निर्वाचन आयोग हैन काङ्ग्रेस माओवादी आयोग हो !

निर्वाचन आयोगद्धारा अविवेकी निर्णय, जनताको अमूल्य मतको बलात्कार

आइतवार, जेष्ठ २१, २०७४

loading...

- संझना पौडेल



सरकार मजदुरहरुले एक दिनको ज्याला माया मारेर लाइन बस्दै दिएको भोटको कुनै अर्थ रहने कि नरहने ? यदि नरहने हो भने  अब फेरी मतदान गर्दा खेर जाने कि नजाने ? हुनेलाइ त एक दिनको मजदुर केही नहोला तर दिनभर मजदुरी गरेर एक छाक टार्नेलाई के होला ? अब उनीहरुको मतको कदर कुने कि नहुने ?हैन भने अब फेरि मतदान गर्न जादा त्यो दिनको ज्याला कस्ले दिने  ? वास्तममा भन्ने हो भने जित्नेले  ५० पटक निर्वाचन गरेपनि जित्छ हार्नेले हार्छ नै । उसो भए निस्पक्ष मतगणना किन नगर्ने ? अनि फेरि जनतालाई दुख किन दिने ? जम्मा च्यातीएको ९० मत हो भने ४५ -४५ दुवै पार्टिकोमा हालेर जहाँबाट रोकिएको हो त्यहिबाट सुरु किन नगर्ने ?

यदि यसरी नै पुन मतदान गराउदै जाने हो भने  भोलि अर्को ठाउँमा कुनै पार्टीका उमेदवारले हार्ने संकेत देखा पर्ला र मतपत्र नच्यातिएलान् भन्न सकिन्न   । अब के निवार्चन आयोगले बर्षैभरी निवार्चन मात्र गराइरहेने हो त ?जहाँसम्म निर्वाचन आयोगले मतगणना जारि राखेको भए उचित हुन्थ्यो ।साच्चिकै जनताको अमूल्य मतलाई जबर्जस्ती बलात्कार गरियो ।

मतदान गर्ने निर्वाचन आयोगको निर्णयले हार्ने निश्चित भएपछि मतपत्र च्यात्ने नजिर स्थापित हुने खतरा देखियो । संबैधानिक आयोगले गरेको निणर्य गलत र सहि भनि छुट्याऊने अधिकार कुनै ब्यक्ति या पार्टी बिशेषमा हुन्छ ? हुदैन सही लाई सही गलत लाई गलत भन्न किन नपाउने ? यस्ता गलत नजिर बसालेपछि दोश्रो चरणको निर्वाचन धेरै ठाउँमा असफल हुने निश्चित छ।

सत्ता र शक्तिको दलदलमा निर्वाचन आयोगले यस्तै निर्णय गर्ने हो भने अब संबैधानिक आयोगहरु बारे पुनर्विचार गर्नु पर्ने भो ! निवार्चन ओयोगले पुन मतदान गराउने भनेसँगै यतिबेला चौतर्फि बिरोध भएको छ , कतिपयले त सामाजिक संञ्जालमा  निर्वाचन आयोग हैन काङ्ग्रेस माओवादी आयोग हो ! अब कुनै पनि दलले चुनाव हार्ने भो भने मतपत्र च्यात्ने मात्र हैन , आगो सल्काउने , एसिड खन्याउने , रङ भएको पानी खनाउने गर्नै पर्छ ! यो नजिरले पुनमतदान हुने छ ! यस्ता नालायक नेताहरुको गोजिको भरौटे आयोग ! जति सराप्दा पनि कम हुन्छ ! भनेर सम्म लेख्न पछि परेका छैनन् ।

जुन दिन भरतपुरमा मत पत्र च्यातियो चेतनशील नेपाली नागरिक लाई अनुमान लगाउन सहज थियो । आयोगको निर्णयले थाहा भयो कि नेपालमा कुनै पनि संस्था आयोग अक्षुतो रहेनछ कसरी विश्वास गर्ने अब निर्वाचन आयोगलाई दोश्रो चरणको चुनाव सफल पार्छ भनेर  ? के अब जनताले भरतपुरमा फेरी मतदान गर्लान ?
जनताको अभिमत च्यत्नेहरुलाइ किन पुन मतदान ? निर्वाचन आयोगको गतिविधि पनि शंकास्पद देखियो । धाँधलीको चरम नमुना र नाङ्गो नाच सत्ताको दुरुपयोग यो भन्दा अरु के हुन सक्छ?

नर्वाचन आयोगको यो निर्णयले भोलिका दिनमा धेरै ठाउँमा निर्वाचन गर्न पर्ने गलत नजिर बस्नेछ । जनताले विश्वास गरेर दिएको मतपत्र च्यात्ने अधिकार कसैलाई छैन । मतपत्र च्यात्ने नाइकेहरु लाई चाहिँ जेलबाट ससम्मान रिहा गर्ने अनि पुन निर्वाचन घोषणा गर्ने ?यो निर्वाचन आयोगको इतिहासमै घोर अविवेकी निर्णय हैन र ?

 पौडेल नेपाल एफएक नेटर्वककी समाचार वाचिका हुनुहुन्छ ।

15107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv