ठुलो एकादशीको शुभ साइत, कथा र महत्व

सोमवार, मंसिर ३, २०७५

loading...

- भूपेन्द्र शाह



- भूपेन्द्र शाह

ठुलो एकादशी, देवोत्थान एकादशी र तुलसीबिबाहको हिन्दु धर्ममा विशेष महत्व छ । हिन्दु धर्मको मान्यता अनुसार सृष्टिकाे पालनहार श्रीहरि विष्णु चार महिना सुतेर जागेको दिन एकादशी मानिदै आएको छ ।

अाजकाे दिनमा श्रीहरि विष्णुले तुलसीसँग बिबाह गरेको पौराणीक कहानी सुन्न पाइन्छ । भगवान विष्णुले तुलसीसँग बिबाह गरेको आजको दिन गरिेने सम्पूर्ण मंगलमय कार्य जस्तै बिबाह, नामाकरण,व्रतबन्ध, गृह प्रवेशको उत्तम दिन मानिदैं आएको छ । हिन्दु क्यालेन्डर अनुसार ठूलो एकादशी वा तुलसी बिबाह कार्तिक महिनाको शुक्ल पक्ष एकादशी धुमधामसँग मनाइन्छ ।

एकादशीको कथा

पौराणिक कथा अनुसार एक पटक माता लक्ष्मीले भगवान विष्णु सँग भन्छिन् । हे नाथ हजुर समयमा सुत्नु हुन्न । दिनरात जाग्नु हुन्छ । अनि अचानक बर्षाैसम्म सुत्नु हुन्छ । हजुर नियम अनुसार प्रतिवर्ष सुत्ने गर्नुहोस । माता लक्ष्मीले थप्दै भनिन्, हजुर सुतेको खण्डमा म पनि उचित आराम गर्नेछु । लक्ष्मीको कुरा सुनेर विष्णु भगवान मुस्कुराउँदै भने, देवी तिमीले ठिक भनेकी छ्यौं । म जाग्नुले अन्य देवी देउतालाई कष्ट भइरहेको छ । मेरो सेवाको कारण तिमीलाई आरामको समय मिलिराखेको छैन ।

अब म प्रति वर्ष चार महिना सुत्ने छु । यसले तिमी लगायत सबै देवगणलाई फुर्सत मिल्नेछ । यसै कथालाई अप्नाउँदै मानिदै आएको छ कि एकादशीको दिन भगवान विष्णु निन्द्राबाट जाग्ने छन् । यसै दिन पछि सबै शुभ कार्यको शुरुवात हुनेछन् ।
महत्व

हिन्दु मान्यता अनुसार आजको दिन पछि सबै शुभ कार्य सुरुवात गरिनेछ ।आजकै दिन तुलसीको बिबाह गरिने भएकाले भगवान विष्णुको ब्रत कथा सुनेको खण्डमा १०० गाई दान गरे बरारबरको पुण्य मिल्ने  जनविश्वास रहँदै अाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank