तीन शताब्दीमा तीन राष्ट्रपतिमाथि महाअभियोग, क-कसले पाए सजाय ?

सोमवार, माघ २७, २०७६

loading...

- राजु झल्लु प्रसाद



पछिल्लो समय अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि आफूमाथि लगाइएको महाअभियोगको आरोपबाट छुट्कारा पाएको विषय चर्चाको केन्द्रमा छ । महाभियोग सार्वजनिक पदाधिकारीमाथि व्यवस्थापिकाले गर्ने अभियोजनको एक प्रक्रिया हो, जसले पदाधिकारीलाई पदच्यूत गर्दछ ।

अमेरिकी संसदको उच्च सदन सीनेटले बुधवार राष्ट्रपति ट्रम्पलाई महाभियोग आरोपबाट सफाई दिएसँगै । उनीमाथि सत्ता का दुरुपयोग गरेको कांग्रेस (अमेरिकी संसद)को काममाथि रोकावट पैदा गरेको आरोप लागेको थियो । सीनेटमा रिपब्लिकन्सहरू (ट्रम्पको पार्टी)को बहुमत थियो । सत्ताको दुरुपयोग गरेको आरोपमा ट्रम्पको ५२-४८ र कांग्रेसको काममा रोकावट ल्याएको आरोपमा पक्ष-विपक्षमा ५३-४७ मत खसेको थियो ।

महाभियोगको संकटबाट मुक्ति पाउनेमध्ये ट्रम्प अमेरिकी इतिहासका तेस्रो राष्ट्रपति हुन्। उटाहबाट सिनेटर मिट रोमानी एक्लो रिपल्बिकन रहे, जसले ट्रम्पको विरुद्धमा(सत्ता दुरुपयोगको समर्थनमा) मत दिएका थिए । रोमनीले कांग्रेसको काममा रोकावट पैदा गरेको आरोपमा ट्रम्पको समर्थनमा मत दिएका थिए ।

ट्रम्प आरोपमुक्त भए

सीनेटले सफाई पाउनासाथ् व्हाइट हाउसका प्रवक्ता स्टेफानी ग्रीशमले भने, ” राष्ट्रपति ट्रम्पलाई सबै आरोपबाट छुटकारा मिलेको छ । यो कदम एकतर्फको उनको पुनर्स्थापना जस्तै हो । डेम्रोक्रेट्सका लज्जास्पद हर्कत अब गुज्रीसकेको हिजो भएको छ ।” ग्रीशमले आगामी राष्ट्रपति चुनावको प्रभावित गर्न डेम्रोक्रेट्स नानाथरी आरोप लगाएको बताउँदै उनीहरूमाथि कारवाही हुनेपर्ने माग राखेका छन् ।

डेमोक्रेटसले १८ डिसेम्बरमा तल्लो सदनको हाउस अफ रिप्रेजेन्टिभ्सले ट्रम्पको विरुद्ध महाअभियोग प्रस्ताव लगाएका थिए । आरोपअनुसार राष्ट्रपति ट्रम्पले यूक्रेनको राष्ट्रपति वोलोडीमिर जेलेन्सकीलाई २०२० को डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार बिडेन और तथा उनको छोराका विरुद्ध भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनी राष्ट्रपतिलाई दबाब दिएको अभियोग लागेको थियो । बिडेनको छोरा यूक्रेनको एक उद्दोगमा एक उच्च पदमा कार्यरत छन् ।

ट्रम्पलाई अर्को आरोप लगाइएको थियो, जसअनुसार ट्रम्पले आफ्नो राजनीतिक लाभको लागि यूक्रेनलाई प्राप्त हुने आर्थिक मद्धत रोकेका थिए ।

तीन शताब्दीमा तीन राष्ट्रपतिमाथि महाअभियोग

अमेरिकाको २४३ वर्षको इतिहासमा यो तेस्रोपटक हो, जब कुनै राष्ट्रपतिलाई महाअभियोग चलाइएको । उन्नाइसौं शताब्दीमा एन्ड्रयु जान्सन, बिसौं औं शताब्दीमा बिल क्लिन्टन र एक्काइसौँ औँ शताब्दीमा डोनाल्ड ट्रम्पमाथि महाभियोग दर्ज भएको थियो । ट्रम्प अगाडिका दुई अमेरिकी राष्ट्रपतिमाथि उनीहरूको दोस्रो कार्यकालमा महाअभियोग लागेको थियो तर डोनाल्ड ट्रम्पमाथि पहिलो कार्यकालमै नै महाअभियोग लाग्यो ।

ट्रम्पभन्दा पहिले दुई राष्ट्रपतिमाथि महाभियोग किन चलाइएको थियो ?

अमेरिकी इतिहासको १७ औं राष्ट्रपति, डेमोक्रेटिक पार्टीका एन्ड्रयु जान्सनमाथि अपराध र दुराचारको आरोपमा हाउस अफ रिप्रेजेन्टिभ्सले महाअभियोग पास गरेको थियो । सीनेटमा जान्सनको पक्षमा मत खस्यो र उनको राष्ट्रपतिको कुर्सि जोगिएको थियो ।

यसैगरी अमेरिकी इतिहासको ४२ औं राष्ट्रपति बिल क्लिन्टनमाथि जुरीको सामुन्ने झुटो प्रमाण पेस गरेको तथा न्यायप्रक्रियामा बाधा डालेको आरोप लगाउँदै महाअभियोग चलाइएको थियो ।

सन् १९४७ मा ३७ औं राष्ट्रपति रिचार्ड मिल्होउस निक्सनमाथि एक विरोधीले जासूसी गरेको आरोप लगाएका थिए, तर महाअभियोग लाग्नु भन्दा पहिले नै उनले राजनीमा दिएका थिए । विज्ञहरूका अनुसार राष्ट्रपति निक्सन सीनेटमा मामला दर्ज भएपश्चात आफ्नो कुर्सि गुम्ने कुरामा ढुक्क थिए । यसैले उनले पहिले नै राजिनामा दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments