन्दराज जोशी माननीय सांसद अनि शिक्षामन्त्री हुनुभयो । पार्टीको केन्द्रीय राजनीतिमा पनि उहाँले आफ्नो छवि राम्रै बनाइसक्नु भएको थियो । सरकार र पार्टी दुवैमा उहाँको पहुँच र प्रभाव विस्तार भइसकेको थियो ।

त्यतिबेला गोविन्दराज जोशीको छोरो म दीपकराज जोशी, नेपालमै आफ्नै बलबुतामा सानोतिनो जागिर गर्थें । मलाई बुबाको पहुँच र प्रभावको प्रयोग गरेर जागिर खान मन लागेन । म भित्र कहिल्यै शिक्षामन्त्रीको छोरो हुँ भन्ने भाव पलाएन । मैले चाहेको भए त्यतिबेलै मालदार ठाउँमा नियुक्ति लिन सक्थें । कांग्रेसको प्रभावशाली नेताको छोरा भए पनि मैले बुबाको पहुँच र प्रभावसँग खासै मतलब गरिनँ ।
मभित्र आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पु¥यायो । अमेरिका जाँदा मसँग दुई सय डलर मात्र साथमा थियो । आफ्नै बलबुतामा अमेरिका गएँ । म आफ्नो छवि आफैं बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ ।

अमेरिकामा इन्डियनको रेस्टुरेन्टमा जुठो थाल उठाउनेदेखि ग्याँस स्टेसनसम्म काम गरियो तर यता नेपालमा गोविन्दराज जोशीको छोराको अमेरिकामा तीन वटा ग्याँस स्टेसन छ भन्दै पत्रपत्रिकाले लेख्दा यो मन नकुँडिएको भने होइन । कुन नियतले लेखे कुन्नि थाहा भएन । तर पनि पहिले रेस्टुरेन्टमा जुठो थाल उठाउँथें, अहिले ग्याँस स्टेसनमा काम गर्दै छु भनेर प्रतिक्रिया दिन मनले मानेन । सायद त्यतिबेला मभित्र रहेको अहं वा इज्जतको डरले छेकेर पनि हुन सक्छ ।

मभित्र आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पु¥यायो । अमेरिका जाँदा म सँग २ सय डलर मात्र थियो । आफ्नै बलबुतामा अमेरिका गए“, म आफ्नो छवि आफैं बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हु“। अमेरिकामा इन्डियन रेस्टुरेन्टमा जुठो थाल उठाउनेदेखि ग्याँस स्टेसनसम्म काम गरियो

बुबा शिक्षामन्त्री हुँदा छात्रवृत्ति लिएर विदेश पढ्न जान सक्थें तर मैले त्यसो गर्दा साँच्चै छात्रवृत्ति पाउनुपर्नेहरू वञ्चित हुन्छन् भनेर म आफ्नै कोसिसले अमेरिका गएको हुँ र बरु अमेरिकामा भाडा माझेर पढें । तर, बुबाको पदको दुरुपयोग गरौं भन्ने लागेन । सायद मसँग नेपाली कांग्रेस बन्ने गुण थिएन त्यसैले म कांग्रेस बन्न सकिनँ ।

१७ वर्षको अमेरिकाको बसाइ पछि ग्रिनकार्ड छोडेर देशमा नै केही गर्न सकिन्छ कि भनेर फर्किएँ । जाडरक्सी चुरोट मासु नखाने साधारण जीवन शैली भएको म यो राजनीतिक संस्कारमा घुलमिल हुनै सकिनँ । यो समाजको गरीव मानसिकतामा केही परिवर्तन गर्न सकिन्छ कि भनेर आज पनि म सम्भव भएसम्म पब्लिक बस र आवश्यक पर्दा स्कुटर चढ्छु । मलाई आशा छ एक दिन यो देशले फड्को मार्नेछ । मेरो मानसपटलमा यस्ता थुप्रै घटना छन्, जसलाई सोच्दा आङ नै जिरिंग हुन्छ ।
​सायद २०४२ सालतिरको कुरा हो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको अभियोगमा मेरो बुबा गोर्खा जेलमा हुनुहुन्थ्यो । म त्यतिबेला बाह्र/तेह्र वर्षको थिएँ । दसैंको बेला टीका लगाउन गोरखा जेलमा जाँदा मेरा मनमा केके कुरा खेले होलान्  ? खेलकुद परिषद्बाट फुटबलको कोचले फुटबल सिकाउन जाँदा म आफू नेपाली कांग्रेसको छोरो भएकै कारणले सिक्न नपाउँदा मभित्र कस्तो कुण्ठाले बास ग¥यो होला ?
एक घण्टा तीस मिनेटसम्म बाहिरबाट अरूले सिकेको हेरेर चित्त बुझाउनुपर्दा मेरो मन कति दुख्यो होला रु कपाल पाल्ने रहर भए पनि लामो कपालमाथि जबर्जस्ती कालो टोपी भाँचेर कांग्रेस बनेर देखाउनुपर्दा मेरा आफ्ना इच्छा के भए होलान् ? दसैंमा मेरा लागि पाइन्ट र कमिज किन्न मेरो आफ्नै बुबा गइदिएको भए म कति खुसी हुन्थें होला रु जेलमा भएका बुबा घर फर्केर आउनुहुन्छ कि आउनुहुन्न भनेर दिन गन्ती गर्दै बसेका दिनहरू कस्ता थिए होलान् रु सामान्य लेखपढ गर्न जान्ने आमाले हामीलाई कसरी हुर्काउनु भयो होला ? कसरी पढाउनुभयो ? हामीलाई पत्तै भएन ।
बीपीको सपना साकार पार्न हिँडेका मेरा बुबासँग मेरो गृहकार्य हेर्ने फुर्सद कहिल्यै भएन र पनि देश र राजनीतिप्रति उहाँले आफ्नो जिम्मेवारी निभाउनुभयो । त्यसबापत उहाँले के पाउनुभयो भन्नेतर्फ जान चाहन्नँ । मेरो मानसपटलमा अतीतदेखि वर्तमानसम्मका यस्ता थुप्रै घटना परिघटना अहिले पनि सल्बलाइरहेका छन् ।

तिनलाई सम्झँदा आज पनि आङ जिरिंग हुन्छ । कक्षा नौमा पढ्दै गर्दाको कुरा हो । नेवि संघको प्रचारप्रसारको काम गर्दा पञ्चायती व्यवस्था विरोधी गतिविधिमा लागेको आरोपमा पुलिसले पक्रेर थानामा लगी मलाई निर्ममतापूर्वक पिट्यो र पनि त्यतिबेला मभित्र झन् दृढता, उत्साह, हिम्मत अनि आत्मविश्वास बढेको अनुभूति हुन्थ्यो ।

नेविसंघको प्रचारप्रसारमा सहयोग गरियो जानेर वा नजानेर । थानामा लगेर पुलिसको पिटाइ खाँदा बीपी कोइरालाको सपना साकार हुन्छ होला जस्तो लाग्थ्यो । तर, बीपीको सपना चाहिँ के थियो रु त्यसको खासै जानकारी थिएन । लहैलहैमा गइन्थ्यो बेग्लै कुरा । तर, नेपाली कांग्रेस, कांग्रेसका नेता एवं कार्यकर्ताप्रति असीम निष्ठा र विश्वास थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मेरो मुटुको ढुकढुकी थियो । त्यसैले मलाई लाग्छ, म सच्चा नेपाली कांग्रेस थिएँ, प्रजातन्त्रको बिहानीको प्रतीक्षामा बाँच्दै थिएँ । बीच दमौली बजारमा अरूको जस्तै हाम्रो पनि घर छ ।
आज ती मेरा सबै छिमेकीको घर काठमाडौंमा पनि छ अनि सबैसँग गाडी पनि छ । हामीसँग पनि त्यति नै छ, जो उनीहरूसँग छ । बुबा गृहमन्त्री भएकै कारण एयरपोर्टमा पुलिस राखेबापत मेरो भाग हप्ताको लाखौं दिन्छु भन्नेहरूसँग इमान बेच्न सकिनँ तर मेरो बुबा पछिका गृहमन्त्रीका सन्तानले त्यो पैसा लिए कि लिएनन्, त्यसको खोजी कसले गर्छ रु म त सत्ता र स्वार्थको खोजमा इमान बेच्ने बाटोतिर कहिल्यै अघि सरिनँ । यसमा नै मैले गर्व गरेको छु ।

सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रति मेरो निष्ठा छ । ममा कांग्रेस प्रतिको श्रद्धा र विश्वास अझै गुमेको छैन । तर, म देश र जनतालाई बिर्सेर सत्ताको खोजमा इमान बेच्ने कांग्रेस भने बन्न सकिनँ । मलाई आशा छ, त्यो एक दिन आउनेछ र बीपीका सपना साकार हुनेछन् ।

भनिन्छ, यो देश सतिले सरापेको देश हो । यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ ।  जिन्दगी एउटा यात्रा हो । मेरा लागि यो यात्रा सहज थिएन । मैले आफैंले रोजेको बाटोमा म हिँड्दै गएँ । म खुसी छु किनकि यो खुसी मैले रोजेको खुसी हो । कसैले थमाइदिएको खुसी होइन । आज देशको अस्थिर राजनीतिबारे सोच्ने हो भने हाम्रो चुपचाप बस्ने परिपाटी पनि उत्तिकै दोषी छ तर यथार्थमा म र म जस्ता परिवर्तन चाहने जमात सानो छ र नेपाली राजनीतिमा हामी अटाउन पनि सक्दनौं । अहिले म पेसाले कलेजमा पठनपाठन गराउँछु । धेरथोर पत्रिकामा लेख पनि लेख्छु । साथै सूचना प्रविधिको क्षेत्रमा पनि काम गर्छु । खुसी पनि छु आÏनो कर्मप्रति, कांग्रेस नबनेरै पनि ।
जोशी प्रध्यापक तथा आईटी सल्लाहकार हुन् 

1280 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank