मानवीय अस्तित्व र आडम्बर !

आइतवार, बैशाख २१, २०७७

loading...

- विकल्प शर्मा



 ढुङ्गे युग देखि विभिन्न सभ्यताबाट मानवीय  अस्तित्व विकास हुँदै मानवीय मूल्यमान्यताको चेतना सँगै अघि बढेको पाइन्छ । मानवीय बस्तीको विकास नहुँदा जङ्गली कन्दमूललाई आफ्नो हिस्साबाट मानवीय चेतना उठेको देखिन्छ। जीवन जगतमा उदाउँदो सृष्टि मानवीय आचरण पृथ्वी र प्रकृति सँगको शाब्दिक अन्तर घुलन मेलसँग बेजोड आत्मीय जीवन मृत्युको दौत्य सम्बन्धसँग जोडिएको छ ।

सत्य, त्रेता,द्वापर,कलियुग अर्थात हाल २१ औ शताब्दीसम्म मानवीय आचरण चेतना प्रविधिकाे खोज अनुसन्धान अन्वेषण आदि पृथ्वी सँगै अन्य ग्रह भित्रको अनुसन्धानले मूर्तरूप दिँदै सभ्यताको चिनारीमा अब्बल साबित विकसित रूप पस्केकोमा सबैमा जग जाहेर छ। हिजोको ढुङ्गे पुस्ता आज सभ्यतामय रूपसँगै विकसित चेतनाको मान्यतामा आधारित वस्तुनिष्ठ आधारको तय पृथ्वीमा आफ्नै विकसित शैली बाट मानवीय आचरणको चित्रण भयको प्रस्ट नै छ ।

समाज रूपान्तरणको आधार भित्र सांस्कृतिक, आर्थिक,र विकसित चेतना बोक्ने समाजलाई उचित मार्ग दर्शन दिने राजनीतिक आधार नै समाज को स्तम्भ हो । धार्मिक रूपान्तरणको आधारलाई मध्यनजर गरी हेर्दा विश्व जगतभित्र मानवीय सद्भावसँगै युद्धले ठुलो हङ्गामा मानवीयता बिरुद्द मानवीय सद्भाव नै कुविचारको विकसित रूपले क्रिचियन , मुस्लिम, हिन्दु सँगै धार्मिक सम्रभुत्व भित्र बिचार विमतिले मानवीयता भित्र सद्भाव बिरुद्द आडम्बरको खेती मौलाएको देखिन्छ । धार्मिक चेतना सद्भाव भाइचारा माया ममता आधार सम्मान कानुनी विश्वासलाई पनि बिचार विमर्श भित्र टुक्रा टुक्रा पारी मानवीय हिंसामा उद्धत विश्व समुदाय विभिन्न धार्मिक विभाजन देखा परेको छ । साँस्कृती मान्यता पश्चिमा र पूर्वीय भित्रको सभ्यताको आधार जोड घटाऊ गरी एकले अर्को सक्काउने खेल तिर उद्धत देखिन्छ । सभ्यतालाई विकसित मूल्यमान्यता को आधारमा हाम्रो भन्दा नि मेरा भावनाले समाजको दिशा नष्ट गति तिर उदृत छ ।

आर्थिक कालखण्डमा पनि ठुला ठुला कलकारखानाको विकासको मोडेल पश्चिमा(युरोप ,अमेरिका ) आदिले  विश्व सामु उदय मानवीय आचरणमा टेवा पुर्‍याउने गति  वर्गीय खाडलको उदाउँदो नाङ्गो रूप रुस जर्मन लगायतको मालिक र मजदुरको विवेकधारी श्रम शोषणको चपेटामा ठुला ठुला आन्दोलनले मानवीय सभ्यता भित्र नै चेतना विवेक सँगै आर्थिक पुँजीवादी एक हिस्साले समग्र वर्गीय आधारबाट सुसूचित दमन मानवीय संस्कार बिरुद्द हस्तक्षेप भयको विश्व इतिहासमा पुँजीवादी खेलौनाको आधार स्तम्भ भित्र मानवीय आडम्बर अड्किएको र विभेदकारी नीति अनुरूप उचित काम अनुसार उचित ज्याला श्रमको मूल्याङ्कन लाई घुम्रान पारी त्यो चपेटाको आधार छेड्न ठुला ठुला क्रान्ति ध्वस्त भएर मानवीय आडम्बर देखा परेको छ । हुने खाने र हुँदा खाने बीचको अन्तर सम्बन्ध पुँजीवादी नीति निर्माता भित्र मानवीय अस्तित्व हुने र नहुने बिच हो भन्ने झल्कोले मानवीय एक दासी अर्को भगवान् भन्ने आधार खडा गरी समाजमा चोर, फटाहा, स्वार्थीका साथै अनेक प्रकारले रिस डाहा मोह एकैसाथ जन्माइदिएको छ । यसले मानव जगत् एकतर्फ मजबुत आधार अर्को तर्फ लोप निश्चित देखिन्छ । महामारी, भोकमरीको ठुलो सिकार बन्दै समाजमा पुँजीवादी आडम्बरले मानवीय सभ्यता भित्र मानवीय आडम्बरको ठुलो हिस्सा ओगटेको छ ।

राजनीति आधार समाजमा सुसूचित बिचारसँगै हरेक नीति निर्माण, अनेक प्रकारका विभेदको अन्त्य र त्यही धार्मिक हैकम , पुँजीवादी हैकम सँगै विकसित रूपले ओगटेको छ । नीति निर्माण गर्ने बिचार सुसूचित आफ्नो अनुकूलता भित्रको वर्गसँग हातेमालो गरी अर्को मानवीयवर्ग सँग पाैठेजाेरी खेल्ने हिस्सा पुँजीवादको चरम उत्कर्ष रूपले विश्वमा ठुला ठुला राजनीति क्रान्ति भित्र मानवीय अस्तित्व जोगाउने र मेटाउने सँग पृथ्वीभित्र विकसित पूर्वाधार त्यो मानवीय उपर भनी बच्चा खुसी पार्ने लालीपप दिए बराबरको पुँजीवादी हिस्साले राजनीतिक गति भित्रको चेतनालाई अन्तर्विरोध भित्र रुमलिएको प्रस्ट देखिन्छ । विश्व जगतमा अनेक प्रकारका अन्तर्विरोधलाई कडीको व्यवस्थापन हतियार रूपमा विधिको शासन भन्ने आधारबाट कानुनी मूल्यमान्यताको अस्त्र ल्याइ समाजमा भय त्रासबाट सुसूचित विकसित रूपमा मानवीय आधार बाँध्ने कोसिस सँगै कानुनी मूल्यमान्यता हिजो को धार्मिक विश्वास अटल आस्था लाई मानवीय आचरणको खोस्टा भित्र लिपिबद्ध गरी यो गर्नु त्यो नगर्नु भनी अङ्कुश लगाउने पुँजीवादी आडम्बर भित्र हुर्केको तप्का भित्र सीमितता गरी आवश्यक परे बाधा अड्काउ फुकाऊ माध्यमबाट आफ्नो नीतिलाई लाद्ने  राजनीतिक विमर्श सहित मानवीय ममता ,सद्भावमा आडम्बर निम्ताएको प्रस्ट छ ।

विकसित आधार विश्व जगतलाई आर्थिक हैसियतसँग गाँसेर अरू मूल्यमान्यतालाई लत्ताउँदै कानुनी धार्मिक नैतिक राजनीतिक आफ्नो खल्तीमा हाल्न विकसित राष्ट्र सबल भयको छ । यही हिस्सा सम्पूर्ण विकसित अविकसित मुलुकमा हिस्सा हिस्सा को रूपमा आफ्नो व्यक्ति बादी सोच देखि घर ,समाज राष्ट्र सम्म पुँजीवादी सोचले आज २१ औ शताब्दी लाई आडम्बरमय मानवीय अस्तित्व भित्र ठुलो खाडल देखा परेको छ । राजनीतिक, सांस्कृतिक, आर्थिक समाज रूपान्तरणको जग रूपमा विकसित सद्भाव आर्थिक स्वावलम्बी राजनीतिक चेतना हो भन्ने प्रस्ट विमति सहमति सहित पुँजीवादी र समाजवादी बिचार सुसूचित मानवीय विवेक भित्र विश्व जगतको बहस घनिभूत राजनीतिक चेतना र वैचारिक आधारको उदाउँदो रूप भर्खर भर्खरै देखा पर्दै गएको छ । यश अवस्था देखा पर्नुको कारण पुँजीवादीले गरेको प्रविधिमा निपुणता उत्पादन श्रम सँग जोडिएको जनशक्तिको अपुरो अभावले हो । यस विषम परिस्थिति बाबजुद मानवीय अस्तित्वमा सङ्कट निरूपणको आधार भनेको वर्गीय अस्तित्व लाई राज्यको पहुँच सँग जोडेर सबै समाज सुसम्पन्न विकसित मूल्यमान्यता, भाइचारा आत्मीयता ,ममतामय, आधार सम्मान सहितको आर्थिक गति समाज भित्र फड्को मार्दै समाजवादी व्यवस्था उन्मुख व्यवस्थामा हाम फाल्नु हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments