लोकले नमानेका लोकमान

बुधबार, कार्तिक १०, २०७३

loading...


तत्कालिन शाही शासनका मुख्य सचिब लोकमान सिंह कार्की २०६२र६३ सालको जन आन्दोलन दबाउने मतियार मध्येका मुख्य एक पात्र हुन देशमा शासन परिवर्तन भयो ब्यबस्था बदलियो तर उनै लोकमान बदलीएनन तिनै लोकमान लाई राजनैतीक दलहरुले विश्वास गरेर तीन बर्ष अगाडि संबैधानिक अंग अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्ती गरे तिनै लोकमान सिंह कार्कीले अहिले शाही शासनको झल्को दिने गरी समानान्तर सत्ता सञ्चालन गरेको भन्ने आरोप सहित संसदमा उनी बिरुद्द महाअभियोगको प्रस्ताब दर्ता भएको छ ।

तीन बर्ष अगाडि लोकमान सिंह कार्की लाई अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्ती गर्दा बिरोधका आवाजहरु नगुन्जिएका पनी होइनन त्यतिखेर नागरिक समाज राजनैतीक दलकै कार्यकर्ता हरुले पनि बिरोध गरेका थिए तर प्रमुख राजनैतिक दलका शिर्ष नेत्रित्वले सहमति जनाए पछी उनी अख्तियार प्रमुखमा नियुक्ती भएका थिए तर अहिले तिनै लोकमान सिंह कार्की सरकारको कामकारबाही लाई अप्ठ्यारो पार्ने गतिबिधी सञ्चालन गर्दै आइरहेका थिए निलम्बित भएपस्चात पनि उनले केही दिन अख्तियारको काम कारबाही घरैबाट सञ्चालन गरेका थिए । संसदमा लोकमान बिरुद्द महाअभियोगको प्रस्ताब दर्ता भईसकेपछी बिभिन्न टिकाटिप्पणीहरु सार्वजनिक हुन थालेका छन ।

अख्तियार अनुसन्धान आयोग जस्तो गरिमामय संबैधानिक निकायलाई बिबादमा ल्याउन कदापी हुँदैन यसले भ्रस्टचार र कुशासन लाई पश्रय दिन मद्दत गर्दछ । पछील्ल्लो समयमा अख्तियारको काम कारबाहिबाट कर्मचारी बिकास निर्माणका ठेकेदार लगायत सामाजिक संघ सस्थाहरुमा काम गर्नेहरुलाई सजग गराएको थियो । केही हदसम्म शुसासनको बाटोमा हिडाउन र भ्रष्टाचारको जालोमा माछो पर्न थालेको थियो। यसको सबैले सर्हान गरेकै थिए तर लोकमान आफ्नो पद र हैसियत भन्दा माथि पुगेर सर्वोच्चको आदेश नमान्ने, सर्वोच्च अदालतबाट उनलाई म्याद तामेली गर्न पठाउने कर्मचारीलाई समेत बिच बाटोबाटै गायब पार्ने खालको गैर न्यायिक काम, न्यायको धज्जी उडाउने काम उनबाट भयो। त्यसपछि उनी विरुद्धको आवाज फेरी बुलन्द हुन थालेको छ।

राज्यको निकायमा नियुक्त लिएर राज्य विरुद्ध षडयन्त्र गर्ने सर्वोच्च अदालतलाई नै नटेर्ने आफूलाई मन नपर्नेका विरुद्ध विना अनुसन्धान भ्रष्टाचार विरुद्धको चिठी काट्ने काम लोकमानको निर्देशनमा अख्तियारले गर्न थाल्यो। त्यसपछि अख्तियार माथि नै शंकाको दृष्टिले हेर्न थालियो। त्यसपछि एकाएक लोकमान सिंह कार्की विरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ज भएको छ।

महाअभियोग बारे राजनैतिक दलहरूले व्यवस्थापिका संसदबाट पारित गर्लान नगर्लान त्यो आफ्नो ठाउँमा छ। तर लोकमानसिंह कार्की विरुद्धको महाअभियोग फेरी फेल भएमा राजनैतिक दलहरू फेरी चुक्ने छन् । कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखेपनि बाङ्गोको बाङ्गै भने जस्तै लोकमानलाई प्रयाप्त समय दिँदा पनि पुरानै प्रवृत्ति देखाउन थालेपछि विकल्पमा महाअभियोगको प्रस्ताव दर्ता हुनु स्वभाविकै हो। लोकले नमानेको लोकमानलाई अब अख्तियारबाट हटाउनुको विकल्प छैन।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संस्थाथत निर्णय नै गरी महाअभियोग प्रस्तावको पक्षमा लाग्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसक्यो अब संसदको सबैभन्दा ठूलोदल नेपाली काङ्ग्रेसले पनि यो निर्णयबाट पछि हट्न हुदैन। अब राजनैतिक रुपमा राजनैतिक दलहरूले फेरी अर्को भुल गर्ने छैनन् ।

929 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank