नेपाल दोस्रो फिजी नबनोस् !

बुधबार, माघ २४, २०७४

loading...


बेलायतको उपनिवेश रहँदा तत्कालीन फिजिका शासकहरुले भारतबाट चीनी उत्पादन गर्न लगिएका भारतीय कामदारहरुलाई स्थायी बसोबास, सम्पति आर्जन, राजनैतिक स्वतन्त्रता , संवैधानिक र कानुनी अधिकार दिएकोले फिजी बेलायतको उपनिवेशबाट मुक्त भएपनि भारतीय अप्रवासीबाट मुक्त हुन सकेन ।

भारतीय अप्रवासीहरुको संगठन नेसनल फिड्रेसन पार्टीले सन् १९९७ मा भएको आमचुनावमा  ७१ सिट मध्य ३७ सिट जित्यो र आर्को भारतीय दलालहरुको पार्टी लेवर पार्टी संग मिलेर सत्ता कब्जा गर्यो भने भारतको हरियाणा राज्यको महेन्द्र चौधरी फिजिका प्रधानमन्त्री बने र अप्रवासी अनुकुल संविधान जारी गरे। यसरी फिजियनहरुको मौलिक धार्मिक साँस्कृतिक राजनैतिक प्रशासनिक सबै क्षेत्रमा भारतीय अप्रवासीले कब्जा गरे। दुनियाँले फिजियन लुटिएको त्यतिबेला थाहा पाए जति बेला सरकारी राष्ट्रिय दैनिक इन्डिया टुडे बाट ७ जुन २००० मा फिजि कुनै स्वतन्त्र राष्ट्र नभएर भारतको एउटा प्रान्त भएको घोषणा गर्यो ।

नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालका प्रधानमन्त्री सुर्यबहादुर थापाले ३० लाख १२ हजार र २०६३ सालमा गिरिजाप्रसाद कोईरालाले २६ लाख १६ भारतीयहरुलाई नेपाली नागरिता दिएको तथ्यांक भेटिन्छ भने, घुम्ती शिविरबाट कति भारतीयहरुले नेपाली नागरिता पाए त्यस्को कुनै गणना नै छैन । बरु भारतीय गृहमन्त्री राजनाथ शिंहले नेपालमा १ करोड भारतीयले नेपाली नागरिता लिएको केही समय अगाडि आफैं खुलासा गरेका थिए। त्यो नागरिताको असर अहिले २ नम्बर प्रदेशमा मर्यादा पालकलाई दौरासुरुवाल प्रतिबन्ध गरेर सुट पाईन्ट लगाउनुपर्ने बाध्यता संगै बाहिरिएको छ।

मातृभाषा नेपाली र भोजपुरी छोडेर हिन्दिमा सपथ खुवाईएको छ । सरकारी काम काजी मिति बिक्रम संवत् हटाएर ईश्वी संवत् लागू गर्ने कुरा बाहिरीएको छ । अंगिकृत नागरिकलाई सरकारी उच्च ओहोदामा पुराउनुपर्ने माग छ । सीमा स्तम्भ हराएका छन् । सीमा मिचिएको खबर बाहिरिँदै गर्दा सीमा रक्षाको जिम्मेवारी रहेको नेपाली सेना लैनचौर दरबारमा भारतको राष्ट्रिय गानामा ब्याण्ड बाजा बजाई रहेको छ। २०५० सालमा जारी भएको नागरितामा गाउँ पञ्चायत किन लेखियो छानबिन हुन छाडेर प्रदेश प्रमुख बनाईएको छ।

सार्वभौम सम्पन्न मुलुकको सुरक्षा र परराष्ट्र नीति भारतको मातहतमा हुनुपर्छ भन्ने छ।भारतको बिदेशमन्त्री हातहतियार शहित भारतीय सुरक्षा फौज लिएर राजधानी आइसकिन् सरकारलाई जानकारी छैन। प्रधानमन्त्री भईसकेका भावि प्रधानमन्त्रीहरु आफ्नो मर्यादाको बिर्सेर एउटा बिदेश मन्त्रीलाई परराष्ट्रको अधिकारी बिनानै लाईन लागेर भेटेर वान टु वान वार्ता भनेर गम्केका छन्। समग्रमा हेर्ने हो भने नेपालमा जतिपनि आन्दोलन भए पद र पैसाको लागि भए । देशको हितको लागि भएन । अहिलेको पाराले घटनाक्रम अगाडि बढ्दै गए नेपाल कालान्तरमा दोस्रो फिजी बन्ने निश्चित छ।

सामाग्री श्रोतः लेखकको फेसबुक वालबाट

687 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank