लोकतन्त्रको खिलाफमा मोर्चा !

सोमवार, फाल्गुन २३, २०७३

loading...

- कृष्ण भट्टराई



- कृष्ण भट्टराई

मोर्चाले आरोप लगाए जसरी नै यदि वास्तविक रुपमा नै एमाले मधेस बिरोधी हो भने यसको सजाय आगामी स्थानिय चुनावमा मधेसी जनताले अवश्य दिने छन् ।


 

नेपालको संविधान २०७३ को प्रस्तावनामै ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ हुने व्यवस्था गरिएको छ । तर नेकपा एमालेले गरिरहेको मेची महाकाली अभियानमा मधेसी मोर्चाले बाधा पुर्याई रहेको छ । जसले सरासर लोकतान्त्रिक व्यवस्थाको उपहास गरिरहेको छ ।
लोकतान्त्रिक व्यवस्थामा सम्पुर्ण नागरिक र राजनीतिक दलहरुलाई आफ्नो विचार राख्ने र विचारहरु जनता समक्ष पुर्याउने स्वतन्त्रता रहन्छ । एमालेले गरिरहेको अभियानलाई बाधा पुर्याने खेल मोर्चाले कुन आधारमा र के पाउनको लागि गरिरहेको छ ?
एउटा लोकतान्त्रिक व्यस्थालाई पुर्ण रुपमा अंगिकार गरिएको देशमा कुनै पनि राजनीतिक दलको शान्तिपुर्ण सभा वा अभियानमा अर्को राजनीतिक समुहले हस्तक्षेप वा अवरोध गर्नु कुनै पनि ढंगले सोभनिय देखिदैन ।
करिब ६ महिना सम्मको नाकाबन्दी र ४६ जना नागरिकको ज्यान जानेगरी भएको मधेस आन्दोलनलाई पनि एक लोकतान्त्रिक अभ्यास देख्ने मधेशी मोर्चाका आँखाले आज किन एमालेको मेची महाकाली अभियानलाई अतिवाद देखिरहेको छ ?
मोर्चाले आरोप लगाए जसरी नै यदि वास्तविक रुपमा नै एमाले मधेस बिरोधी हो भने यसको सजाय आगामी स्थानिय चुनावमा मधेसी जनताले अवश्य दिने छन् । लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा माथि आम नागरिक हुन्छन् । तर कुनै पनि दलको राजनितीक गतिबिधीहरु माथि हस्तक्षेप गर्ने अधिकार मधेशी मोर्चालाई कदापी हुन सक्दैन ।
देशको संविधान भन्दा माथि कोहि पनि हुन सक्दैन । आफुलाई परिवर्तनको मसिया ठान्ने नेताहरुले नै किन लोकतन्त्रको नै खिल्ली उडाईरहेका छन् । कि त लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गर्नु भएन । र आफ्नो पार्टीलाई लोकतान्त्रिक पार्टी नै होईन भन्नु पर्यो, होइन भने लोकतान्त्रिक व्यवस्थाको मुल्य मान्यताहरु पनि पालना गर्नु पर्यो । लोकतन्त्रको आफु अनुकुल व्याख्या गर्दै जाँदा मुलुक अराजकताको दिशातर्फ उन्मुख हुन्छ ।
एक पक्षले अर्को पक्षलाई बन्देज वा अवरोध गर्नु लोकतन्त्र होईन । लोकतन्त्र भनेको त अरुको अस्तित्वलाई स्वीकार गरि खुला राजनीतिक प्रतिस्पर्धा गर्नु हो । मधेशी मोर्चाले एमालेलाई लगाएको आरोप बन्देज वा अवरोधको राजनीतिले कदापि प्रमाणित हुन सक्दैन । यसका लागि खुला बहस आवश्यक छ । जसबाट एमाले सहि कि मधेसी मोर्चाको आरोप सहि ?

 

भट्टराई पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत कान्तिपुर सीटि कलेजमा स्नातकोत्तर तहको आम संचार तथा पत्रकारिता विषयको अन्तिम सेमेष्टरमा अध्यनरत छन् । 

858 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank