नेकपाको केन्द्रीय सदस्यबारे भ्रममा नपरौँ र नपारौँ

शनिबार, जेष्ठ ५, २०७५

loading...


कमल चौलागाई
केन्द्रीय सदस्य, नेकपा
वि.स. २०७० सालदेखि नै हामीले पटक–पटक गर्दै साना १९ पार्टीलाई एकीकरण गर्दै संयुक्त राष्ट्रवादी समाजवादी पार्टी सञ्चालन गर्दै आएका थियौँ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण गरी चुनावमा जाने निर्णको स्वागत गर्दै निशर्त रुपमा वाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरि देशभरी नै माओवादी र एमालेका उम्मेदवारलाई सघायौँ ।

त्यही सिलसिलामा माओवादीको पार्टी एकीकरण वार्ता कमिटीसँग वार्ता भइ २०७४ कात्तिक २९ गते पार्टी अध्यक्ष प्रचन्ड उमेदवार हुनु भएको चितवन मै गएर वार्ता टुंग्याई ३ पार्टी बीचको एकीकरण सम्झौतामा अध्यक्ष क. प्रचण्ड, म कमल चौलागार्इ र नयाँ शक्ति वाम ध्रुविकरण संयोजक ठाकुर चापागाईं बीच संयुक्त हस्ताक्षर भइ हामी दुबैले आ–आफ्ना पार्टी माओवादी केन्द्रमा विलय भएको घोषणा ग¥यौँ । त्यस सम्झौता अनुरुप जिम्मेवारी दिने क्रममा म र ठाकुर चापागार्इलाई सचिवालय सदस्यको रुपमा राखियो । र देशभरीका अन्य साथीहरूलाई पोलिटब्युरो, केन्द्रीय कमिटी र राष्ट्रिय परिषदमा राख्ने सहमति भयो ।

माओवादी केन्द्रको नीति अनुसार सचिवालय सदस्यलाई एकीकृत पार्टीको केन्द्रीय सदस्यमा राख्ने निर्णय मुताबिक अरु साथीहरू जसरी नै म केन्द्रीय कमिटीको सदस्यमा परेको हुँ । कसैलाइ पनि यो भ्रम नपरोस कि मैले कसैको भाग खोसेर यो पद हात लगाएको हुँ । माओवादीभित्र कस्को के हैसियत हो त्यो उहाँहरूले र नेतृत्वले जान्ने कुरा हो । म मात्रै हैन यसरी करिब ४० पार्टीबाट माओवादीमा एकीकृत भएका मध्येबाट कोही सचिवालयमा त कोही अन्य कमिटीमा समेटिएका छन् ।

मैले बुझेसम्म पार्टी नेतृत्वले क्राइटेरिया मिचेर कुनै प्रकारले मनोनित गरेको छैन । यसबारे भ्रममा पर्ने र भ्रामक प्रचार गर्न जरुरत देख्दिनँ ।

470 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank