किन हामी छोराछोरीलाई सन्डे,मन्डे ट्युस्डे को सट्टा ‘रोज डे’,‘हग डे’ र ‘किस डे’ कण्ठ गराईरहेका छौं ?

सोमवार, फाल्गुन २, २०७३

loading...


अस्ती बेलुका तिरको कुरा हो , म एकजना साथिको घरमा पुगेको थिएँ। त्यसदिन साथिको छोरी होमवर्क गर्न भनेर झोलाभरी पुस्तक लिएर बसेकी थिइन । यसै क्रममा मेरी साथिले उनकी छोरीलाई सोधिन नानु भोली के डे हो ? प्रत्युतरमा भनिन, ममी भोली ‘हग डे’ हैन र ? उनको उत्तर सुनेर म त एकैछिन अचम्ममा परें,  उनकी आमाले उनलाई स्कुलको रुटिङ मिलाई दिनका लागि कुन बार भनेर सोध्न खोजेकी थिइन् तर, प्रत्युतर यस्तो पो आयो ।त्यसपछि उनकी आमा अर्थात मेरो साथि पनि लाजले भुतुक्कै भइन र मेरो मुखतिर हेरेर केही पनि भन्न सकिनन । त्यतिकैमा म त्यहाँबाट निस्कें । त्यसपछि मेरा मनमा भ्यालेन्टाइन संस्कृतिका बारेमै घृणा उत्पन्न हुन थाल्यो बिभिन्न प्रश्नहरु खेल्न थाले र केही लेख्ने जमर्को गरें ताकि अरु अभिभावकले यस्तो प्रत्युतर सुन्न नपरोस् ।

केही बर्षअघिसम्म बर्षमा एक दिन फेब्रुअरी १४ तारिखका दिन मात्र चर्चामा रहने भ्यालेन्टाइन डे ले अहिले नेपालमा महिनौदेखि चर्चा कमाउन थालेको छ । जसको असर स–साना बालबालिकाको मन मष्तिश्क सम्म पुगेको छ । जसको ज्वलन्त उदाहरण हुन मेरी साथिकी छोरी । यसै सन्दर्भमा विदेशी संस्कृतिले नेपाली समाजलाई नराम्ररी गाँजेकोमा सर्वप्रथम म आम नेपाली दाजुभाइ र समाजसँग प्रश्न गर्न चाहन्छु आखिर कता जाँदैछ हाम्रो समाज ? के सिकाउँदैछौ हामिले हाम्रा बालबालिकालाई ? विदेशी आयातित संस्कृतिमा हामी यति धेरै अव्यस्त भइसक्यौं कि यसैको उपज हो मेरो त्यो अवोध छोरीको ‘हग डे’ । बालबालिका भनेका काँचामाटा न हुन आखिर हामीले जे सिकायो त्यहि न सिक्ने हुन उनीहरुले । दुखको कुरा हो हामीले हाम्रा सन्तानलाई माघे संक्रान्तिका बारेमा बुझाउन सकिरहेका छैनौं तर भ्यालेन्टाइन डे कण्ठ बनाएर  रटाएका छौं ।

प्रत्येक बर्ष पश्चिमा देशहरुमा मनाइदै आइएको भ्यालेन्टाइन डेले नेपाली संस्कृतिलाई  यतिधेरै गाँजिसकेको छ कि यहाँ दशै आउदा बरु दुई हप्ता अघिदेखि चहलपहल हुन्छ तर भ्यालेन्टाइन आउदा महिनौ अघिदेखि चलहपहल बढीसकेको हुन्छ । आखिर किन ? के यहि सिकाउदै छौ त हामीले हाम्रा सन्ततिलाई ? यो प्रश्नको उत्तर हिजोआज सबैसामू टड्कारो बन्दै गएको छ ।यो प्रभाव बालबालिकामा अत्याधिक पर्नाको कारण सामाजिक सञ्जाल र हाम्रा टिनेजर भाइबहिनी हुन् जो भ्यालेन्टाइन योजना बुन्दै १४ फेब्रुअरीको कल्पनामा चुर्लुम्म डुब्ने गर्दछन । यथार्थमा टिनेजहरु मात्रै नभई विवाहित जोडीहरु समेत अग्रपंक्तिमा देखिएका छन् ।केहि वर्ष अघिसम्म भ्यालेन्टाइन डे भनेको पश्चिमी संस्कृति हो भनेर वास्ता नगर्नेहरु समेत हिजोआज भ्यालेन्टाइन डेको पखाईमा हुन्छन् । तर त्यसले नेपाली समाजलाई कस्तो असर पारिरहेको छब भन्ने कुरा चाहिँ उनीहरुले बुझ्न सकिरहेका छैनन् ।

पश्चिमी संस्कृति अन्धाधुन्ध अनुशरण गर्दा त्यसले समाजमा पार्ने नकारात्मक असरका बारेमा कसैले सोच्न भ्याएको छैन । भ्यालेन्टाइनको नाममा छाडापन र अश्लिलता भित्रिएको बारेमा यहाँ कसैलाई चिन्ता र चासो छैन ।यदि यस्तै हो भने भोलिका दिनमा हाम्रा सन्ततिलाई सन्डे,मन्डे ट्युस्डे रोज डे,हग डे किस डे पनि पढाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank