बुद्धको ज्ञानको ४ चुरो कुरो र ८ मार्ग

मङ्लबार, बैशाख १८, २०७५

loading...

- कमल चौलागाईँ



सिद्धार्थ गौतमको जन्म इशा पुर्ब ६२३ मा बैशाख शुक्ल पूर्णिमाको दिन माता मायादेवी कपिलवस्तुस्थित तिलौराकोट दरवारबाट आफ्नो माइती देवदह जादाजाँदै बीच बाटोमा प्रसव व्याथाले च्यापेर लुम्बिनी वनको पुष्करिणी तलाउको किनारको एउटा रुखको फेदमा आराम गरेको अवस्थामा भएको थियो । जुनस्थान पडेरिया गाउँको छेउ तत्कालको कोलीय राज्यको पश्चिम् तथा कपिलवस्तुको पुर्व पट्टि पर्दछ ।

जन्मेको पाचौं दिनमा असित ऋषिले बालकको नाम सिद्धार्थ राखी दिए । जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भयो । उनको लालनपालन सानिआमा महाप्रजापती गौतमीबाट भयो । पाली भाषाको साहित्यमा उल्लेख छ कि बालक सिद्धार्थ ४ बर्षको उमेरमा जम्बु बृक्षको फेदमा बसेर गहिरो ध्यानमा बसेको दृश्य पिता राजा शुद्धोधनले देखेका थिए ।सिद्धार्थको बिबाह कोलीय राज्यकी राजकुमारी यसोधारासँग भयो ।

मानव जीवन दुःखले भरिएको छ र यसको कारण के हो ? र यसबाट मुक्ति पाउने उपाय के होला भन्ने खोजीमा यिनी २९ बर्षको उमेरमा गृह त्याग गरि हिडे । सिद्धार्थले घरबार त्यागी (महाभिनिष्क्रमण) ६ बर्ष सम्म शरीरलाई कष्ट दिएर तपस्या गर्दा पनि ज्ञान प्राप्त भएन ।

–अतिको (काम सुखमा अधिक लिप्त हुने वा शरीरलाई कष्ट पुर्याइ कठोर साधना गर्ने) विकल्पमा मध्यम मार्ग (सम्यक मार्ग) खोजे । अन्न त्याग गरि शरीरलाई कष्ट दिएर तपस्या गर्ने बाटो त्यागी शरीरमा केही शक्ति प्राप्त गर्न अन्न पानी लिएर ज्ञान प्राप्ती गर्न श्वासप्रश्वासप्रतिको सजगता अपनाउदै ध्यान मार्गमा अगाडि बढे । सिद्धार्थले कठोर साधनाको बाटो छाडेर अन्न ग्रहण गरेपछि उनका सहकर्मी ५ तपस्विहररू कौण्डन्य, अस्सजी, महानाम, वप्प, भद्दियले गौतम पतनको बाटोमा गयो भनेर उनको साथ छाडे । उनी एक्लै आफ्नो ध्यान मार्ग तर्फ लागे । एक दिन एक ब्राह्मणिले दिएको खिर खाएर ज्ञान प्राप्त नगरी उठने छैन भन्ने अठोटका साथ भारतको गयास्थित पिपलको रुखमुनी ध्यानमा बसे । रातभरको ध्यानपछि बिहान उठदा उनलाई ज्ञान प्राप्त भैसकेको थियो । यसरी उनले बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्धको नामले प्रख्यात भए । प्राप्त ज्ञानको पहिलो शिक्षा उनले आफुलार्इ त्यागेर हिडेका ५ तपस्वी ब्राह्मण जो वनारसको मृगदा बनमा थिए त्यही गएर बुद्धले जीवन र जगतको शाश्वत ज्ञान् बाडे ।

बुद्धको ज्ञानको चुरो कुरो ४ आर्य सत्य के हो भने  १. मानव जीवन दुःखपुर्ण छ २. दुःखको कारण छ ३. दुखको निवारण पनि छ ४. दुः ख निवारणको उपाय पनि छ । उक्त उपायको रुपमा बुद्धले ८ मार्ग सुझाए । १. सहि दृष्टि, २. सहि संकल्प, ३. सहि बाचा, ४ सहि काम, ५. सहि जिविका, ६ सहि प्रयत्न, ७. सहि चेत र ८. सहि समाधी ।

बुद्धले दुःखको पछाडिको मुल कारणमा तृष्णा र यशप्रतिको अबिच्छिन्न आशक्तिभाव भएको तथ्य उजागर गरे । उक्त तृष्णाको मुलमा रहेको अज्ञानलाई नाश गर्नुनै दुःख मुक्तिको बाटो हो भन्ने तथ्य औल्याए । अति भोग बिलास र अति दुष्कर चर्याको बाटो त्यागी मध्य मार्ग अगाल्नु पर्ने शिक्षा दिए । बुद्ध दर्शनका ३ प्रमुख स्तम्भ शिल, समाधी र प्रज्ञा हुन । शिल (आचरण) को पालनाले समाधी (ध्यान) पुष्ट हुन्छ र ध्यानको अभ्यासले प्रज्ञा .ज्ञानोदय) प्राप्त हुन्छ ।

बुद्ध लुम्बिनिमा जन्मे, बोधगयामा ज्ञान प्राप्त गरे, वनारसमा ज्ञान बाडे र कुशिनगरमा ८० बर्षको उमेरमा देह त्याग गरे । मृत्युअघि अन्तिम उपदेश भिक्षु सुभद्रलार्इ दिए । बुद्धकै सुझावमा उनलाई कुशिनगर स्थित साल वनमा लगियो । जुन बनमा रहेको दुई साल वृक्षको बिचमा उत्तरतर्फ सिरानी गरि दायाँ कोल्टे दायाँ खुट्टा माथी बायाँ खुट्टा राखेर सुतेकै अवस्थामा ध्यान मार्ग बाढ्दै देह त्याग गरे ।

बुद्ध ३५ बर्षको उमेरमा बुद्ध भए र ३६ बर्षको उमेरमा घर छोडेको ७ बर्ष पछि कपिलवस्तु दरवार गए । उनको पिता, सानीआमा, पत्नी र पुत्र राहुल समेत नगरवासीहरुले भब्य स्वागत गरे । बुद्ध उपदेशबाट प्रभावित भएर शाक्य र कोलीय बंशका राजकुमारहरु भद्दिय, अनुरुद्ध, आनन्द, भृगु, किम्मिल, देबदत्त र तिनको हजाम उपाली भिक्षु बने । बुद्धले महिलालार्इ पनि पुरुष सरह धर्म अभ्यास गर्ने प्रेरणा दिए । सानी आमा महाप्रजापती गौतमी, पत्नी यसोधारा समेत कपिलवस्तुका ५०० राजकुमारी, कन्याहरु बुद्ध संघमा प्रबेश गरि भिक्षुणि बने । जातिभेद चरम रहेको अवस्थामा पनि बुद्धले सुनित, उपाली र स्वस्ती जस्ता अछुतलार्इ उच्छ स्थान दिए ।

245 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank