मोदी भ्रमणको सिंहावलोकनः राष्ट्रियतामा खतरा

शनिबार, बैशाख २९, २०७५

loading...

- कविराज खत्री



नेपालका प्रधानमन्त्री के.पी. शर्मा वलीले गरेको आमन्त्रणलाई स्वीकार गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ र २९ गते नेपालको भ्रमणमा आएका छन् ।

एक देशका प्रधानमन्त्रीहरु अर्को देशको भ्रमण गर्न आउनु कुनै नौलो कुरा होइन । भाईचारा सम्बन्धलाई घनिष्टतामा रुपान्तर गर्न, वेमेल कुटनीतिलाई न्यूनिकरण गर्न तथा आपसी सहयोग सम्बन्ध थप प्रगाढ बनाउन यस्ता भ्रमणहरुले उल्लेखनीय भूमीका निर्वाह गर्दछ । भ्रमणको यहि सकारात्मक पक्ष हो ।

भारतीय प्रधानमन्त्री नेपालको भ्रमणका किन आए ? यो मूख्य विषय होइन । पाहुनालाई स्वागत कति र कसरी गर्ने ? यो पनि मूख्य विषय होइन । मूख्य विषय भ्रमणका क्रममा के कस्ता सहमति हुन्छ ?, भ्रमणको अन्तरनिहित उद्देश्य के हो ? समस्याका विषयहरुलाई कुन दर्जाबाट कसरी उठान गरिन्छ ? मूख्य विषय यहि हो ।

भ्रमण के का लागि ? कसलाई फाईदा, कसलाई वेफाईदा ? यो विषयको अध्ययन गर्नका लागि उसले गरेको विगतको ब्यवहारलाई अध्ययन गर्नु पर्ने हुन्छ । भारत र नेपालको विषयमा कुरा उठान गर्दा यी दुई देशहरुको सम्बन्ध निकै पुरानो र प्रगाढ रहेको छ । धर्म, संस्कृति, भाषा, भेषभुषा, रीतिरिवाज, परम्परा, साहित्य, शिक्षा आदि कुराहरु लगभग मिल्दाजुल्दा छन ।

यति मात्र होइन सीमा सम्बन्ध, वैवाहिक सम्बन्ध झन नजिक रहेको छ । आर्थिक आधार हेर्दा सन १९५० तिर लगभग समान थियो । अहिले आएर भारतमा पूँजी र प्रविधिको विकास निकै द्रुत गतिमा भईरहेको छ भने नेपालको अवस्था पहिलोको भन्दा परनिर्भरतामा नै सिमित रहेको छ । यो एउटा पक्ष भयो ।

अर्को पक्ष राजनीतिक पक्ष हो । नेपाली कांग्रेस, नेकपा पार्टीको विकास पहिला भारतबाटै भएको हो । यी पार्टीका नेताहरु पहिला भारतकै हुने गर्दथे ।

जसका कारणले गूप्त रुपमा राजनीति संचालन गर्नका लागि र मध्य युगिन सामान्ति भ्रष्ट राजतन्त्रको समूल नष्ट गर्नका लागि भारतबाटै राजनीतिक शुरु भएको इतिहास रहेको छ । सायद यहि कमजोरीका कारण होला भारत नेपालको सबैभन्दा नजिकको छिमेकी देश भएर पनि उ नेपालका लागि कहिल्यै असल छिमेकी बन्नु पर्दछ भन्ने सोच आएन । नेपालको उन्नती र प्रगतीको सँधै बाधक बनिरहेको छ । यति सम्मकी आजभन्दा केही दसक अघि भारतले नेपाललाई आफ्नो देशको एउटा प्रान्तको रुपमा लिने गर्दथ्यो । यद्धपी त्यो सोच भारतसित अहिले पनि रहेको छ । जसको उदाहरण हो भारतीय सत्ताको आवश्यकता अनुसार गणतन्त्रात्मक संविधान बनेन अर्थात भारतले दिएको ड्राफ्ट स्वीकार गरिएन भनि अघोषित रुपमा नाकाबन्दी लगाउनु ।

युगौं देखी अहिलेसम्म भारतले विना सित्तैमा नेपालका प्राकृतिक स्रोत साधानहरु हडप्ने, पानी कब्जा गर्ने कुटनीति अपनाउँदै आएको छ । सत्ता परिर्वतनका लागि सघाएको बाहाना बनाएर सत्ता परिर्वतन संगै कुनै न कुनै प्राकृतिक स्रोत र साधान आफ्नो कब्जामा पार्नु उसको एक मात्र उद्देश्य रहेको हुन्छ ।

यस विषयमा नेपालका सत्ताधारिहरुले जहिले पनि लाज पचाएर भारत सरकारसित सत्ता प्राप्त गर्न वा सत्ता टिकाउन नेपालका आधाभन्दा धेरै प्राकृतिक स्रोत र साधान बेचिसकेकाछन । यो राजनीतिक वेइमानी हो । यस विषयमा भारतलाई मात्र दोष दिएर हुँदैन । नेपालको सत्ता नै प्रमूख दोषी छ ।

किनभने नेपालका सत्ताधारीहरुलाई नेपाल र नेपाली जनताप्रति कुनै विश्वास छैन । प्रजातन्त्रमा जनता बलिया र सर्वोच्च हुन्छन भन्ने विश्वास छैन । नेपाली जनता भेडा हुन, यीनीहरुसीत कुनै प्रकारको शक्ति छैन । हाम्रो सत्ताको अन्तिम र निर्णायक शक्ति भारत नै हो भन्ने भुत अहिले पनि हाम्रो सत्ताधारीहरुको मनमा यथावत नै छ ।

यसै सेरोफेरामा मोदी नेपालमा दुई दिनका लागि भ्रमणमा आएका छन । उनको भ्रमणका लागि जनकपुरमा जुन प्रकारको नागरिक अभिनन्दन गरियो । त्यो मिथ्या र अतिरंजित नै छ । नेपालका शासकहरुले जुन हर्कत देखाएर जी हजुरिया गरे, त्यो विषय देश र जनताको अहितमा छ । यति मात्र होइन, अन्तराष्ट्रिय जगतमा नै निन्दनिय कार्यका रुपमा देखा परेको छ । सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको सिर निहुराउनु पर्ने अवस्था श्रृजना गरेको छ । यसका केही प्रमाणहरु छन । यो आलोचना गर्नका लागि लगाईएको आरोप होइन, जुन यर्थातता हो, त्यही उजागर गर्न खोजिएको हो ।
क) मोदी जनकपुर आउँदा स्वतन्त्र मधेश देशको नारा उठ्नु र ब्यानर देखा पर्नुः नेपाल र नेपालीका लागि यो सबैभन्दा घातक विषय हो । कति जनाले स्वतन्त्र मधेश देशको माग गरे ? यो प्रधानपक्ष होइन, प्रधानपक्ष त के हो भने त्यो नाराको उठान श्रमजीवि मधेशी जनताले उठाएका होइनन, यो नाराको उठान गर्न लगाउने तिनै मोदी हुन । जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न लगाउने, अंगिकृत नागरिकताधारीहरुलाई राज्यको सर्वोच्च अंगमा पदिय जिम्मेवारी दिन लगाउने र मधेश तथा भारतबीच जुन चेलीवेटीको सम्बन्ध छ, त्यही सम्बन्धका आधारमा मधेशमा आन्दोलन चर्काउन लगाउने र अन्तमा एक वा अर्को प्रकारले नपालबाट मधेशलाई अलग राज्य बनाउन लगाउने, त्यस पछि मधेश देशलाई भारतमा गाभ्ने गम्भीर रणनीति भारतले बनाएको छ । सोही कुटिल चाललाई सार्थकतामा पु¥याउनका लागि मोदी जनकपुरको भ्रमणमा आएका हुन । यो धुव्र सत्य कुरा हो । भारतीय विस्तारवादको यो कुटिल अभियान सफल पार्नका लागि के.पी. सरकारले भरपुर मद्धत गरेको छ । होइन भने रक्षामन्त्री बोलिरहँदा विखण्डनकारी आयातित नेपालीहरुले किन उनलाई बोल्न रोक्ने प्रयास गरे ?

ख) मेरे कोली भाईसाहव’ भनि सम्बोधन गर्नु : मोदीले नेपाल र नेपालीको कति खिल्ली उडाए भन्ने कुरा यहि सम्बोधनले दिएको सन्देश काफी रहेको छ । नाकाबन्दीका बेला खरो रुपमा भारतको विरुद्धमा उभिएको नाटक गरेर सत्ता प्राप्त गर्ने उद्देश्य बोकेका रहेछन वलीले भन्ने प्रमाण मोदीले दिएकाछन । एउटा सार्वभौमसत्ताका सर्वोच्च ब्यक्ति प्रधानमन्त्रीलाई अर्को देशको प्रधानमन्त्रीले ‘मेरे कोली भाईसाहव’ भनेर सम्बोधन गर्न मिल्छ की नाई ? यहि कुरा भारत गएको बेला वलीले मोदीलाई ‘ मेरो धोती भाई’ भनेको भए भारतले वलीलाई माफी माग्न लगाएर मात्रै नेपाल फिर्ता गराउने थियो । तर पदिय मानहानी हुँदा अर्थको अनर्थ बोल्दा समेत यसको प्रतिवाद गर्न नसक्नु यो सरकार कति विस्तारवादको गुलामी र कठपुतली सरकार रहेछ ? भन्ने कुरा प्रष्ट छ ।

एउटा देशको,त्यो पनि त्यती ठूलो देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा झुक्किएर पनि ‘मेरे कोली भाईसाहव’ भन्नै मिल्दैन । झुक्किएर भनिएको पनि होइन । ठीक छ कोली त झुक्किएर भनियो तर मेरे भाईसाहब भनेर सम्बोधन गर्न पाहिन्छ ? कदापी पाईदैन । मोदीले जुन शब्द ओकलेका छन , त्यो शब्दको अर्थ हो नेपालको सत्ता मेरो गुलामी सत्ता हो, कठपुतली सत्ता हो । नेपालको सत्ताको चापी मेरो हातमा छ । यहि भावार्थ उजागर भएको छ मोदिको सम्बोधनमा ।

मोदीको सम्बोधनले नेपाली जनताको ठूलो मानहानी भएको छ । यसको कडा विरोध गर्नु पर्दछ र मोदीलाई त्यो अपमानित शब्द फिर्ता लैजनाका लागि मोदीका विरुद्ध शसक्त आन्दोलन गर्नु पर्दछ । कम्युनिष्टका नाममा पानी मरुवा, दलाली, कठपुतली वर्तमान वलीको सत्ताच्युत गर्नु पर्दछ । सारमा मोदीको यो सम्बोधनले सार्वभौम सत्ता भारतको हातमा छ भन्ने तथ्य उजागर गरेको छ ।

ग) संविधान संसोधनको खतराः यसो त भारतकै बलमिचाईमा नेपाली जनताको भावना र चाहाना विपरित संघीय शासन प्रणाली लागु गरेर अखण्ड नेपाललाई विखण्डन पारिएको छ । त्यसैमा पनि मोदीको जनकपुरबाट शुरु भएको भ्रमणले संविधान संसोधन गरेर जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, जसका कारणले ५१ प्रतिशत मेधेशी सामान्ति शासकहरुको सत्तामा उपस्थित हुन्छ र स्वतन्त्र मेधेश देश घोषणा भई त्यो स्वतन्त्र मधेश देश पछि भारतमा गाभिने निर्णय हुन्छ । केन्द्रीय सत्तामा भारतका दलालहरुलाई पु¥याउनका लागि अंगिकृत नागरिकताधारीहरुलाई अधिकार दिईन्छ । यहि प्रयोजनका लागि वली सरकारले अबको केही महिनामा मोदीको आदेश अनुसार संविधान संसोधन गरी माथिका अधिकारहरु प्रत्यायोजन गर्ने खतरा उत्पन्न भएको छ । यस कारण मोदीको भ्रमणले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता नै धरापमा परेको छ ।

घ) सुधारवादी वामपंथी एकताको अन्त्यः नेपाल र नेपालीको हितका लागि तथा स्थिर सरकार निर्माणका लागि भन्दै माओवादी केन्द्र र एमालेबीच विगतको संसदीय चुनावमा चुनावी एकता भयो । त्यो चुनावी एकता पार्टी एकतामा रुपान्तरण गर्ने सहमति पनि भयो । राजनीतिक विश्लेषण जे गरिएता पनि यी दुई पार्टीको एकतालाई आम नेपाली जनताले निकै चाखपूर्ण तरिकाले हेरेका थिए । धेरै जसो जनताहरु खुसी पनि भएका थिए । पार्टी एकताको अन्तिम टुगों पनि लाग्दै थियो । जब वलीले भारत भ्रमण गरे र मोदीले नेपाल भ्रमण । अब लगभग यी दुई पार्टीको एकता नहुने र भए पनि पार्टी एकता होइन, केही कार्यकर्ता एकता मात्रै हुने संभावना बढेर गएको छ । किनभने वलीको लम्पसरवाद देखेर ती दुई पार्टीका क्रान्तिकारी नेता कार्यकताहरु आक्रोसित छन । वलीको दलालगिरी र कठपुतली सत्ता देखेर राष्ट्रियता खतरामा परेको महसुस गरेकाछन । तसर्थ वली र प्रचण्डको एकता भए पनि नभए पनि यी दुई नेताको नृेतृत्वमा पार्टी र सत्ता संचालन भयो भने देशको अस्मिता अब कुनै पनि हालतमा बच्दैन भन्ने पुष्टि भएका कारण क्रान्तिकारी नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा छैनन । यद्धपी अब क्रान्तिकारी नेता र कार्यकर्ताले यी दुई पार्टी परित्याग गर्ने तयारी गरेकाछन । त्यस कारण सुधारवादी वामपंथी पार्टी एकताको पनि लगभग अन्त्य भएको छ ।

ङ) भारतीय सेना बर्दीमा नेपाल आउनु र जनकपुर मन्दिर कब्जा गर्नु : एउटा सर्वाभौम देशमा सुरक्षाको बहाना बनाएर भारतीय सेनाहरु जनकपुर आए । कुटनीतिक रुपमा र अन्तरारष्ट्रिय कानुनी रुपमा नै यो अपराधिक घट्ना हो । एउटा मात्र प्रश्नः मोदीले यसै गरी चीन र अमेरिकाको भ्रमणमा आफ्नो देशका सेना लैजान पाउँछन त ? पाउँदैनन । वर्तमान सरकार कति भारतको कठपुतली सरकार रहेछ ? भन्ने कुराको पुष्टि यो घटनाले पनि गरेको छ । यस सम्बन्धमा यति नै कुरा उठान गरे पुग्ला । मोदीको भ्रमणले नेपालीबीचको सदभाव, एकतामा खलल पु¥याएको छ । नेपालको अस्मिताको चिर हरण गरेको छ भने धार्मिक भ्रमणका नारा दिएर नेपालका पुरातात्वीक सम्पदाको लुटान गर्ने योजना बनाईदैछ । यति मात्र हाईन चीनसित युद्ध गर्नु परेको खण्डमा नेपाललाई रणमैदान बनाउने योजनाका साथ मोदीको नेपालभ्रमण भएका कारण यस पटकको मोदीको भ्रण नेपाल र नेपाली जनताका लागि इतिहासको कालखण्डमा सबैभन्दा घातक साईरन बनेको छ ।

323 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank