कति सुन्ने नैतिकता ह्रासका घटना ?

बुधबार, माघ २, २०७५

loading...

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कुटे ! ” त्यस्तै कुटाइ खाएका  पिडित  सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । सचिव झा पिटाइको कारण  शारीरिक समस्या भएर साेही राति नै जनकपुर स्थित निजी अस्पताल केयर नर्सिङ होममा भर्ना भएको  समाचारले अहिले दैनिक प्रकाशित हुने अखवारहरू सहित विद्युतीय छापाहरूमा  प्रमुख समाचारको रूपमा ठाउँ पाएको र सनसनी भएको देखिन्छन ।

मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट  सचिव झाको मुख र दाँतको भित्री भाग (मस्कुर) सुन्निएको तथा दाँया हातको हाड भाँच्चिएको  साथै शरीर कमजोर भएकोले रातीबाटै स्लाइन चढाएको र हातको एक्सरे पनि गरिएको छ भन्ने  अनुमान गरेको कुरा समाचार  बनेर सर्वत्र चर्चा र विरोधको विषय बनेको छ ।सचिव झाले किन पिटाइ खाए त ?  भन्ने प्रश्नको जवाफ खोज्दा   मन्त्री आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई  गैरसरकारी संस्थाले प्रस्ताव गरि दर्ता गरेको कार्य क्रमिक परियोजना नपारेको भन्दै  सोधनीको लागि आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुख सरोज कुमार यादवकै अगाडि हात र लात्तले हानेको सचिव झाको भनाइ भनेर छापामा समाचारहरू आएको देखिन्छ ।

विषेश गरेर कार्यलयिय काम कारबाही कस्तो  हुनु पर्छ या कस्तो हुदा राम्रो भन्ने विषयमा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै  आइ एल ओ ले  यस्ता विषयमा व्यवसायी र पेसा कर्मीबीच अमानवीय प्रकृतिका कुनै गतिविधि नहुन भनेर नै कामको परिभाषा र कामको वर्गीकरण गरेको छ । साथै विषेश गरेर औपचारिक काम गर्नका लागि कार्यलयिय समय भनेर आठ घण्टा समय नै निर्धारण गरेको देखिन्छ ।तर पनि हामी कहाँ कामको  समयको विषयमा कहिले काहिँ कर्मचारी र सरकार त्यस्तै उद्योग व्यवसायी र कामदारबीच निकै ठूलो अन्तरविरोध जन्मिएको  देखिन्छ । साथै अन्तरविरोध समाधान गर्न नसक्दा सयकडौं पेसाकर्मीहरूको रोजगारी सहित उद्योग नै  धरासायी भएको पनि थुप्रै  उदाहरणहरू हाम्रो अगाडि ताजै छन । उदाहरणको रूपमा जनकपुरको चिनी कारखाना,हेटौंडा कपडा उद्योग ,ट्रली यातायात ,वाँसबारी छालाजुत्ता कारखाना लगाएत लाई हेर्न सकिन्छ ।

कार्यालय , मन्त्रालयको त कुरै नगरौ घर घरायसी काम र व्यवहारमा  साथै नाता सम्बन्ध भित्र पनि दम्पतीबीचमा  कुटपिट र गाली बेइज्जती गर्ने कुरा अहिले मात्रै होइन पहिल्यै देखि अपराध मानिन्छ । अझै कानूनी भाषामा त कुटपिट र गाली बेइज्जती गरेको भनेर  गाली गलौज या कुटपिट मा पर्नेले कुटपिट र गाली गलौज गर्ने विरूद्द  अदालतमा मुद्दा नै दर्ता गर्न सक्छ र दर्ता पनि  हुन्छ ।  दर्ता भएको मुद्दाको प्रमाण  पिडितले पेस गर्न सक्यो भने  कुटपिट र गाली गलौज गर्ने व्यक्तिलाई कानूनी सजाय पनि तोकिइन्छ । मुद्दाको प्रकृति हेरि धुनामा पनि बस्नु पर्ने कानुनी प्रावधनहरू छन । तर पनि हामी यस्ता कार्य पद,शक्ति र पैसाको बलमा गर्ने गर्छौ । यसो गर्दा हामीले बनाएको संविधान र कानुन हामी आफैले हातमा लिएको ठहर्दैन र ? त्यस्तै यस्तै कार्य  आफ्नाहरू लक्ष्यित व्यक्तिले गर्यो भने  आर्थिक सामाजिक रूपमा कम्जोर मानिसलाई न्याय दिनुको सट्टा  डिसमिस गराउने र उल्टै आफैलाई घाइते बनाएको आरोप लगाएर  औंषधी उपचारको खर्च भराउने गरेका उदाहरणहरू अझै गाउँ घरमा कति छन कति ?

यस्ता अमानवीय अपराध किन हुने गर्छन त ?  
१) कुनै पनि काममा हुने फाइदा अथवा लाभ आफुलाई कमि भएमा या एकछत्र हातमा नपरेमा अथवा स्वार्थ बाझिएको अवस्थामा दुवैबीच मनमुटाव भएर हुने र गरिने मसल,मनि र मैदानको पहुँच देखाउदै आफुलाई शक्तिशाली बनाउन
२) पढेर ल्याएको नम्बर र लोक सेवाको परिणामको सरलीकरण गर्न नसकेर देखिएको घमण्डको कारण
३)जसका भैंस उस्का लाढी जस्तो दादागिरी या अराजकताको मानसिकताबाट प्रेरित भएर
४) दलिय कल र गुन्डागर्दीको संयन्त्रबाट सञ्चालित भएर
५) नियम,कानुन नजानेर या रिस नियन्त्रण गर्न नसकेर
६) निर्वाचित भएर पाएको मतको संख्या या परिणामको दम्ब देखाएर

माथी उल्लेख गरिएका सबै क्रियाकलापहरू हाम्रो कानून र समाज दुबैले निषेध गरेका  गैरकानुनी कामहरूमा पर्दछन । तर पनि हामीहरू शक्ति,पद,पैसा ,मसल साथै सामन्ती संस्कार देखाएर मानिसलाई कुटपिट ,गाली गलौज अथवा हेप्ने हियाउने , कुरा काट्ने र खिसी टेउडी गरेर मञ्जा लिने या रिस फेर्ने गर्छौ । के अझै हामीले यसो गर्ने गरिरह्यौं भने हाम्रा त्यस्ता संस्कारलाई (बानी व्यहोराहरूलाई प्रजातान्त्रिक या लोकतान्त्रिक भन्न मिल्छ र ?  किन हामी आनीबानी र व्यवहार बाटै रूपान्तरित हुन सकिरहेका छैनौ ? यो प्रश्न जवाफ अब कस्ले दिने ?

मानिसको इच्छा विपरीत ,मानसिक तथा शारीरिक रूपमा पीडा दिनु हिंसात्मक काम हो । गाली गलौज , कुटपिट र शारीरिक प्रकृतिका नदेखिने तर मानसिक र आन्तरिक रूपमा चोटपटक लाग्ने गरि कसैलाई या कसै प्रति व्यवहार गर्नु , हेलाहोचो व्यवहार गर्नु  आदि अमानवीय कार्य र अपराध नै हुन  । तर पनि गर्ने गछौ किन ? हामी कोही पनि मानिस कानून भन्दा माथि छैनौ र हुदैनौ   पनि ।  मन्त्रालयमा काम गर्ने सचिवको गल्ती   हुनक्छ अथवा थियो होला । गल्तीहरूको कानुनि उपचार मन्त्री जस्तो शिर्ष पदको मानिसले ठाँउको ठाउँ मै गर्न सक्थे । तर त्यसो नगरी हातपात गरे । त्यतिले कहाँ पुग्यो र दास युगमा जस्तै कार्यकक्षमा नै लातका लात भकुरे । सक्त घाइते नै बनाए । भन्ने सुन्दा दुनियाँ चकित परेको छ । चकित पर्ने कुरा भन्दा ठूलो कुरा त कानूनी राज्य भन्ने कुरा नै गुमाएका छौ कि जस्तो देखियो ।

यसो  पत्रपत्रिका  या सामाजिक सञ्जाल हेरौं न भन्यो भने भंगेरे अक्षरमा  यीनै समाचार पढन र हेर्न पर्छ । लाज लाग्नु पर्ने मन्त्री ,मुख्य मन्त्री र केन्द्रीय सरकारलाई तर आम नागरिकको अनुहार  लाजले चाउरिएको छ । यस्तो अवस्थामा देश दुनियाँ भन्छ मन्त्रीलाई कानुन सम्बत ढंगबाट  अविलम्ब बरखास्त   गरियोस् ।  मन्त्री हुदैमा, मन्त्री जस्तो गरिमामय पदमा बसेर  कानुन हातमा लिन पाइदैन । सरकारको प्रतिनिधित्व गरेर गुन्डागर्दी गर्न र  हेरेर बस्न पाइन्न । आदि कुराको मार्फत सर्वर्त्र विरोध सुनिएको छ ।  सचिवका गल्तिका बिविध कारण हुन सक्छन्: यदि गल्ति छ भने कानुनी कार्वाही गर्न कुनै पनि सरकारले जुनसुकै बेला गरे हुन्छ । यो भन्दा अघि पनि यस्तै घटना भएको छ । भन्ने भनाइहरूले पनि सामाजिक सञ्जालमा ठाउँ लिएको छ ।

आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीचको लफडा मिलाउन मुख्यमन्त्री लालबाबु राउतले मध्यस्तकर्ताको भूमिका निभाउदै कर्मचारीहरुलाई फकाउन थालेका हुन कि जस्तो पनि देखिन्छ तर उच्च पदमा बसेर मानिसको मान मर्दन गर्ने,हियाउने,कुटपिट तथा गाली गलौज जस्ता मानसिक अवस्थामा नै असर पर्ने र व्यक्तिको व्यक्तित्वमा ठेस पुग्ने कार्य कार्यलयमा हुने र करिने काम अत्यान्त्यै निन्दनीय र सामाजिक अपराध हो । यस्तो कार्य गर्ने उच्चस्तरीय पदाधिकारीहरू जो कोही भए पनि नैतिक आचरणमा बस्न नसकेकोले तुरुन्तै राजीनामा गराउनु पर्दछ । यी र यस्ता सामाजिक अपराधहरूका विषयमा मध्यस्थता पदको राजीनामा पछिको आचारसंहिता निर्माण गरेर मात्रै कार्यस्थलमा जाने कर्मचारीहरूको प्रतिबद्धताकाे माग चाहिँ प्रमुख हो कि जस्तो लाग्छ ।

आइतबारको घटनालाई लिएर  अहिले कर्मचारीहरुले मन्त्रालयको कामकाज प्रभावित पार्न सक्ने अवस्था पनि देखिन्छ र स्वभाविक कुरा पनि हो । कार्यस्थलमा नै कर्मचारी कुटिनु त्यो पनि मन्त्री स्वयमले कार्यकक्षमा बोलाएर अझै लातैलातले सुन्दै लाज र घिन लाग्ने कुरा छ । आज एकलाई पर्यो भोलि जो कोहीलाई पर्न सक्ने खतराबाट कर्मचारीहरू जोगिनै पर्छ । जोगिने कुरा भन्दा ठूलो कुरा कोहि कसैको दास होइन । कार्यलयिय काम गर्न कार्यलयिय तौरतरिका बनेका छन । तीनैलाई आधारभूत तह देखि केन्द्रीय तह र सर्वसाधारण मानव देखि उच्चस्तरीय पद सम्म सामाजिक न्यायको सिद्धान्तको आधामा कार्यनयन हुनै पर्छ ।

कर्मचारीहरू राज्यको मानव श्रोत हो । बौद्धिक वर्ग पनि हो । उनीहरूका निश्चित राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि अभिसन्धीले तोकेका धारा उपधाराहरूमा राज्यले पालना गर्न हस्ताक्षर गरेको पनि छ । यो एउटा सबैको लागि  नैतिक धरातल  पनि हो । त्यसैले अबका दिनमा यस्ता प्रकृतिका कार्यस्थलमा हुने हिंसात्मक कार्य राष्ट्रिय अखवारका समाचार नबनुन् । यो घटना प्रति  एक कलम जिविको तर्फबाट खेद व्यक्त गर्दछु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank