काेराेना कहरमा अग्रस्थानमा रहेर राष्ट्रकाे सेवा गर्नेहरूलाई सलाम

आइतवार, जेष्ठ ११, २०७७

loading...

- मन्जु दुलाल



चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) महामारी कारण हाल विश्वका अधिकांश देशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । कोरोनाका कारण कयौँ उद्योगधन्दा, कलकारखाना,पर्यटकीय क्षेत्र,विद्यालय,महाविद्यालयहरू बन्द छन् । मानिसहरू दैनिकी निकै असहज पूर्ण तरिकाले चलाउन बाध्य छन् । अर्थतन्त्र धराशायी बन्दै गइरहेको छ । यति हुँदा हुँदै पनि कोरोना भाइरस जाेखिमकाबीच राष्ट्रसेवक, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी ज्यानको प्रवाह नगरी जनसेवामा लागि परेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि हाल विश्वका शक्ति राष्ट्रहरूलाई चुनौती देखा परेको छ । यसको व्यवस्थापन, नियन्त्रण गर्न आवश्यक प्रबन्धका लागि प्रमुख रणनीति मध्ये एक जागरूकता र रोकथाम विधिहरू मार्फत न्यूनीकरण गर्नु प्रमुख चुनौती देखा परेको छ ।जसका लागि अग्रस्थानमा बसेर काम गर्ने तत्परतालाई सुदृढ पार्न धेरै आवश्यक छ।

एउटा व्यक्तिकाे लागि परिवार भनेको सबै भन्दा ठूलाे संसार हो। परिवारका सदस्यहरू, श्रीमान्, श्रीमती, बच्चा, बुबा, आमा, भाइ, वा बहिनी कुनै पनि मानव जातिको लागि यो भन्दा ठुलो र महत्त्वपूर्ण केही छैन। यद्यपि सबैको सुरक्षाका लागि झन् आवश्यक सुरक्षा अपनाउन जरुरी देखिन्छ । यति हुँदा हुँदै पनि राज्यका जोखिम मोल्दै अग्रस्थानमा काम गर्नेहरूले विशेष सावधानी अपनाउन जरुरी छ ।

नेपालमा पनि कोरोना भाइरस महामारीका कारण सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। नेपालमा अहिले पनि कोरोना भाइरस सन्त्रासका कारण आधारभूत स्वास्थ्य स्वास्थ्य सेवाबाट समेत वञ्चित बनेका छन् । काेराेना कहरकाे सन्त्रास सहरी इलाकामा मात्र नभएर दूरदराजको बस्तीमा  पनि उत्तिकै छ । सबैकाे मनमनमा आज भोली कोरोना झुण्डिएको छ । दक्ष जनशक्तिको अभाव, चिकित्सकको अभाव, स्वास्थ्य सामग्रीको अभावका कारण मानव अधिकार र मौलिक हक अधिकारहरू कुण्ठित हुने अवस्था  देखा पर्दैछ । त्यस्तै, फ्रन्टलाइनहरूमा – चिकित्साकर्मी, प्रहरी, पत्रकार, औषधि आपूर्तिकर्ता, स्वयंसेवीहरू, सरसफाइकर्मी यो कोराेना महामारीकाे विशेष जोखिममा रहेका छन्।

नेपालमा कोरोना भाइरसको प्रकोप बढेसँगै चैत ११ गते देखी जारी लकडाउन यही जेठ २० गते सम्मका लागि जारी गरिरहेको छ । सिमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्मका लागि बन्द गरिने भनेता पनि छिमेकी मुलुक भारतले लकडाउन खुकुलो बनाएसँगै प्रवासमा रहेका नेपालीहरू सिमानाका सम्म आइपुगेका छन् । सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकहरूकाे उद्दारमा उचित प्रबन्ध गरिएन भने यसले झन् भयावहको रूप लिनेमा दुई मत छैन ।

आंशिक रूपमा हाल सञ्चालनमा रहेका नन-मेडिकल फ्रन्टलाइनरहरू पनि उत्तिकै जोखिममा परेका छन् । लकडाउनको समयमा पनि प्रत्येक समुदायका सदस्यहरूको आवश्यक पर्ने आधारभूत आवश्यकताहरू पूरा गर्न आधारभूत सेवाहरू प्रदान गरिरहेका छन्।विशेष गरि किराना पसल, स्टोर किपर, फोहोर व्यवस्थापनबाट आएका मानिसहरू, फर्मासिष्टहरू, तरकारीहरू र पानी आपूर्तिकर्ताहरू बैङ्कका कर्मचारीहरू, र खाना वितरण टोलीहरूले समेत स्वास्थ्य जाँच गर्नुका साथै सुरक्षित उपायअवलम्बन गर्नु पर्ने देखिन्छ ।

कोरोना सन्त्रासका कारण व्यक्तिगत  कार्यकुशलतामा मात्र हैन मनोवैज्ञानिक तनाव, थकान, व्यावसायिक तनाव, पारिवारीक र मनोवैज्ञानिक हिंसा समेत बढ्दै गइरहेका छन् । सरकारले यी अग्रणी मजदुरहरूको अधिकार र जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्नेछ, साथै उनीहरूको व्यवसायिक सुरक्षा र स्वास्थ्यलाई सुरक्षित राख्नको लागि आवश्यक उपायहरू समेत अवलम्बन गर्नु पर्ने देखिन्छ । व्यवसायिक सुरक्षा र स्वास्थ्य जोखिम कम गर्नका लागि सबै आवश्यक रोकथाम र सुरक्षात्मक उपायहरू आवश्यक छ। कम्पनी, नियाेगहरूले यस महामारीमा काम गरिरहेका मानिसहरूलाई पर्याप्त मात्रामा पीपीई, मास्क,  चस्मा, स्यानिटाइजर, साबुन र पानी, सफाइ जस्ता कुरा सबैकाे पहुँचमा हुन जरूरी देखिन्छ ।  साथै तीनवटै तहका राज्यले यस्ताे विषम परिस्थितिमा काम गर्ने जाे कसैकाे समस्या समाधान तर्फ केन्द्रित हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्ने भन्रे तर्फ विशेष सचेतना अपनाउनु पर्ने देखिन्छ । काेराेना कहरमा अग्रस्थानमा रहेर  राष्ट्रकाे सेवा गर्नेहरू प्रति सलाम !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments