नागरिकताको महत्व !

शुक्रबार, जेष्ठ १०, २०७६

loading...

- सीता ओझा



- सीता ओझा

अहिले हामी नागरिकताको विषयमा व्यापक चर्चा गरिरहेका छौ । नागरिकता व्यक्तिको राज्यसँग जोडिएको परिचयपत्र हो । यो परिचयपत्रको आधारमा प्रत्येक व्यक्तिले उसको भौगोलिक सिमासँग जोडेर आफ्नो पहिचान बनाउछ । त्यो पहिचानका आधारमा नै व्यक्तिको आर्थिक, सामाजिक हैसियत कायम हुने गर्दछ ।  त्यसैको जगमा टेकेर नागरिकता बन्ने , नागरिकता पाउने या नपाउने कानुनी सिमा तय गर्ने गरिन्छ । यसरी जोडिएको विषयले नागरिकता पाउने विषय कहाँ जन्मियो ? र कहाँ जन्मिएकाहरूले जन्माएका हुन ? भन्ने परिचय खोजिन्छ । नवजात शिशुको जन्म दर्ताको प्रकृयामा नै पहुँच नभएका सर्वसाधारणलाई कानुनी रूपमा चुकाउने विषयको सम्बोधन कसरी गर्ने भन्ने कुरा नै नागरिकता बिहिन गराउने प्रमुख समस्याको रूपमा देखिएको छ ।

दोस्रो कुरा अहिलेसम्म हाम्रो देशको पञ्जिकरणको कानुनि प्रकृयाले आमाबाबुको परिचय नखुलेको अवस्थामा जन्म दर्ता नगरिदिदा ती बालबालिकाहरूले विद्यालय भर्ना प्रकृया मै बन्चित हुनुपर्ने अवस्था पनि देखिन्छ । अभिभावकको परिचय नखुलेका कारण बालबालिकाले पढ्न नपाउने कुराले ‘सबैका लागि शिक्षा’ भन्ने नारालाई बालबालिकाको शिक्षा पाउने हक ठाडै हनन् गरेको देखिन्छ । केटाकेटीको जन्म दर्ता नै नभए पछि नागरिकताको हक मात्रै होइन जीविकोपार्जनसँग जोडिएका क्रियाकलापबाट पनि बन्चित हुन जान्छन् । राज्य विहिन बनाउने यो प्रकृया निस्तेज गर्ने र राज्यले प्रदान गरेको स्वतन्त्र  शैक्षिक हक कसरी सुरक्षित गर्ने भन्ने विषय पनि नागरिकतासगैँ बहसमा आउनु पर्ने देखिन्छ।

तेस्रो कुरा हरेक बालबालिकाको जन्म र जन्म पछिको वैधानिकता, जनसंख्याको तथ्यांकीय पहिचान, स्थानिय तहको योजना र योजनाको व्यवस्थापनका लागि जन्मको अभिलेखिकरण गर्न अति आवश्यक छ । यहि अभिलेखिकरणको प्रकृयाका नहुँदा या नपाउँदा विस्तारै बालबालिका नागरिकताबाट बन्चित हुने अवस्था सृजना हुन्छ । अहिले पनि हाम्रा अधिकांश आमाहरू बच्चा जन्माउन लागि अस्पताल जान खोज्दैनन् । जादैनन् । बच्चा जन्माउने या जन्मने कुरा पारिवारिक  र सामाजिक अनिवार्यता र राष्ट्रिय आवश्यकता हो भनेर बुझ्ने प्रचलन छैन । सकेसम्म घरमै  बच्चा जन्माउन पाए खर्च हुदैनथ्यो भन्ने मान्यताको कारण घरैमा शिशु जन्माइन्छ । यस्ता पछौटे सोचले  बालबालिकाको परिचय लोप हुने र राज्य विहिन हुनु अर्को समस्या हो ।

त्यस्तै अभिभावक अनागरिक हुने कुराले पनि बालबालिकाको परिचय गुम गराउछ । बालबालिका जन्मेको देशको नागरिकताको कानुनले पनि  बालबालिकाको जन्म दर्तामा समस्या सृजना हुने गर्छ । यी र यस्ता कारण देखाएर बालकको जन्म दर्ता गर्ने या हुने कुरालाई साँघुरो घेरामा राख्नु हुदैन । अहिले नागरिकतासगँ जोडेर बालबालिका जन्मनु र जन्माउने कुरा लिङ्गका आधारमा(छोरा र छोरीबीच) जनेन्द्रीयलाई आधार बनाउदै छोरा पट्टीका सन्तानको राष्ट्रियता र देशसँग सम्बन्ध, स्वामित्व रहने र छोरी पट्टीका सन्तान भान्जा भान्जी गनिने कुरा नागरिकताको विषय निकै चर्चामा छ । नागरिकता जस्तो कुरामा राज्यले छोरा र छोरीका सन्तान मै विभेदकारी कानुन बनाउन दवाव दिने हिसाबले चर्चामा ल्याइएको छ । यस्ता जोड घटाउ नागरिक बन्ने र बनाउने विषयमा भन्दा नागरिकता वितरणको विधि र प्रकृयामा  विदेशी मुल र स्वदेशी मुल के हो ? उसको सन्तान जन्मदाको अवस्थामा जन्म दर्ताका विषयमा उनीहरू बसेको राज्यको कानुनले जम्म दर्ता गर्न गरेको व्यवस्थाले उनीहरूलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरा जन्मदै गरेको शिशुको लागि निकै महत्वपूर्ण विषय हो ।

यी र यस्ता समस्याका बारेमा चर्चा गरिरहदा नागरिकता नभएका जुनसुकै मुलुकका जो कोहीलाई मुलुक भित्र प्रवेश गर्ने र हुने विषयको अनुमतिपत्र लागू गर्नु पर्ने हुन्छ । राज्यले जनसंख्यालाई नियन्त्रण गर्न या वैदेशिक चलखेल रोक्ने या गैर नेपालीले नागरिता पाउनु हुदैन भनी रहँदा मानिसको दैनिक जीविकोपार्जन, बालबालिकाको शैक्षिक क्रियाकलाप , व्यक्तिगत घटना दर्ता, संघसंस्था स्थापना र स्वरोजगार हुने क्रियाकलाप आदीबाट बन्चित हुने र गर्ने गरि कानुन बनाउने कुराले व्यक्तिको सामाजिक आर्थिक  क्रियाकलाप मै निषेध हुने अवस्था सृजना हुनजान्छ । यस्तो विषय सामाजिक न्याय विरोधी कार्य पनि हो ।  त्यस्तै हरेक आर्थिक, सामाजिक क्रियाकलापको औपचारिक प्रकृया उसको जन्म दर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रबाट शुरू भएको देखिन्छ । जन्म दर्ता नहुँदा बालबालिकाले कक्षा भन्दा माथि पढ्न सक्दैन साथै नागरिकता पनि प्राप्ति हुदैन । यस्तो कानुनी प्रावधानले व्यक्ति राज्य विहिन हुन जान्छ र आर्थिक, सामाजिक क्रियाकलापबाट अवरुद्ध हुन जान्छ । सरकारी, निजी तथा वैदेशिक रोजगारी पाउने, कानुनी उपचार र न्याय पाउने कुराबाट पनि बन्चित हुने अवस्था रहन्छ ।

नेपाल मै जन्मेको नेपाली आमाको सन्तान बाबू नेपाली नभएकै कारण जन्म दर्ता, नागरिकता  राजनीतिक सहभागिता, अन्य सहकार्य गर्न साथै व्यापार, व्यवसाय तथा अन्य आर्थिक कारोबारहरू (ऋण तथा बैंक सम्बन्धि कारोबारहरू) राज्यले दिने सामाजिक सुविधा प्राप्त गर्न, अचल सम्पतिको प्राप्ती राहादानी र विदेश भ्रमणबाट बन्चित हुनु पर्ने अहिलेको अवस्थाबाट निकास कसरी निकाल्ने ? यो संवेदनशीलतालाई हामीले नागरिकताको विषयसगँ जोड्न सकेनौं भने राज्यले  नागरिकता दिने कुरा लिङ्गिय हिसाबले विभेदकारी नै रहने छ । यसरी नागरिकता छोरा पट्टी र छोरी पट्टिका सन्तान ( भान्जा भान्जी ) भनेर विभेद गर्नु महिलाको (छोरी) मानवअधिकार हनन् गरिएको संविधान विरोधी कुरा हुन जाने छ ।

नागरिकताको विषयलाई लिङ्गका आधारमा छोराका सन्तानलाई नजिक्याउने र छोरीका सन्तानलाई विभेद हुने हिसाबले बहस गर्ने कुरा आफैमा दृष्टिकोणीय हिसाबले पछौटे चिन्तन र अवैज्ञानिक सोच हो । त्यसैले मानिसलाई राज्य विहिन र आर्थिक, सामाजिक क्रियाकलापमा निषेध गर्ने नियम कानुन र  नागरिकताको सिमा बनाउने कुरा व्यक्तिको नैसर्गिक अधिकार बन्चित गर्ने र संविधानसँगै बाझिने हिसाबले गैरसंवैधानिक बहस नगरौ कि ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata