इतिहास रच्दै काठमाडौं जेसिजमा पहिलो पटक महिला अध्यक्ष

सोमवार, पुस २४, २०७४

loading...


काठमाडौं, काठमाडौं जेसिसको ४८ बर्षे इतिहासमा पहिलो पटक महिलाले नेतृत्व सम्हालेकी छिन् । ३५ औं शाखा अधिबेशन तथा ४७ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित इनु थापाले सन् २०१८ का लागि पदभार ग्रहण गरेकी हुन् । उनलाई निवर्तमान अध्यक्ष दीपक भण्डारीले पद तथा गोपनीयताको सफत गराई पदभार हस्तान्तरण गरे ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल जेसिजका निरूपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदम बिक्रम सिंह तथा निरूपित राष्ट्रिय उपाध्यक्ष रबिन पोखरेलको उपस्थितीमा राजधानीको नेपा ब्याङकेटमा आयोजित ४८ औ पदस्थापन समारोह कार्यक्रममा काठमाडौं जेसिजका पूर्व अध्यक्षहरु गजेन्द्रबहादुर श्रेष्ठ, प्रकाशचन्द्र प्रधान, सन्जयनाथ जोशी, ईन्द्ररत्न बज्राचार्य, सुरेश प्रजापति, मनोजकुमार श्रेष्ठ, सुशीलकुमार श्रेष्ठ, रत्नकाजी श्रेष्ठ, बद्री दास श्रेष्ठ, सुशील बाबु श्रेष्ठ, मनिन्द्रबहादुर जोशी, श्यामकृष्ण श्रेष्ठ, प्रमिल स्थापित, चन्द्र रबी श्रेष्ठ, गणेश पौडेलले बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारीको गलाज्ञबाट अध्यक्षको पदभार प्रतिक चेन (हार) झिकी निर्वाचित प्रथम महिला अध्यक्ष इनु थापालाई पहि¥याएका थिए ।

सोही अबसरमा नवनिर्वाचित अध्यक्ष थापाले २०१८ का लागि कानुनी सल्लाहकारमा सागर श्रेष्ठलाई नियुक्त गरी संचालक समितिलाई पूर्णता प्रदान गरी १६ सदस्यीय पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन । नवनिर्वाचित पदाधिकारीमा निवर्तमान अध्यक्ष दिपक भण्डारी, कार्यकारी उपाध्यक्षहरु विवश कर्माचार्य, भुवनकुमार श्रेष्ठ र मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सहसचिवमा रफी भण्डारी, सहकोषाध्यक्ष प्रनिल थापा छन् ।

223 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!